काठमाडौँ – आइतबार हुने मनोनयनका लागि नेपाली कांग्रेसले चितवन १ मा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष एवं अर्थशास्त्री विश्व पौडेललाई टिकट दिएको छ। उनी योजना आयोगबाट राजीनामा दिएर प्रत्यक्ष चुनाव लड्ने भएका हुन्। चितवन १ मा कांग्रेसका अर्का अर्थशास्त्री स्वर्णिम वाग्ले पनि आकांक्षा राखे पनि उनी त्यहाँबाट आउट भएका छन्। त्यस्तै, गठबन्धनबाट कांग्रेसकै भागमा परेको चिवतन […]