नेकपा एमालेले लुम्बिनी प्रदेश सभाको बैठक अवरूद्ध गरेको छ । लुम्बिनी प्रदेश सभाको नवौं अधिवेशन मंगलवारदेखि शुरू भएको छ ।
सूर्य चिन्हबाट निर्वाचित अजय शाही र बिमला वली खत्रीलाई प्रदेश सभाले पदमुक्त गर्न पत्र पठाए पनि त्यसको कुनै सुनुवाइ नभएको भन्दै बैठक अवरूद्ध गरेको हो ।
शाही पश्चिम नवलपरासी र वली दाङबाट सूर्य चुनाव चिन्हबाट निर्वाचित सांसद हुन् । वली र शाहीले संसदीय दल बाहिर गएको भन्दै कारवाही गर्न मंगलवार नै एमालेले सभामुख पूर्णबहादुर घर्तीलाई पत्र बुझाएको छ ।
एमालेले दुई जना सांसदलाई ...