दुई वर्षमा बन्नुपर्ने पुल ११ वर्षदेखि अलपत्र

दोलखाको गौरीशंकर गाउँपालिका–७ स्थित घट्टे खोलाको पुल दुई वर्षमा बनाउने गरी ठेक्का लिएको पुल ११ वर्षसम्म अलपत्र छ ।२०६८ साल २९ असारमा ठेक्का सम्झौता गरेको सर्बउद्धार–फ्रेन्डस–श्रेष्ठ जेभीले दुई वर्षभित्रै पूरा गर्ने गरी सम्झौता गरेको हो । समयमा पुल बनेको भए २०७० सालबाटै पुल सञ्चालनमा आउने थियो । तर ठेकेदारले सम्झौताबमोजिम पुल नबनाउँदा अहिलेसम्म पुल अलपत्र […]

सम्बन्धित सामग्री

सात वर्षदेखि पुल अलपत्र

सिमकोट–हिल्सा सडकको हेक्पा खोलामा पक्की पुल निर्माण कार्य सात वर्षदेखि अलपत्र रहेको छ । दुई वर्षमा सम्पन्न गर्ने गरी पुल निर्माणको सम्झौता भएको थियो । सो अवधिमा कामै सुरु नभएपछि आयोजनाले पहिलो पटक २०७६ सालमा म्याद थप गरेको थियो । हिल्सा–सिमकोट सडक आयोजनाले २०७४ साल साउन ६ गते सपना धुलिखेल जेभीसँग पुल निर्माण सम्झौता गरेको थियो । आयोजनाका प्रमुख बेलबहादुर नेपालीले पटक पटक गरी चार पटक उक्त पुल निर्माणका लागि म्याद थप गरिएको जानकारी दिनुभयो ।

दोदा नदीमाथिको पक्की पुल निर्माणको काम अलपत्र

वेदकोट– कञ्चनपुरको लालझाडी गाउँपालिका–४ स्थित दोदा नदीमाथिको पक्की पुल निर्माणको काम आठ वर्षदेखि अलपत्र छ । निर्माण सुरु भएको आठ वर्षमा उक्त पुलका तीन पिल्लर मात्रै ठडिएका छन् । वर्षौंदेखि देखतभुली–पर्सीया जोड्ने पक्की पुल निर्माण अलपत्र भएपछि लालझाडी गाउँपालिका ओहोरदोहोर गर्न स्थानीयले सास्ती खेपिरहेका छन् । विसं २०७२ पुस २६ गते तीन वर्षभित्र सक्ने गरी […]

दशगजा विवादका कारण पुल निर्माण अलपत्र

जनकपुरधाम । नेपाल–भारत सीमावर्ती क्षेत्र धनुषामा निर्माणाधीन पुल दशगजा विवादका कारण वर्षौंदेखि अलपत्र परेको छ । धनुषाको मुखियापट्टी मुसरनिया गाउँपालिकामा पर्ने थलहीघाटमा निर्माणाधीन ५० मिटर लामो पुल करीब ८ वर्षदेखि अलपत्र परेको हो । उक्त पुलको शिलान्यास २०७१ मङ्सिरमा तत्कालीन भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री विमलेन्द्र निधिले गरेका थिए । जनकपुरधामस्थित डिभिजन कार्यालयअन्तर्गत पुल निर्माण शुरू गरिएको थियो । पुल निर्माणस्थल दशगजा क्षेत्रमा पर्ने भन्दै विवाद उत्पन्न भएपछि काम सम्पन्न हुन नसकेको हो । २०७१ साउन १५ मा ४ करोड ७२ लाख ६४ हजार रुपैयाँमा पुल निर्माणका लागि सडक डिभिजन कार्यालय जनकपुर र वज्रगुरु म्याङ्लुङ जेभीबीच सम्झौता भएको थियो । २ वर्षमा पुल निर्माण सम्पन्न गर्ने ठेक्का सम्झौतामा उल्लेख थियो । पुलको फाउण्डेशन र पिलर खडा गरी करीब ५० प्रतिशत काम भइसकेको अवस्थामा भारतीय पक्षले अवरोध गरेपछि निर्माण अघि बढ्न सकेको थिएन ।

