निषेधाज्ञाले पाठ्यपुस्तक जिल्लामा पठाउन समस्या

कोरोना महामारी रोकथामका लागि निषेधाज्ञा जारी भएका कारण नयाँ शैक्षिक सत्रका लागि गण्डकी प्रदेशका जिल्लाहरुमा पर्याप्त पाठ्यपुस्तक पुगेको छैन ।  प्रदेशका हिमाल पारीका जिल्ला मनाङ र मुस्ताङमा त फागुनमा नै नयाँ शैक्षिकसत्र शुरु हुने भए पनि महामारीका कारण अझै ती जिल्लामा पुस्तक पुग्न सकेको छैन । महामारीका कारण शैक्षिकसत्र सुरु भएको चार महिना पुग्न लाग्दा पनि हिमाली जिल्लामा पठनपाठन प्रभावित भएको छ । गण्डकी प्रदेशभित्रका सामुदायिक विद्यालयमा पाठ्यपुस्तक वितरण गर्दै आएको जनक शिक्षा समाग्री के

सम्बन्धित सामग्री

जिल्ला जिल्लामा पुगे पाठ्यपुस्तक

अघिल्ला वर्षमा शैक्षिक सत्रको अन्त्यसम्म पनि पुस्तक हात पार्न नसक्ने कर्णालीका विद्यार्थीले यस वर्ष भने नयाँ शैक्षिक सत्रको सुरुमै पुस्तक प्राप्त गर्न सक्ने भएका छन् । प्रदेशका सबै जिल्लामा पाठ्यपुस्तक पुगिसकेको पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी लिएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय सुर्खेतले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रको तालिकाबमोजिम चैत ९ देखि पुस्तक वितरण सुरु गरिएको हो । अहिलेसम्म आठ हजारभन्दा धेरै पुस्तक जिल्ला जिल्लामा पुगिसकेका छन् । यो वर्षका लागि आवश्यक पर्ने १० लाख थान पुस्तक गोदाममा ल्याइसकेको प्रादेशिक कार्यालय प्रमुख भैरवबाबु पन्तले बताउनुभयो । उहाँका अनुसार जिल्ला जिल्लामा धमाधम पाठ्यपुस्तक पठाउन थालिएको छ ।

पाठ्यपुस्तक ढुवानी सुरु

आगामी २०८१ सालको शैक्षिक सत्रमा विद्यालय तहका विद्यार्थीका लागि आवश्यक पर्ने पाठ्यपुस्तक छपाइ कार्य सकिँदै छ । अहिलेकै गतिमा पुस्तक छपाइ कार्य जारी रहेमा सामुदायिक विद्यालयका विद्यार्थीले भर्ना भएकै दिन पाठ्यपुस्तक पाउने छन् । देशभरिका सबै जिल्लामा वैशाख १ गतेबाट शैक्षिक सत्र सुरु हुने छ । कक्षा ५ देखि १२ सम्मका पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको जनक शिक्षा सामग्री केन्द्रले ९० प्रतिशतभन्दा बढी पाठ्यपुस्तक छपाइ भइसकेको जनाएको छ । जनक शिक्षाले चैत १५ देखि पाठ्यपुस्तकको बिक्री खुला गर्ने योजना बनाएको छ । तयार पाठ्यपुस्तकलाई जिल्लाका बिक्री केन्द्रमा पठाउन ढुवानी कार्य पनि सँगसँगै जारी छ ।

सञ्चालनमा आएन जनक शिक्षाको प्रार्देशिक प्रेस

पश्चिम क्षेत्रमा पाठ्यपुस्तक छपाइका लागि सरकारले २०६२ सालमा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको प्रेस बाँकेको खजुरामा स्थापना ग¥यो । साविकको मध्य र सुदूरपश्चिमका जिल्लामा समयमै पाठ्यपुस्तक पु-याउने भन्दै स्थापना गरेको प्रेस करिब डेढदशक पुग्न लाग्दासमेत हालसम्म पनी सञ्चालनमा आउन सकेको छैन । प्रेस सञ्चालनमा नआउँदा प्रदेश नम्बर ५ का साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा समयमै पुस्तक पठाउन नसक्नुका साथै राज्यको करोडौं लगानी अलपत्र अवस्थामा छ ।