पछिल्लो समय विभिन्न भिसामा रोजगारीका लागि विदेश जाने र समस्यामा परेपछि मात्र खबरहरू बाहिर आएको पाइन्छ । भिजिट भिसामा गएर अलपत्र परेका समाचारहरू पनि आइरहेका छन् । यदि कामका लागि विदेश जाने हो भने श्रम स्वीकृति अनिवार्य लिनुपर्छ ।
श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाँदा विदेशी भूमिमा कुनै समस्या भइहाल्यो भने सहयोगको लागि सरकार श्रमिकको साथमा हुन्छ ।
वैदेशिक रोजगारी मूलतः अर्काको भूमिमा अर्थात् विदेशी भूमिमा काम गर्नु हो । देश छाडेर कामका लागि परदेशमा रहँदा विभिन्न प्रकारका समस्याहरू आउन सक्छन् । समय सधैँ ...