अटो इन्डस्ट्रीमा कोरोनाको असर, आठ वर्षमा सबैभन्दा कम बिक्री

एजेन्सी। कोरोनाको दोस्रो लहरले भारतीय अटो इन्डस्ट्रीको रिकभरीमा ब्रेक लगाइदियो। फेडरेसन अफ अटोमोबाइल डिलर एसोसियसन अफ इन्डियाका अनुसार आर्थिक वर्ष २०२०–२१मा सबै क्याटगोरीका सवारीको दर्तामा ३० प्रतिशत गिरावट आएको छ। यो आँकडा आठ वर्षमा सबैभन्दा कम हो। मे महिनादेखि नै उपभोक्ताको सेन्टिमेन्ट कमजोर भएको एसोसियसन बताउँछ। यसको प्रमुख कारण भारतका ९५ प्रतिशत क्षेत्रमा लकडाउन हुनु हो।

सम्बन्धित सामग्री

पछिल्लो तीन वर्षमा भारतीय क्रिकेट टोलीमा ९ कप्तान

एजेन्सी – भारतले टि२० आईमा मात्रै पछिल्लो तीन वर्षमा ९ खेलाडीलाई कप्तान बनाएकोछ । बिहीबार देखि भारतले घरेलु मैदानमा अष्ट्रेलियासँग ५ टि२० आई सिरिजको सुरुवात गर्दैछ । सुर्यकुमार यादवले पहिलो पटक कप्तानी गर्नेछन् । २०२१ सुरुवातपछि उनी भारतीय टोलीमा टि२० आई मा कप्तानी गर्ने ९ औं खेलाडी बन्नेछन् । भारतले कोरोनाको समयमा श्रीलंका भ्रमणमा शिखर […] The post पछिल्लो तीन वर्षमा भारतीय क्रिकेट टोलीमा ९ कप्तान first appeared on हाम्रो खेलकुद.

लाङटाङमा बढ्यो पर्यटकको संख्या

काठमाडौं । लाङटाङ राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । कोरोनाको कारण लामो समयसम्म सुस्ताएको पर्यटन व्यवसाय विस्तारै लयमा फर्कन थालेको हो । गएको एक वर्षमा निकुञ्जमा १८ हजार भन्दा बढी पर्यटकको आगमन भएको छ । जसमा सबैभन्दा बढी नेपाली छन् । कोरोनाको कारण विदेशी पर्यटकको आगमन कम हुँदा नेपाली पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको […]

नागरिक सामुदायिक अस्पतालमा एक वर्षमा ९२ हजारलाई सेवा

कोरोनाको कारण सेवा लिने बिरामीको संख्यामा कमी आएको अस्पतालले जनाएको छ। उपचार सेवा लिन आउने बिरामीलाई १६ लाख ६ हजार रुपैयाँ बराबरको उपचार निःशुल्क प्रदान गरेको अस्पतालका सञ्चालक समिति सदस्य जितेन्द्र श्रेष्ठले बताए।

