काठमाण्डौ – उदयपुरको कटारी नगरपालिका–८ मा रहेको टाँटरी गाउँ पहिराेको उच्च जोखिममा रहेको छ । भिरालो पहाडमा रहेको बस्तीको माथिल्लो भेगबाट चुनढुङ्गा उत्खनन हुने गरेपछि टाँटरीका २५ घरपरिवार पहिराेको उच्च जोखिममा परेका हुन् ।
सिरहास्थित सौर्य सिमेन्टका लागि चुनढुङ्गा उत्खनन् गर्ने खानीसँगै जोडिएको खानीको तल्लो भेगमा पर्ने मगर समुदायको बस्ती रहेको गाउँ पहिराको उच्च जोखिममा परेको हो । ‘माथि खनेको ढुङ्गासमेत गाउँमा झर्ने गर्छ । कति बेला कसको ज्यान जान्छ भन्न सकिदैन,’ टाँटरीका स्थानीय नरबहादुर मगर भन्...