सात वर्षमा पनि बनेन कञ्चनपुरको दोदामा पुल

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल निर्माण अलपत्र छ । पुल निमार्णको ठेक्का सम्झौता भएको सात वर्ष बितिसक्दा समेत पुल निर्माण हुन सकेको छैन । पुल निर्माणका लागि २०७२ पुस २६ गते लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग ठेक्का सम्झौता भएको थियो । २०७५ साल पुस २६ गते निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि अहिलेसम्म पुल निर्माण नहुँदा नागरिकले सास्ती खेप्दै आएका छन् । सात वर्षदेखि खोलामा तीनवटा पिल्लर मात्रै छन् । एउटा पिल्लरको काम अधुरै छ । त्योबाहेक अरू कु...

पाँच वर्षदेखि अलपत्र पुलबाट स्थानीय त्रसित

स्याङ्जाको वालिङ नगरपालिका–११ डौवाका स्थानीय समयमै पुल निर्माण नहुँदा त्रसित भएका छन् । तोकिएको समयमा पुल निर्माण नहुँदा बर्खाले खेतीयोग्य जमिन कटान गरी जनधनको क्षति पुर्‍याउने भन्दै उनीहरू त्रसित भएका हुन् । दुई वर्षमा सम्पन्न हुनुपर्ने पुल पाँच वर्षसम्म अलपत्र छ ।स्याङ्जाको वालिङ र भीरकोट जोड्ने गरी आँधीखोलामा निर्माणाधीन मोटरेबल पुलको बाँधले आँधीखोलामा आउने सक्ने […]

धौलीगाडमा पक्की पुल : सात वर्षमा पिलर मात्रै ठडियो

महाकाली लोकमार्गअन्तर्गत गोकुलेश्वर–खलंगा सडकखण्डको धौलीगाड खोलामा साढे सात वर्षदेखि पुल निर्माण अलपत्र परेको छ । महाकाली नगरपालिका–५ गल्फै धौलीगाडमा जमिनको मुआब्जा वितरणमा ढिलाई हुँदा पुल निर्माण बीचमै रोकिएको हो ।  यहाँ ०७१ मा...

दूधकोशी पुल ४ वर्षदेखि अलपत्र

सुनसरी । चार वर्षअघि शिलान्यास गरिएको रानीटारस्थित दूधकोशीको पुल अलपत्र परेको छ । सरकार र ठेकेदारको लापरबाहीका कारण शिलान्यासपछि एउटा पिलरको खाल्डो खनेर ४ वर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्रसहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिँदा रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् । भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचोक, खोटाङको दक्षिणी भेगका नागरिक धरान, इटहरीबाट पुग्न करीब डेढ दिनको बसको यात्रा गर्न बाध्य छन् । सरकारको २४ करोडको लागतमा पुलको ठेक्का रसुवा एसएनएस तथा पप्पु जेभीले लिएको थियो । पुलको वारिपारि रहने दुईओटा आधारस्तम्भ बनाएर छाडिएको छ । २१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ, पान स्पान र ६ पिलर रहनेगरी काम थालिएको थियो । दुई वर्षमा काम सक्नेगरी ठेक्का लगाए पनि हाल काम हुन सकेको छैन । सरकार र ठेकेदारले लापरबाहीले चार वर्षसम्म पनि पुलको काम अघि बढ्न नसकेको आमचोक गाउँपालिकाका अध्यक्ष अशोक राई बताउँछन् । ‘सरकारलाई सोध्यो ठेकेदारले काम गरेन भन्छन्, ठेकेदारलाई सोध्यो गर्छु भन्छ, काम नगर्ने ठेकेदारलाई कारबाही गर्नुपर्‍यो भन्दा ठूलै पावर छ, मन्त्री, प्रधानमन्त्रीसम्मको पावर भएकाले हामीले केही गर्न सकेनौं,’ उनले भने । सरकार र ठेकेदारको लापरबाहीका कारण आमचोकवासी जनताले यातायातको सुविधाको अनुभूति गर्न नपाएको उनको भनाइ छ । यातायातको सुविधा नहुँदा अझै पनि भारी बोक्न बाध्य भएको उनी बताउँछन् । भोजपुरको दक्षिणी भेग पुग्न कि कोशीमा बोटबाट जानुपर्छ कि धनकुटा, हिले लेगुवा हुँदै भोजपुर पुगेर आउनुपर्छ । यसरी घुमेर आउँदा डेढ दिन लाग्ने उनले बताए । ‘पुल बनेदेखि इटहरी धरानलाई जिरोप्वाइन्ट मान्दा अढाई घण्टामा आमचोक पुग्न सकिन्छ,’ उनले भने । दक्षिणी भेगमा आयात निर्यात नै हुन सकेको छैन भने बिरामीलाई सहज उपचार पाउन पनि समस्या भइरहेको छ । २०७४ सालमा तत्कालीन प्रधानमन्त्री समेत रहेका वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । प्रदेश १ का तत्कालीन मुख्यमन्त्री शेरधन राईलगायतले तामझामका साथ शिलान्यास गरेको आमचोक भोजपुर र उदयपुर जोड्ने रानीटारस्थित दूधकोशीमा पुलको २०७४ भदौ ३१ गते शिलान्यास गरिएको थियो । उदयपुर हुँदै तराईका जिल्लाबाट दैनिक उपभोग्य सामग्रीको आयात गर्ने भोजपुरका आमचोक गाउँपालिका र खोटाङ जन्ते ढुंगाका स्थानीयले रानीटारको झोलुंगे पुलबाट प्रतिकेजी १ रुपैयाँको दरले सामान ढुवानी गरेर कोशी तार्नुपर्ने बाध्यता रहँदै आएको छ । विकट पहाडी क्षेत्र पर्ने भोजपुर, खोटाङका स्थानीयले झोलुंगे पुलको सहायतामा प्रतिकेजी १ रुपैयाँका दरले सामान ढुवानी गराउँदा पनि प्रायः ढुवानी गर्ने व्यक्ति पाउन मुश्किल रहँदै आएको छ । सीधा यातायात सञ्चालन नहुँदा सामान ढुवानीदेखि चर्काे मूल्यको समस्या झेल्दै आउनुपरेको स्थानीयको गुनासो छ ।

