विराटनगरमा दैनिक संक्रमित हुने दर घट्यो

विराटनगर । विराटनगरमा कोरोना संक्रमित घटेका छन् । प्रदेश नम्बर–१ को राजधानीमा केही सातायता संक्रमितको संख्यामा उल्लेख्य कमी आएको छ । विराटनगर महानगरपालिकाका अनुसार दैनिक ५० र त्यसभन्दा पनि कम संख्यामा संक्रमित फेला पर्न थालेपछि बजार खुलेका छन् । निजी तथा सार्वजनिक यातायातका साधन पनि सञ्चालनमा छन् । प्रदेशका मुख्य सहरहरु इटहरी,...

सम्बन्धित सामग्री

घट्यो कोरोना संक्रमण दर  २४ घन्टामा ५३ संक्रमित

केही दिनयता कोरोना भाइरस संक्रमण दर घटेको छ । एक सातायता दैनिक संक्रमण दर एक सयभन्दा कममा सीमित रहेको

कोरोना संक्रमण घट्यो, मृत्यु संख्या किन घटेन ?

काठमाडौं । नेपालमा पुसयता उच्च बनेको कोभिड १९ को संक्रमण माघ तेस्रो सातायता घटिरहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माघ २६ गतेको तथ्यांकअनुसार टेस्ट पोजिटिभ दर १४.६७ प्रतिशतमा झरेको छ । अहिले देशभर ३० हजार २४१ जना सक्रिय संक्रमित छन् भने दैनिक थपिने संक्रमितको संख्या २ हजार ५ सयभन्दा कम...

बेलायतमा दैनिक संक्रमण ३० हजार बढी, मृतक संख्या घट्यो

बेलायतमा कोरोना संक्रमण दर उच्च रहेपनि मृतकको संख्यामा भने कमी आएको अधिकारीहरुले बताएका छन् । पछिल्लो २४ घन्टामा कोरोना संक्रमणका कारण थप ४३ जनाको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले आइतबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । अघिल्लो साताको तुलनामा यो साता मृतक संख्या २५ प्रतिशतले घटेको हो । बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या एक लाख ३६ हजार ९५३ पुगेको छ ।यसैगरी पछिल्लो २४ घन्टामा ३० हजार ४३९ जना नयाँ संक्रमित थपिएका छन् । बेलायतमा १४ दिनसम्म लगात

निषेधाज्ञाको सकारात्मक प्रभाव : प्रदेश १ मा दैनिक संक्रमण दर घट्यो

विराटनगर (अस) । वैशाखको अन्त्य र जेठको पहिलो साता प्रदेश १ मा दैनिक १२ सयमा कोरोना पोजेटिभ देखिए पनि निषेधाज्ञाको सकारात्मक प्रभावका कारण अहिले कोरोनाको संक्रमण दर घटेर दैनिक ३०० हाराहारीमा झरेको छ । त्यस्तै प्रदेश १४ जिल्लामध्ये ७ जिल्लामा नयाँ संक्रमणको दर शून्यमा झरेको छ । कोरोनाको संक्रमणदर घट्दै गएपछि निषेधाज्ञा विस्तारै खुकुल्याउँदै लगिएको छ । प्रदेश १ मा दैनिक कोरोना संक्रमितको संख्या ३ सयभन्दा कममा झरेको छ । प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयका अनुसार आइतवार प्रदेश १ मा २५५ जना कोरोना संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको ‘कोभिड–१९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन समिति’को सचिवालय संयोजक डा. रवीन्द्र निरौलाले पछिल्लो १० दिनदेखि संक्रमणको दर दैनिक घटेको र निको हुनेको संख्या बढेको बताए । मन्त्रालयको तथ्यांक अनुसार प्रदेशमा पहाडी तथा हिमाली जिल्लामा दैनिक संक्रमित हुनेको संख्या शून्यमा झरेको छ । संखुवासभा, तेह्रथुम, इलाम, पाँचथर, ताप्लेजुङ, सोलुखुम्बु र खोटाङ जिल्लामा दैनिक संक्रमणको दर शून्यको अवस्थामा पुगेको हो । शनिवार र आइतवार ती जिल्लामा संक्रमणको दर शून्य रहेको मन्त्रालयले बताएको छ । कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासले दुई सातायता कोरोना संक्रमितको संख्या तुलनात्मक रूपमा घटेको बताए । ‘तर, जोखिम घटिसकेको छैन,’ उनले भने । पहाडी जिल्लामा संक्रमणको दर शून्य र केहीमा अति न्यून रहे पनि सघन जनसंख्या रहेको तराईका मुख्यतः झापा, मोरङ र सुनसरीमा भने अझै पनि संक्रमणको दरमा उल्लेख्य कमी आउन नसकेको मन्त्रालयले बताएको छ । दैनिक संक्रमणको दर ओरालो लागेसँगै अस्पतालको सघन उपचार कक्षमा बिरामीको चाप पनि घटेको छ ।

बाँकेमा सङ्क्रमण दर घट्यो, निषेधाज्ञामा छुट गर्न माग

एक महिना अघि कोरोना हटस्पट बनेको बाँके जिल्ला विस्तारै सङ्क्रमण शून्य हुने क्रमतिर बढ्दै गएको छ । एकैदिनमा ७ सयसम्म संक्रमति फेला परेको जिल्लामा अहिले सङ्क्रमण घटेर दैनिक दुई अङ्कमा झरेको छ । गत केही दिनयता सय भन्दा पनि कम संक्रमित थपिन थालेको र मृत्यु हुनेहरुको पनि संख्या घट्दै गएको कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । कोभिड १९ व्यवस्थापन केन्द्र बाँकेका कोरोना सहजकर्ता तथा जनस्वास्थ्य अधिकृत नरेश श्रेष्ठले कुनै बेला संक्रमण नियन्त्रण बाहिर गएर जनमानसमा भयावह त्रास र आतंक सृजना भएपनि सबैको सामुहिक प्रयासले अहिले संक्रमण दुई अंकमा झरेको बताउनुभयो ।

भारतमा कोरोना संक्रमण दर घट्यो

काठमाडौं । भारतमा कोरोना संक्रमणको दरमा केही कमी आउन थालेको छ । दैनिक ४ लाखसम्म कोरोना संक्रमित थपिने गरेकोमा यो संख्यामा अहिले केही कमी आएको छ ।  पछिल्लो २४ घण्टामा २ लाख ७६ हजार ११० जना कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा भारतमा ३ हजार ८७४ संक्रमितको मृत्यु भएको विश्व...