बैतडीमा भीरबाट लडेर बालकको मृत्यु

बैतडी : भीरबाट लडेर शुक्रबार बैतडीमा एक बालकको मृत्यु भएको छ। दशरथचन्द नगरपालिका–३ बरकुराली कन्सिनाका १३ वर्षीय महेश नाथको भीरबाट लडेर मृत्यु भएको स्थानीय राम नाथले बताए।शुक्रबार बिहान करिब १० बजेतिर स्थानीय बटुन्याबाटा भन्ने भीरबाट लडेर महेशको मृत्यु भएको बुझिएको छ। भीरबाट करिब दुई सय मिटर तल खसेका महेशको घटनास्थलमै मृत्यु भएको हो।  

सम्बन्धित सामग्री

उदयपुरमा भीरबाट खसेर बालकको मृत्यु - Purbeli News

उदयपुर / उदयपुरमा भीरबाट लडेर बालकको मृत्यु एक बालककाे मृत्यु भएकाे छ । रौतामाई नगरपालिका(४ माल्वासेका १३ बर्षीय बालक बिशाल सार्कीको भिरबाट लडेर मृत्यु भएको हाे । घर नजिकै रहेको जंरगेडाँडा भिरमा बाख्रा चराउन गएका बालकको आईतवार अपरान्ह पौने ५ बजे सोही भीरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घटनास्थलमा प्रहरी...