ठेकेदारको लापरवाहीका कारण दुधकोशी पुल ४ वर्षदेखि अलपत्र

माघ १८, सुनसरी । सरकार र ठेकेदारको लापरवाहीका कारण चार वर्ष अघि शिलान्यास गरिएको रानीटार स्थित दुधकोशीको पुल वेवारिसे बनेको छ । शिलान्यासपछि एउटा पिलरको खाल्डो खनेर ४ वर्षदेखि अलपत्र छ । पुल नहुँदा भोजपुरको दक्षिणी क्षेत्रसहित खोटाङका बासिन्दाले सास्ती भोगिरहेका छन् । पुल नभएर एम्बुलेन्स नआउँदा स्वास्थ्य उपचार पाउन सकेका छैनन् । सरकार र ठेकेदारले चासो नदिँदा रानीटारको पुलको योजना बजेटमा नपर्दा आमचोकका कृषकले आफ्ना उत्पादन तराई झार्न पाउन सकेका छैनन् ।  भोजपुरको दक्षिणी क्षेत्र घोडेटार, आमचौंक, खोटाङको दक्षिणी भेकका नागरिकहरु धरान, इटहरीबाट पुग्न करीब डेढ दिनको बसको यात्रा गर्न बाध्य छन् ।  सरकारको २४ करोडको लागतमा पुलको ठेक्का रसुवा एसएनएस तथा पप्पु जेभीले लिएको थियो । पुलको वारिपारि रहने दुईओटा आधारस्तम्भ बनाएर छाडिएको छ ।  २१५ मिटर लम्बाइ र ११ मिटर चौडाइ र ५ स्पान र ६ पिलर रहने गरी काम थालिएको थियो । दुई वर्षमा काम सक्ने गरी ठेक्का लगाए पनि हाल काम हुन सकेको छैन ।  सरकार र ठेकेदारले लापरवाहीले चार वर्षसम्म पनि पुलको काम अघि बढ्न नसकेको आमचौक गाउँपालिकाका अध्यक्ष अशोक राई बताउँछन् । उनी भन्छन्, ‘सरकारलाई सोध्यो ठेकेदारले काम गरेन भन्छन्, ठेकेदारलाई सोध्यो गर्छु भन्छ, काम नगर्ने ठेकेदारलाई कारवाही गर्नु प¥यो भन्दा ठूलै पावर छ, मन्त्री, प्रधानमन्त्रीसम्मको पावर भएकाले हामीले केही गर्न सकेनौं ।’  सरकार र ठेकेदारको लापरवाहीका कारण आमचौकवासी जनताले यातायातको सुविधाको अनुभुति गर्न नपाएको उनको भनाइ छ । यातायातको सुविधा नहुँदा अझै पनि भारी बोक्न बाध्य भएको उनी बताउँछन् ।  भोजपुरको दक्षिणी भोग पुग्न कि त कोशीमा बोटबाट जानु पर्छ कि त धनकुटा, हिले लेगुवा हुँदै भोजपुर पुगेर आउनुपर्छ । यसरी घुमेर आउँदा डेढ दिन लाग्ने उनले बताए । उनले भने, ‘पुल बनेदेखि इटहरी धरानलाई जिरोपोइन्ट मान्दा अढाई घण्टामा आमचौक पुग्न सकिन्छ ।’ दक्षिणी भेगमा आयात निर्यात नै हुन सकेको छैन भने बिरामीहरुलाई सहज उपचार पाउन पनि समस्या भइरहेको छ ।  २०७४ सालमा तत्कालिन प्रधानमन्त्री समेत रहेका वर्तमान प्रधानमन्त्री शेर बहादुर देउवाले शिलान्यास गरेका थिए । प्रदेश १ का तत्कालिन मुख्यमन्त्री शेरधन राईलगायतले तामझामका साथ शिलान्यास गरेको आमचोक भोजपुर र उदयपुर जोडने रानीटारस्थित दुधकोशीमा पुलको २०७४ साल भदौ ३१ गते शिलान्यास गरिएको थियो ।  उदयपुर हुँदै तराईका जिल्लाहरुबाट दैनिक उपभोग्य सामग्रीको आयात गर्ने भोजपुरका आमचोक गाँउपालिका र खोटाङ जन्ते ढुंगाका स्थानीयले रानीटारको झोलुंगे पुलबाट प्रति केजी १ रुपैयाँको दरले सामान ढुवानी गरेर कोशी तार्नु पर्ने बाध्यता रहँदै आएको छ ।  विकट पहाडी क्षेत्र पर्ने भोजपुर, खोटाङका स्थानीयले झोलुंगे पुलको सहायतामा प्रति केजी १ रुपैयाँका दरले सामान ढुवानी गराउदा पनि, प्राय ढुवानी गर्ने व्यक्ति पाउन मुस्कील रहदै आएको छ । सिधा यातायात सञ्चालन नहुँदा सामान ढुवानीदेखि चर्को मूल्यको समस्या झेल्दै आउनु परेको स्थानीयको गुनासो छ ।

गुटु स्वास्थ्य चौकी भवन १२ वर्षदेखि अलपत्र

भनिन्छ ‘१२ वर्षमा खोलो पनि फकिन्छ’ तर १२ वर्षअघि निर्माण थालिएको सुर्खेतको गुटु स्वास्थ्यचौकीको भवन भने अझै अधुरै छ । तत्कालीन गुटु गाविसको प्रमुख स्वास्थ्य चौकीको भवन २०६६ सालमा निर्माण सुरु गरिएको थियो । एक वर्षमा निर्माण सक्नेगरी मैनाचुली–सुरुची जेभीले साढे १४ करोड रुपैयाँमा निर्माणको ठेक्का सम्झौता गरेको थियो । कम्पनीले भवन निर्माणमा कमसल सामग्री […]

छ वर्षमा पनि बनेन हापुरखोलाको पुल

दाङ, ७ पुस । दाङको कोठरी–डुरुवा जोड्ने हापुरखोलाको पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र अवस्थामा रहेको छ । निर्माण सुरु भएको छ वर्ष बितिसक्दा पनि अझैसम्म निर्माण कार्य पूरा हुन सकेको छैन । समयमा पुल नबनेका कारण स्थानीयवासीलाई आवतजावतमा समस्या भएको बताइएको छ । निर्माण कार्य शुरु भएको छ वर्ष बितिसक्दा पनि सम्पन्न नहुँदा […]