कोरोनाको तेस्रो लहर र अर्थतन्त्र

सन् २०२० मा कोरोना महामारी शुरू भएलगत्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सरोकारका विज्ञहरूले कोरोना महामारी अबका केही वर्ष हामीबीचमै रहने बताएका थिए । कोरोना महामारीका २ वर्षलाई फर्किएर हेर्दा जनजीवन एक प्रकारले कोरोनासँगै बाँच्न अभ्यस्त भइसकेको भान हुन थालेको छ । स्मरण हुन्छ, शुरुआति दिनमा वीरगञ्जका एकजना व्यवसायीलाई भारतको पटनास्थित अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको हल्लामात्रै नेपालमा त्रास फैलाउन पर्याप्त भइदिएको थियो । सञ्चारमाध्यममा ब्रेकिङ समाचार र त्यसमा आम चासो हेर्दा लाग्थ्यो–मानौं, ठूलै प्रलय आउँदै छ । बितेको २ पटकको कोरोना लहरका कमजोरीलाई सच्याउने सन्दर्भमा सरकार त्यति गम्भीर हुन सकेको छैन । दोस्रो लहरको समयमै सिमानामा बनाउन लागिएका होल्डिङ सेन्टर तेस्रोपटक महामारी शुरू भइसक्दा पनि पूरा हुन सकेका छैनन् । आज एकैघरमा, एउटै कोठामा कोरोना संक्रमित सँगै भएर पनि दैनिकी असामान्य लाग्न छोडिसकेको छ । यसको अर्थ, कोरोना महामारी केही पनि होइन भन्ने होइन । यो चाहिँ सत्य हो कि, एक समय कोरोनाको त्रासले आप्mनै घरको भित्तो र ढोका छुन डराउने मानिस आज संक्रमितको हेरचाह गर्नसमेत अभ्यस्त भइसकेको छ । यसबीचमा यो महामारीका बारेमा थुप्रै भ्रममात्र चिरिएका छैनन्, यसका विरुद्धमा खोप र यसको उपलब्धतामा सोचेभन्दा चाँडो प्रगति भएको छ । यसले मानिसको आत्मबल बढेको छ । यो २ वर्षको अवधिमा कोरोना महामारीका बारेमा जति खोज र अनुसन्धानहरू अपेक्षित सफल भए, तीनले कोरोनाकै बीचमा पनि दैनिकीलाई अघि बढाउन अभ्यस्त बनायो । दैनिकी सोचेभन्दा चाँडै सहज हुन गयो । अहिले कोरोनाको तेस्रो लहर चलिरहेको छ । तेस्रो लहर शुरू नहुँदै कतिपय देशमा त चौथो लहर शुरू भइसकेका समाचार पनि आइसकेका छन् । यसको अर्थ के भने भाइरसको नयाँनयाँ भेरियन्टले जनजीवनलाई दुःख दिइरहेको छ । कोरोना महामारीले सामाजिकमात्र होइन, आर्थिक दैनिकीलाई पनि उत्तिकै मार पारेको छ । भनिन्छ, मानिस रोगले त मर्छ नै, त्यो भन्दा गाह्रो भोकले पार्छ । स्वास्थ्य संकटले निम्तिने आर्थिक विपत्ति झन् दयनीय हुन्छ । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता संस्थाहरूले कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा पर्ने असरका बारेमा आआफ्नै प्रक्षेपणहरू सार्वजनिक गरिरहेका हुन्छन् । ती तथ्यांकीय प्रक्षेपणको तात्पर्य सरोकारका देश र त्यहाँको सत्ता सञ्चालकले कोरोना महामारीको असरको प्रतिवादका लागि आवश्यक नीति र कदम चालेर अर्थतन्त्रलाई धराशयी हुनबाट जोगाओस् भन्ने नै हो । हुन पनि अबको कही सयम कोरोना कुनै न कुनै स्वरूपमा हामीबीचमै रहने निश्चित भइसकेको छ । आर्थिक र सामाजिक दिनचर्यालाई ठप्प पार्दा झन् ठूलो समस्या निम्तिने निश्चित छ । यो तथ्यबीच अब कोरोनाको तेस्रो लहरबाट हाम्रो अर्थसामाजिक दैनिकीलाई कसरी अगाडि बढाउने भन्ने मूल प्रश्न हो । यतिबेला कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाम्रो आर्थिक र सामाजिक दैनिकी भारतसित प्रत्यक्ष रूपमा जोडिएको छ । भारतमा अहिले दैनिक संक्रमितको संख्या २ लाखको हाराहारीमा छ । खुला सिमाना हुनुका कारण त्यता संक्रमण बढ्दा त्यसको बाछिटा नेपालमा नपर्ने कुरै भएन । हामीकहाँ पनि यो ग्राफ उकालो लागिरहेको छ । कोरोनाका कारण भारतमा आर्थिक गतिविधि अवरुद्ध हुँदा यहाँको माग, आपूर्ति र उत्पादनमा अप्रत्यक्ष प्रभाव आउने नै भयो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्व अर्थतन्त्र खुम्चिने अनुमान विश्व बैंकले गरेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदनमार्फत विश्व बैंकले कोरोनाको कारण विश्वको अर्थतन्त्र सन् २०२३ सम्म नै प्रभावित हुने अनुमान गरेको छ । हामीकहाँ पनि यो महामारीको प्रभाव अवश्य पर्ने छ । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने दाबी गरिरहेको बेला विश्व बैंकले ३ दशमलव ९ प्रतिशतमात्रै हुने बताएको छ । आगामी वर्ष पनि यो आँकडा ४ दशमलव ७ प्रतिशतभन्दा माथि नजाने दाबी विश्व बैंकको छ । सरकारका अर्थमन्त्री भने ७ प्रतिशतको आर्थिक वृद्धि भइछाड्ने बताउन छोडेका छैनन् । तर, सरकारको आर्थिक सल्लाहकार मानिएको केन्द्रीय बैंकले आर्थिक वृद्धि ४/५ प्रतिशतबाट उकालो नलाग्ने अनुमान गरिसकेको अवस्था छ । बितेको २ वर्षमा पनि नेपालले लक्ष्यमा राखेको आर्थिक वृद्धि हात पार्न सकेन । आर्थिक वर्ष २०७७/७८ मा १ दशमलव ८ प्रतिशतमा सीमित भएकोमा आर्थिक वर्ष २०७६/७७ मा त नेपालको अर्थतन्त्र २ दशमलव १ प्रतिशतले ऋणात्मक भयो । महामारीका कारण आर्थिक माग र आपूर्तिसँगै असमानताको खाडल पनि निकै फराकिलो हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको शुरुआती ५ महीनाका आर्थिक सूचकहरूको कमजोर अवस्था, खाद्यान्न (धान) उत्पादनमा आएको कमी, बेमौसमी वर्षा, कमजोर पूँजीगत खर्च र यसैबीचमा कोरोना महामारीले ल्याउने असहजताले आर्थिक वृद्धि उकालो लाग्नेमा आशावादी हुने ठाउँ भने देखिएको छैन । यस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । कोरोना महामारीबाट जनताको जीवनलाई जोगाउँदै आर्थिक जीवनलाई कसरी गति दिने भन्ने विषय सरकारको अग्रसरता, रचनात्मक शैली र भूमिकामा भर पर्ने कुरा हो । अहिले पनि सरकार बितेको दुईपटकको कोरोना लहरमा देखिएका कमजोरीलाई सच्याउने सन्दर्भमा सरकार त्यति गम्भीर हुन सकेको छैन । यतिसम्म कि, दोस्रो लहरको समयमै सिमानामा बनाउन लागिएका होल्डिङ सेन्टर तेस्रोपटक महामारी शुरू भइसक्दा पनि पूरा हुन सकेको छैनन् । माथि नै उल्लेख भइसक्यो, भारतमा कोरोना बढ्दा नेपाल त्यसबाट अछुतो हुँदैन । कोरोनाको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टाभन्दा दोब्बर बढी संक्रामक भनिएको छ । भारतबाट आउनेहरूको सिमानामा स्वास्थ्य परीक्षण नाममात्रको छ । सिमानामा खटिने कर्मचारी नै संक्रमित भएका समाचार आएका छन् । दैनिक हजारौं मानिस आवागामन हुने सिमानामा सयको संख्यामा परीक्षण छ, त्यो पनि संक्रमित देखिएमा त्यसको व्यवस्थापनमा कठिनाइ छ । संक्रमित समुदायमा गइरहेका छन्, संक्रमण फैलाइरहेको छ । रोकथाम र उपचारमा पहिलेको तुलनामा पूर्वाधार सुधार भए पनि पर्याप्त छैन । संक्रमित ह्वात्तै बढे भने यसअघिभैंm सास फेर्न एक सिलिन्डर अक्सिन नपाएर ज्यान जाने अवस्था नआउला भन्न सकिँदैन । कोरोना उपचार र रोकथामको प्रभावकारी व्यवस्थापनको सरोकार यसबाट हुने आर्थिक क्षति न्यूनीकरणको उपायसित जोडिएको हुन्छ । बितेका २ वर्षमा सरकारले निषेधलाई महामारी नियन्त्रणको सहज उपाय बनायो । कुनै रणनीतिविना जनतालाई घरभित्र थुनेर, आर्थिक गतिविधिलाई ठप्प पारेर कोरोना नियन्त्रण हुन सक्दैन भन्ने त विगत अनुभवले पनि प्रमाणित गरिसकेकै छ । स्मरण हुन्छ, पहिलो बन्दाबन्दी र निषेधाज्ञा सरकारले कोरोना महामारी नियन्त्रण भएका कारण हटाएको थिएन । जनताले प्रतिवाद गर्न थालेपछि सरकार पछि हटेको थियो । दोस्रो लहरमा बन्दाबन्दी नभनिए पनि अधिकांश जिल्लामा निषेधाज्ञा थियो । त्यसले नियन्त्रणमा खासै उपलब्धि देखाउन सकेको होइन । बरु, यो उपायले आर्थिक सरोकारहरूलाई घुँडा भने टेकाएको थियो । कोरोनाको तेस्रो लहरसम्म आइपुग्दा आम जनतामा पनि यसबारेमा तुलनात्मक बढी जानकारी पुगिसकेको छ । सतर्कताका उपायहरूलाई प्रभावकारी रूपमा अपनाएर अब कोरोनासँगै अघि बढ्नुको विकल्प छैन । कोरोना संक्रमण बढी भएका क्षेत्रमा केही समयका लागि निषेध गर्न पनि सकिन्छ । तर, निषेधलाई नै जिम्मेवारीबाट उम्किने सहज उपाय भने बनाइनु हुँदैन । अघिल्ला वर्षहरूमा बन्दाबन्दी र निषेधाज्ञाका कुराहरू बढी हुन्थे । अहिले स्मार्ट बन्दाबन्दीका सुझावहरू आइरहेका छन् । कोरोनाविरुद्ध पर्याप्त सावधानी अपनाएर दिनचर्यालाई अघि बढाउने उपायमा केन्द्रित हुन सकेमात्रै आर्थिक र सामाजिक दिनचर्यालाई कोरोना प्रकोपबाट सुरक्षित राख्न सहज हुनेछ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

