बिदाका दिन सर्वोच्च अदालतमा फुलकोर्ट बैठक

मजदुर दिवस अर्थात् मे १ का दिन सरकारले सार्वजनिक विदा दिएको भएपनि सर्वोच्च अदालतमा फुलकोर्ट बैठक बसिरहेको छ । सर्वोच्च अदालत श्रोतका अनुसार यतिबेला सर्वोच्चमा फुलकोर्ट बैठक बसिरहेको छ । बैठकको एजेण्डाबारे अधिकांश न्यायाधीशहरुलाई जानकारी दिइएको छैन । सार्वजनिक विदाकै दिन फुलकोर्ट बैठक डाकिएकाले केही महत्वपूर्ण निर्णय हुनसक्ने सर्वोच्च अदालत श्रोतले रातोपाटीलाई बतायो । बिहान ११ बजेका लागि बैठक बोलाइएको भएपनि साँढे ११ बजेदेखि बैठक सुरु भएको छ ।  एक न्यायाधीशकाअनुसार अन्य एजेण्डाबारे

सम्बन्धित सामग्री

मंसिर १५ गतेदेखि गोलाप्रथा लागू गर्न भोलि औपचारिक निर्णय हुने

काठमाडौँ – सर्वोच्च अदालतमा मंसिर १५ गतेदेखि गोलाप्रथाबाट पेशी तोक्ने तयारी गरिएको छ। सोमबार गोलाप्रथा लागू गर्ने गरी संशोधन भएको सर्वोच्च अदालत नियमावली राजपत्रमा प्रकाशित भएसँगै १५ गतेदेखि लागू गर्ने तयारी न्यायाधीशहरुले अघि बढाएका हुन्। बुधबार न्यायाधीशहरु तेजबहादुर केसी, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको सक्रियतामा भएको न्यायाधीशहरुको अनौपचारिक छलफलले बिहीबार फुलकोर्ट बैठक बसेर […]

बारको आकस्मिक पत्रकार सम्मेलन सुरु

काठमाडौँ – नेपाल बार एसोसियसनले बिहीबार दिउँसो आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको छ। पूर्वघोषित कार्यक्रमअनुसार बिहीबार बिहान सर्वोच्च अदालत परिसरमा आयोजना गरिएको शान्तिपूर्ण धर्नामा प्रहरीले कानुन व्यवसायीहरुमाथि बर्बरतापूर्ण आक्रमण गरेपछि आन्दोलनका थप कार्यक्रमबारे जानकारी दिन बारे आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेको हो। आजै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले सर्वोच्चको फुलकोर्ट बैठक बोलाएका छन्। सर्वोच्च अदालतमा जारी […]