काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने तय भएको छ । बैठकमा सरकारका नियमित कामकारबाहीसँग सम्बन्धित विषयमा छलफल तथा आवश्यक निर्णय हुने बताइएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, विस्तार र प्रवद्र्धनका विषयमा छलफल गर्ने भएका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे तय गरिएको छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, निर्यात प्रवद्र्धन, बजार विस्तार, उत्पादनको ब्रान्डिङ, रोजगारी सिर्जना तथा नीतिगत सुधारका विषयमा विस्तृत कुराकानी हुने जनाइएको छ। छलफलमा नेपाल हस्तकला […]
चितवन । आन्तरिक राजस्व कार्यालय भरतपुरले गत आर्थिक वर्षमा रु. २६ अर्ब ८३ करोड पाँच लाख राजस्व संकलन गरेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा रु एक अर्ब ७४ करोड बढी राजस्व संकलन भएको हो । कार्यालयले अघिल्लो आवमा रु. २५ अर्ब नौ करोड सात लाख राजस्व संकलन गरेको थियो । गत वर्ष राजस्व बढे […]