बाजुरा– बाजुरामा प्रहरी प्रशासनले पछिल्लो समय समुदाय केन्द्रित सचेतनामूलक कार्यक्रमलाई तीव्रता दिएको छ । प्रहरी प्रशासनले समुदायसँगको सम्बन्धलाई थप बलियो बनाउँदै कानुनी सचेतना दिने तथा सेवा प्रवाहको बारेमा जानकारी गराउने उद्देश्यका साथ सचेतनामूलक कार्यक्रमलाई जोड दिएको हो । प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालयबाट शान्ति सुरक्षा लगायतका विषयमा समुदायमै पुगेर नागरिकलाई सचेत गराउने, समस्या सुन्ने, […]
तेह्रथुम, १९ असोज । आठराई गाउँपालिकाले शनिबारदेखि नगर बस सञ्चालनमा ल्याएको छ । नगर बस सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०८३ जारी गरी गाउँपालिकाले नगर बस सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष दिलकुमार पाहिमले जानकारी दिए । नगर बस सञ्चालनका लागि गाउँपालिकाले गत आर्थिक वर्षमा रु ६० लाख रकम विनियोजन गरेको थियो । उक्त नगर बस आठराई गाउँपालिकाको […]
काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक सुरू भएको छ। चिया नास्ता र खाजापछि नेताहरू खुलामञ्चमा आएपछि बैठक सुरू भएको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए । प्रवक्ता चालिसेका अनुसार पार्टीको १५औँ महाधिवेशन अन्तर्गतको बन्दसत्रमा पेस गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्दसत्र सुरु गर्ने कार्यक्रम रहेको छ । उनले भने, ‘पार्टीले […]
तीन दिनसम्म चलेको सम्मेलनमा २९ वटा विषयगत र तीनवटा आउटडोर सत्र सञ्चालन भएका थिए। हानि तथा नोक्सानी, जलवायु कूटनीति, अनुसन्धान तथा नीति, चक्रीय अर्थतन्त्र र निजी क्षेत्रको वित्त परिचालनलगायत विषयमा छलफल भएको थियो।
चितवन, १९ असोज । अण्डाको पोषण तथा स्वास्थ्यसम्बन्धी महत्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लेयर्स कुखुरापालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रुपमा मनाइरहेको छ । यस वर्षको नारा ‘प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ’ रहेको छ । सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार मनाइने विश्व अण्डा […]
काठमाडौँ। नेपाली कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ। कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालका अनुसार सोमबार साँझ ५ः०० बजेदेखि निर्वाचनको कार्यक्रम सुरु हुने छ। कटुवालका अनुसार सोमबार साँझ ५ः०० बजे मतदाता नामावली प्रकाशन हुनेछ। यसैगरी ५ः०० देखि ६ः३० बजेसम्म मतदाता नामावली प्रकाशनउपर दाबीविरोध, ६:३० देखि ७:३० सम्म […]