कोरोनाको तेस्रो लहर र अर्थतन्त्र

सन् २०२० मा कोरोना महामारी शुरू भएलगत्तै विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) र सरोकारका विज्ञहरूले कोरोना महामारी अबका केही वर्ष हामीबीचमै रहने बताएका थिए । कोरोना महामारीका २ वर्षलाई फर्किएर हेर्दा जनजीवन एक प्रकारले कोरोनासँगै बाँच्न अभ्यस्त भइसकेको भान हुन थालेको छ । स्मरण हुन्छ, शुरुआति दिनमा वीरगञ्जका एकजना व्यवसायीलाई भारतको पटनास्थित अस्पतालमा उपचारका क्रममा कोरोना संक्रमण पुष्टि भएको हल्लामात्रै नेपालमा त्रास फैलाउन पर्याप्त भइदिएको थियो । सञ्चारमाध्यममा ब्रेकिङ समाचार र त्यसमा आम चासो हेर्दा लाग्थ्यो–मानौं, ठूलै प्रलय आउँदै छ । बितेको २ पटकको कोरोना लहरका कमजोरीलाई सच्याउने सन्दर्भमा सरकार त्यति गम्भीर हुन सकेको छैन । दोस्रो लहरको समयमै सिमानामा बनाउन लागिएका होल्डिङ सेन्टर तेस्रोपटक महामारी शुरू भइसक्दा पनि पूरा हुन सकेका छैनन् । आज एकैघरमा, एउटै कोठामा कोरोना संक्रमित सँगै भएर पनि दैनिकी असामान्य लाग्न छोडिसकेको छ । यसको अर्थ, कोरोना महामारी केही पनि होइन भन्ने होइन । यो चाहिँ सत्य हो कि, एक समय कोरोनाको त्रासले आप्mनै घरको भित्तो र ढोका छुन डराउने मानिस आज संक्रमितको हेरचाह गर्नसमेत अभ्यस्त भइसकेको छ । यसबीचमा यो महामारीका बारेमा थुप्रै भ्रममात्र चिरिएका छैनन्, यसका विरुद्धमा खोप र यसको उपलब्धतामा सोचेभन्दा चाँडो प्रगति भएको छ । यसले मानिसको आत्मबल बढेको छ । यो २ वर्षको अवधिमा कोरोना महामारीका बारेमा जति खोज र अनुसन्धानहरू अपेक्षित सफल भए, तीनले कोरोनाकै बीचमा पनि दैनिकीलाई अघि बढाउन अभ्यस्त बनायो । दैनिकी सोचेभन्दा चाँडै सहज हुन गयो । अहिले कोरोनाको तेस्रो लहर चलिरहेको छ । तेस्रो लहर शुरू नहुँदै कतिपय देशमा त चौथो लहर शुरू भइसकेका समाचार पनि आइसकेका छन् । यसको अर्थ के भने भाइरसको नयाँनयाँ भेरियन्टले जनजीवनलाई दुःख दिइरहेको छ । कोरोना महामारीले सामाजिकमात्र होइन, आर्थिक दैनिकीलाई पनि उत्तिकै मार पारेको छ । भनिन्छ, मानिस रोगले त मर्छ नै, त्यो भन्दा गाह्रो भोकले पार्छ । स्वास्थ्य संकटले निम्तिने आर्थिक विपत्ति झन् दयनीय हुन्छ । विश्व बैंक, अन्तरराष्ट्रिय मुद्राकोषजस्ता संस्थाहरूले कोरोना महामारीका कारण विश्वको अर्थतन्त्रमा पर्ने असरका बारेमा आआफ्नै प्रक्षेपणहरू सार्वजनिक गरिरहेका हुन्छन् । ती तथ्यांकीय प्रक्षेपणको तात्पर्य सरोकारका देश र त्यहाँको सत्ता सञ्चालकले कोरोना महामारीको असरको प्रतिवादका लागि आवश्यक नीति र कदम चालेर अर्थतन्त्रलाई धराशयी हुनबाट जोगाओस् भन्ने नै हो । हुन पनि अबको कही सयम कोरोना कुनै न कुनै स्वरूपमा हामीबीचमै रहने निश्चित भइसकेको छ । आर्थिक र सामाजिक दिनचर्यालाई ठप्प पार्दा झन् ठूलो समस्या निम्तिने निश्चित छ । यो तथ्यबीच अब कोरोनाको तेस्रो लहरबाट हाम्रो अर्थसामाजिक दैनिकीलाई कसरी अगाडि बढाउने भन्ने मूल प्रश्न हो । यतिबेला कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । हाम्रो आर्थिक र सामाजिक दैनिकी भारतसित प्रत्यक्ष रूपमा जोडिएको छ । भारतमा अहिले दैनिक संक्रमितको संख्या २ लाखको हाराहारीमा छ । खुला सिमाना हुनुका कारण त्यता संक्रमण बढ्दा त्यसको बाछिटा नेपालमा नपर्ने कुरै भएन । हामीकहाँ पनि यो ग्राफ उकालो लागिरहेको छ । कोरोनाका कारण भारतमा आर्थिक गतिविधि अवरुद्ध हुँदा यहाँको माग, आपूर्ति र उत्पादनमा अप्रत्यक्ष प्रभाव आउने नै भयो । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्व अर्थतन्त्र खुम्चिने अनुमान विश्व बैंकले गरेको छ । ‘विश्व अर्थतन्त्रको परिदृश्य प्रतिवेदनमार्फत विश्व बैंकले कोरोनाको कारण विश्वको अर्थतन्त्र सन् २०२३ सम्म नै प्रभावित हुने अनुमान गरेको छ । हामीकहाँ पनि यो महामारीको प्रभाव अवश्य पर्ने छ । सरकारले चालू आर्थिक वर्ष २०७८/७९ मा ७ प्रतिशत आर्थिक वृद्धि हुने दाबी गरिरहेको बेला विश्व बैंकले ३ दशमलव ९ प्रतिशतमात्रै हुने बताएको छ । आगामी वर्ष पनि यो आँकडा ४ दशमलव ७ प्रतिशतभन्दा माथि नजाने दाबी विश्व बैंकको छ । सरकारका अर्थमन्त्री भने ७ प्रतिशतको आर्थिक वृद्धि भइछाड्ने बताउन छोडेका छैनन् । तर, सरकारको आर्थिक सल्लाहकार मानिएको केन्द्रीय बैंकले आर्थिक वृद्धि ४/५ प्रतिशतबाट उकालो नलाग्ने अनुमान गरिसकेको अवस्था छ । बितेको २ वर्षमा पनि नेपालले लक्ष्यमा राखेको आर्थिक वृद्धि हात पार्न सकेन । आर्थिक वर्ष २०७७/७८ मा १ दशमलव ८ प्रतिशतमा सीमित भएकोमा आर्थिक वर्ष २०७६/७७ मा त नेपालको अर्थतन्त्र २ दशमलव १ प्रतिशतले ऋणात्मक भयो । महामारीका कारण आर्थिक माग र आपूर्तिसँगै असमानताको खाडल पनि निकै फराकिलो हुने अनुमान गरिएको छ । चालू आर्थिक वर्षको शुरुआती ५ महीनाका आर्थिक सूचकहरूको कमजोर अवस्था, खाद्यान्न (धान) उत्पादनमा आएको कमी, बेमौसमी वर्षा, कमजोर पूँजीगत खर्च र यसैबीचमा कोरोना महामारीले ल्याउने असहजताले आर्थिक वृद्धि उकालो लाग्नेमा आशावादी हुने ठाउँ भने देखिएको छैन । यस्ता समस्याहरूलाई न्यूनीकरण गर्न सरकारको भूमिका महत्त्वपूर्ण हुन्छ । कोरोना महामारीबाट जनताको जीवनलाई जोगाउँदै आर्थिक जीवनलाई कसरी गति दिने भन्ने विषय सरकारको अग्रसरता, रचनात्मक शैली र भूमिकामा भर पर्ने कुरा हो । अहिले पनि सरकार बितेको दुईपटकको कोरोना लहरमा देखिएका कमजोरीलाई सच्याउने सन्दर्भमा सरकार त्यति गम्भीर हुन सकेको छैन । यतिसम्म कि, दोस्रो लहरको समयमै सिमानामा बनाउन लागिएका होल्डिङ सेन्टर तेस्रोपटक महामारी शुरू भइसक्दा पनि पूरा हुन सकेको छैनन् । माथि नै उल्लेख भइसक्यो, भारतमा कोरोना बढ्दा नेपाल त्यसबाट अछुतो हुँदैन । कोरोनाको ओमिक्रोन भेरियन्ट यसअघिको डेल्टाभन्दा दोब्बर बढी संक्रामक भनिएको छ । भारतबाट आउनेहरूको सिमानामा स्वास्थ्य परीक्षण नाममात्रको छ । सिमानामा खटिने कर्मचारी नै संक्रमित भएका समाचार आएका छन् । दैनिक हजारौं मानिस आवागामन हुने सिमानामा सयको संख्यामा परीक्षण छ, त्यो पनि संक्रमित देखिएमा त्यसको व्यवस्थापनमा कठिनाइ छ । संक्रमित समुदायमा गइरहेका छन्, संक्रमण फैलाइरहेको छ । रोकथाम र उपचारमा पहिलेको तुलनामा पूर्वाधार सुधार भए पनि पर्याप्त छैन । संक्रमित ह्वात्तै बढे भने यसअघिभैंm सास फेर्न एक सिलिन्डर अक्सिन नपाएर ज्यान जाने अवस्था नआउला भन्न सकिँदैन । कोरोना उपचार र रोकथामको प्रभावकारी व्यवस्थापनको सरोकार यसबाट हुने आर्थिक क्षति न्यूनीकरणको उपायसित जोडिएको हुन्छ । बितेका २ वर्षमा सरकारले निषेधलाई महामारी नियन्त्रणको सहज उपाय बनायो । कुनै रणनीतिविना जनतालाई घरभित्र थुनेर, आर्थिक गतिविधिलाई ठप्प पारेर कोरोना नियन्त्रण हुन सक्दैन भन्ने त विगत अनुभवले पनि प्रमाणित गरिसकेकै छ । स्मरण हुन्छ, पहिलो बन्दाबन्दी र निषेधाज्ञा सरकारले कोरोना महामारी नियन्त्रण भएका कारण हटाएको थिएन । जनताले प्रतिवाद गर्न थालेपछि सरकार पछि हटेको थियो । दोस्रो लहरमा बन्दाबन्दी नभनिए पनि अधिकांश जिल्लामा निषेधाज्ञा थियो । त्यसले नियन्त्रणमा खासै उपलब्धि देखाउन सकेको होइन । बरु, यो उपायले आर्थिक सरोकारहरूलाई घुँडा भने टेकाएको थियो । कोरोनाको तेस्रो लहरसम्म आइपुग्दा आम जनतामा पनि यसबारेमा तुलनात्मक बढी जानकारी पुगिसकेको छ । सतर्कताका उपायहरूलाई प्रभावकारी रूपमा अपनाएर अब कोरोनासँगै अघि बढ्नुको विकल्प छैन । कोरोना संक्रमण बढी भएका क्षेत्रमा केही समयका लागि निषेध गर्न पनि सकिन्छ । तर, निषेधलाई नै जिम्मेवारीबाट उम्किने सहज उपाय भने बनाइनु हुँदैन । अघिल्ला वर्षहरूमा बन्दाबन्दी र निषेधाज्ञाका कुराहरू बढी हुन्थे । अहिले स्मार्ट बन्दाबन्दीका सुझावहरू आइरहेका छन् । कोरोनाविरुद्ध पर्याप्त सावधानी अपनाएर दिनचर्यालाई अघि बढाउने उपायमा केन्द्रित हुन सकेमात्रै आर्थिक र सामाजिक दिनचर्यालाई कोरोना प्रकोपबाट सुरक्षित राख्न सहज हुनेछ । ठाकुर वीरगञ्ज उद्योग वाणिज्य संघका पूर्वउपाध्यक्ष हुन् ।

