इन्डियन प्रिमियर लिग (आइपिएल)को दोस्रो फेज आइतबारदेखि सुरू हुँदै छ। गत मे मा भारतमा कोरोना महामारीको दोस्रो लहर सुरू भएसँगै २९ खेल खेलेर प्रतियोगिता स्थगित गरिएको थियो। स्थगित गरिएको प्रतियोगिता आइतबारदेखि युएईमा हुनेछ। बाँकी रहेका सबै ३१ खेल अब युएईमै हुने छन्।प्रतियोगितालाई कोरोनाबाट जोगाउन बिसिसिआईले कडा नियम लागु गरेको छ। लिगका दौरान इमर्जेन्सी मेडिकल सर्भिस, स्पोर्टस् मेडिसिन सर्भिस, स्पेशलिस्ट टेली कन्सल्टेशन, डाक्डर अन कल, एम्बुलेन्स, एयर एम्बुलेन्सजस्ता सर्भिसका लागि युएईको भिपिएस हेल्थक