रोजगारीको क्षेत्रमा कोरोनाको असर

संसारकोे जनसंख्या ७ अर्ब ८२ करोड नाघेको छ । कोरोनाको पुरानो मात्रै होइन, नयाँँ भाइरससमेत देखिएको छ । कोरोना भाइरस एक वर्षमा विश्वको सेरोफेरो घुम्यो, चीनले तुरुन्तै नियन्त्रणमा लियो । संसारको समृद्ध देश अमेरिकाका ३३ करोड जनतामध्ये ६ प्रतिशत भनौँ १ करोड ९५ लाखलाई कोेरोना पुष्टि भयोे । सन् २००९ पछिको सबैभन्दा ठूलो आर्थिक मन्दी […]

लगानी प्रस्ताव बढ्नु सकारात्मक संकेत

गत दुई आर्थिक वर्षमा कोरोना कहरका कारण स्वदेशी तथा विदेशी लगानीमा सुस्तता आउनु स्वाभाविक थियो । विश्व नै कोरोनाका कारण आक्रान्त भएको र लगानीकर्ताहरू ‘पर्ख र हेर’को स्थितिमा रहेका थिए । सरकारको ध्यान पनि जीवनरक्षामा नै केन्द्रित थियो । विश्वभर सबै जना कोरोनाको खोपको प्रतीक्षामा रहेका थिए । तर, कोरोनाको खोपको सहज उपलब्धतासँगै विश्वमा नै […]

विश्वमा कोरोनाको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्छ – अध्ययन

काठमाण्डाै -  विश्वमा कोरोना भाइरसको सङ्क्रमण अझै लामो समयसम्म रहन सक्ने एक अध्ययनले देखाएको छ । अध्ययनका अनुसार आउँदा केही वर्षमा यो अन्य सरुवा रोग जस्तै बन्न सक्ने सम्भावना छ । अमेरिका र नर्वेका विज्ञ सहभागी टिमले गरेको अध्ययनले आउँदा दिनमा कोरोना भाइरसले खोप नलगाएका स–साना बालबालिकालाई धेरै असर गर्ने देखिएको छ । धेरैजसो वयस्क र ज्येष्ठ नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेकाले अब बालबालिका बढी जोखिममा रहेका विज्ञले बताएका छन् । साइन्स एड्भान्सेजमा प्रकाशित प्रतिवेदन अनुसार कोरोनाको भाइरसले पनि इन्फ्लुएञ्ज...

सौगातमाथि करोडौंको लगानी

नेपाली चलचित्रको व्यापारलाई हेर्ने हो भने, औषतमा वर्षमा ६ वटाले मात्र लगानी उठाएका छन् । डेढ बर्ष अगाडि कोरोनाको कारण सुनसान बनेको चलचित्र क्षेत्र सुचारु हुने कुनै सुरसार छैन । अझै, यो अन्यौल कहिलेसम्म कायम रहने हो भन्न सकिदैन । तर, नेपाली चलचित्रका कलाकारमाथि करोडौको लगानी गर्ने होडबाजी भने रोकिएको छैन । बक्स अफिसमा निरन्तर […]

अटो इन्डस्ट्रीमा कोरोनाको असर, आठ वर्षमा सबैभन्दा कम बिक्री

एजेन्सी। कोरोनाको दोस्रो लहरले भारतीय अटो इन्डस्ट्रीको रिकभरीमा ब्रेक लगाइदियो। फेडरेसन अफ अटोमोबाइल डिलर एसोसियसन अफ इन्डियाका अनुसार आर्थिक वर्ष २०२०–२१मा सबै क्याटगोरीका सवारीको दर्तामा ३० प्रतिशत गिरावट आएको छ। यो आँकडा आठ वर्षमा सबैभन्दा कम हो। मे महिनादेखि नै उपभोक्ताको सेन्टिमेन्ट कमजोर भएको एसोसियसन बताउँछ। यसको प्रमुख कारण भारतका ९५ प्रतिशत क्षेत्रमा लकडाउन हुनु हो।

नयाँ वर्षमा आशा र निराशा सरोबर

राजनीति अस्थिर हुने संकेत पाएपछि अलि–अलि सुधार हुन थालेको बजारमा पनि मन्दी देखा पर्न थालेको छ । वि.सं. २०७७ नेपालको इतिहासमै एउटा अविस्मरणीय वर्ष रहने भयो । कोरोनाको कहरबाट सुरु भएको वर्ष सकिँदै गर्दा राजनीतिले बन्धक बनायो । दुईतिहाइको इतिहासकै बलियो सरकार अचानक २०७७ को अन्त्यमा आउँदा कमजोर भयो र मुलुक एकपल्ट फेरि अस्थिरताको भुमरीमा […]