आजकाल कम्युनिस्टले औपचारिक मञ्चमा ‘जय नेपाल’ भन्नु कांग्रेसको लाइन लिनुजस्तो बुझिन्छ । ठीक त्यसैगरी ‘अभिवादन’ भन्नु कम्युनिस्टकरण हुनुजस्तो अर्थ कांग्रेसजनले लगाउने अवस्था छ ।
सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले सर्वसाधारणहरुको लागि जारी गरेको साधारण शेयर निष्काशनमा प्रारम्भिक दिनमा मूल्यसम्बन्धी समस्या देखिएको थियो। कुमारी क्यापिटल लिमिटेड, जसले निष्काशन तथा बिक्री व्यवस्थापन गरिरहेको छ, ले शेयरको अंकित मूल्य रु.१०० प्रति कित्ता हुनुपर्नेमा मानविय त्रुटिका कारण रु.१० मात्र देखिएको जानकारी सार्वजनिक गरेको छ। कुमारी क्यापिटलका अनुसार, उक्त त्रुटि हाल समाधान भइसकेको छ। त्यसअनुसार […]
नेपाल प्रहरीले नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तनहुँको म्याग्दे गाउँपालिका–७ का किरणसिंह ठकुरीले डिभी प्रयोजनका लागि नेपालस्थित अमेरिकाको राजदूतावासमा बुझाएको प्रमाणपत्र नक्कली भएको पत्ता लगाएपछि सात जनालाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा तनहुँका १९ वर्षीय किरणसिंह ठकुरी, पर्वतका ४० वर्षीय अनिल शर्मा, काठमाडौँका ३४ […]