जिल्ला जिल्लामा पुगे पाठ्यपुस्तक

अघिल्ला वर्षमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक हात पार्न नसक्ने कर्णालीका विद्यार्थीले यस वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुमै पुस्तक प्राप्त गर्न सक्ने भएका छन् । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म आठ हजारभन्दा धेरै पुस्तक जिल्ला जिल्लामा पुगिसकेका छन् । यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार जिल्ला जिल्लामा धमाधम पाठ्यपुस्तक पठाउन थालिएको छ ।

सम्बन्धित सामग्री

४५ जिल्लामा पुग्यो पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु हुनुअगावै अधिकांश जिल्लामा पाठ्यपुस्तक पुगेका छन् । जनक शिक्षा केन्द्रले समयमै पाठ्यपुस्तक ढुवानी सुरु गरेपछि दुर्गम तथा सहरी क्षेत्रका विद्यालयमा पाठ्यपुस्तक पुग्न थालेको हो ।  विगतमा भन्दा यो वर्ष केही...

सबै जिल्लामा पुग्यो पाठ्यपुस्तक

काठमाडौं, वैशाख १४ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले नयाँ शैक्षिक सत्रका लागि ७७ वटै जिल्लामा पाठ्यपुस्तक पु¥याएको छ। सबै जिल्लामा पाठ्यपुस्तक पुगे पनि वितरणको काम भइरहेकाले केही विद्यालयमा सहज रूपमा पुग्न अझै केही समय लाग्ने केन्द्रले जनाएको छ। केन्द्रका प्रबन्ध सञ्चालक अनिल झाका अनुसार करिब ९० प्रतिशत पाठ्यपुस्तक वितरण भइसकेको छ। केन्द्रलाई कक्षा ६–१२ […]

सुदूरपश्चिम प्रदेश : विद्यार्थीका हात हातमा पाठ्यपुस्तक

शैक्षिक सत्रको सुरुमै सुदूरपश्चिम प्रदेशका विद्यालयमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेड प्रादेशिक कार्यालय धनगढीले पाठ्यपुस्तक वितरण अगाडि बढाएको छ । केन्द्रले प्रदेशका पहाडी र हिमाली जिल्लामा पाठ्यपुस्तक वितरण सम्पन्न गरेको छ । बाजुरा जिल्लाबाट पाठ्यपुस्तक वितरण सुरुआत गरिएको केन्द्रका प्रादेशिक कार्यालय प्रमुख धुव्रराज पन्तले बताउनुभयो । “बाजुरासँगै बझाङ, दार्चुला, अछाम, डोटी, बैतडी, डडेल्धुरा जिल्लामा पाठ्यपुस्तक […]

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको मध्यसम्म पनि कर्णालीका विद्यालयमा सबै पाठ्यपुस्तक पुग्न सकेको छैन । पाठ्यपुस्तक नपुग्दा विद्यार्थीको पढाइ नै प्रभावित भएको छ । हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु भइसक्छ । तर अहिलेसम्म सबै पाठ्यपुस्तक पाउन नसकेको विद्यार्थीहरूले गुनासो गरेका छन् । कर्णाली प्रदेश सरकारले किताब किन्ने जिम्मेवारी पालिकाको भएको भन्दै त्यसको लागि प्रदेश सरकारबाट रकम निकाशा भइसकेको बताएको छ । कर्णाली प्रदेश शिक्षा निर्देशनालयका निमित्त शिक्षा निर्देशक दीपा हमालले यस विषयमा स

कर्णालीमा अझै पुगेन पाठ्यपुस्तक

शैक्षिक सत्र सुरु भएको ६ महिनासम्म पनि कर्णालीका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन् ।कर्णालीका हिमाली जिल्लामा फागुनदेखि नै नयाँ शैक्षिक सत्र सुरु हुन्छ भने अन्य पहाडी जिल्लामा वैशाखदेखि सुरु हुन्छ । हिमाली जिल्लामा प्राय: सधैंजसो पाठ्यपुस्तक अभाव हुने गरेकोमा यस वर्ष अन्य जिल्लामा पनि सामुदायिक विद्यालयका विद्यार्थीले अझैसम्म पाठ्यपुस्तक नपाएका हुन् । कर्णालीमा अहिलेसम्म कक्षा […]

बैतडीमा पाठ्यपुस्तक अभाव

जिल्लाका सामुदायिक विद्यालयका लागि ८३ हजा पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै पाठ्यपुस्तक जिल्लामा पुगेका छन्। सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको विद्यालयहरूले जनाएका छन्। विद्यार्थीले पनि विनापुस्तक पढाइ गर्नु पर्ने बाध्यता रहेको छ।...

बैतडीमा अझै पुगेनन् पाठ्यपुस्तक

बैतडी । बैतडीमा पाठ्यपुस्तक अभाव भएको छ । गत जेठ १ गतेदेखि नै नयाँ शैक्षिकसत्र सुरु भइसकेको भए पनि एक महिना बढी भइसक्दासमेत पाठ्यपुस्तक पुग्न सको छैन । बैतडीका सामुदायिक विद्यालयका लागि ८३ हजार पाठ्यपुस्तक आवश्यक भए पनि अहिलेसम्म ५० हजार मात्रै जिल्लामा पुगेका छन् । सबै पुस्तक नपुग्दा पठनपाठनमा समस्या भएको छ । विद्यार्थीसित […]

शैक्षिकसत्र सुरू भयो, तर ‘पाठ्यपुस्तक छैन’

लमजुङ – गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा पाठ्यपुस्तक अभाव भएको छ। नयाँ शैक्षिकसत्र यही जेठ १ गतेदेखि सुरु भए पनि अझै जिल्लामा नयाँ पाठ्यपुस्तक आइनपुग्दा विद्यार्थीलाई पाठ्यपुस्तक अभाव भएको हो। मस्र्याङ्दी गाउँपालिका–३ खुदीस्थित अमर माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययरत सोनिका गुरुङ विद्यालय जान थालेको दुई हप्ता भइसकेको छ। हालसम्म पाँचवटा किताब किन्न पाए पनि […]

हुम्लामा अझै पुगेन पाठ्यपुस्तक

सिमकोट– जिल्लाका कुनैपनि विद्यालयमा पाठ्यपुस्तक पुग्न सकेको छैन। पाठ्यपुस्तक ढुवानीको जिम्मा लिएका सप्लायर्सहरूको लापरबाहीका कारण जिल्लामा पाठ्यपुस्तक पुग्न नसकेको हो। सिमकोट गाउँपालिकाको बालमन्दिर माध्यमिक विद्यालयका प्रधानाध्यापक कैलाश रोकायाले केहीबाहेक अन्य पाठ्यपुस्तक जिल्लामा आइनपुगेको जानकारी दिए। उनले नाम्खा, सिमकोट र खार्पुनाथ गाउँपालिकाका विद्यालयको पाठ्यपुस्तक ढुवानी जिम्मा पाएको रोकाया पुस्तक पसलले केही पुस्तक मात्र पुर्‍याएको बताए। कोरोनाका […]

निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिक सत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।  प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ । गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री के