काठमाडौँ । सरकारले नेपाल न्याय सेवा, सरकारी वकिल समूहका सहन्यायाधिवक्ता अच्युतमणि नेउपानेलाई राजपत्राङ्कित विशिष्ट श्रेणी ( सचिव)मा बढुवा गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले नेउपानेलाई विशिष्ट श्रेणीमा बढुवा गरी बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको हो।
काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार निश्कल राई बिरामी परेका छन् । उनले अस्पतालबाटै प्रतिनिधिहरुसँग भोट मागेका छन् । निश्कलले सामाजिक सञ्जालमा जानकारी दिए अनुसार उनी हिजो अचानक एपेन्डिसाइटिसको समस्या देखिएपछि तुरुन्त शल्यक्रिया गर्नुपर्ने अवस्था आएको हो । उनका अनुसार बिहीबार राति नै शल्यक्रिया भइसकेर हाल उनी अस्पतालमा आराम गरिरहेका छन् । निश्कल प्रतिनिधि सभा […]
काठमाडौँ, २३ असोज । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पछिल्लो एक साताको कार्यप्रगति सार्वजनिक गरेको छ । आज यहाँ आयोजित नियमित पत्रकार सम्मेलनमा यही असोज १८ गतेदेखि २३ सम्मको प्रगति विवरण सार्वजनिक गरिएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रवक्ता सहसचिव हेमराज अर्यालका अनुसार हाल राष्ट्रिय एक्सप्रेस लगानी प्रणाली (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०८३ को मस्यौदा […]