सम्बन्धित सामग्री

नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

कञ्चनपुरमा कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी

कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्वतयारी थालिएको छ ।  मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ ।  प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र  स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । 'सीमा नाका भएर आउने व्यक्तिलाई  हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ', उनले भने, 'स्थानीय तह र अन्य संघसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थ...

कोरोनाको तेस्रो लहर यही महिनाबाट

कोरोना संक्रमणको तेस्रो लहर कहिले आउला भनी अहिले व्यापक आँकलन गर्न थालिएको छ। छिमेकी देश भारतमा यही महिनाबाट कोरोनाको तेस्रो लहर आउने अनुमान गरिएको छ।

कोरोनाको तेस्रो लहर रोकथामको योजनामा सुदूरपश्चिम सरकार

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजना बनाउनका लागि कार्य अगाडि बढाएको छ।कोरोनाको तेस्रो लहर रोकथामका लागि अपनाउनुपर्ने सावधानीसँगै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धिका लागि कार्य अगाडि बढाउन लागेको हो।त्यसका लागि सम्बन्धित निकायसँग समन्वयात्मक बैठकको आयोजना गरी सुझाव लिने कार्य भइरहेको छ। नयाँ आर्थिक वर्ष शुरुवात भएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरानाको पहिलो र दोस्रो लहरमा गरिएको तयारी र सम्पादन गरिएका कार्यहरुको समीक्ष

कोरोनाको तेस्रो लहर सेप्टम्बरदेखि अक्टोबरसम्म, गति दोस्रो लहरको भन्दा बढी हुने

एजेन्सी, ८ असार । भारतमा कोरोनाको तेस्रो लहर सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने दाबी गरिएको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको भारतमा फेरी तेस्रो लहरको पुर्वानुमान गर्दै सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने आईआइटी कानपुरले दाबी गरेको हो । आइआइटी कानपुरका प्रोफेसर राजेश रन्जन र उनको टिमले गरेको अध्यययनबाट यस्तो पुर्वानुमान गरेको गरिएको हो […]

स्वास्थ्य विज्ञहरुको चेतावनी– भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ

समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।

के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ?

काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।

के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ?

काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।

कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता

धनगढी । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन् । भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण भयावह रुपमा फैलिएपछि कैलालीसहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाले सर्तकता अपनाउन आग्रह गरेका हुन् । भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले […] The post कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.