मनाङ र मच्छिन्द्रबीच गाेलरहित बराबरी, एनआरटी र आर्मीले ३–३ गाेलकाे बराबरी खेले

काठमाण्डाै – शहीद स्मारक 'ए' डिभिजन लिग फुटबलमा आज आइतवार भएकाे दुई वटै खेल बराबरीमा सकिएकाे छ ।  एन्फा मैदान सातदोबाटोमा भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र मच्छिन्द्र क्लबले गोलरहित बराबरी खेले । मनाङले तीन खेलमा पाँच अङ्क जाेड्दा मच्छिन्द्रले आज खाता खोलेको छ । आजै च्यासल मैदानमा भएको खेलमा न्युरोड टिम (एनआरटी) र त्रिभुवन आर्मी क्लबले तीन–तीन गोलको बराबरी खेलेका छन् । आर्मीका लागि नवयुग श्रेष्ठ, सुदिल राई र दिनेश हेम्जनले गोल गरे । एनआरटीका लालनुनजामाले दुई र जिन एन्...