काठमाडौं । कोरोना भाइरसको संक्रमणले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजकुमार केसीको निधन भएको छ । महानगरी प्रहरी परिसर काठमाडौंमा कार्यरत डीएसपी केसीको नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा बुधबार राति निधन भएको हो । कोरोना संक्रमण देखिएपछि डीएसपी केसीलाई केही दिनअगाडि नेपाल प्रहरी अस्पतालमा भर्ना गरिएको थियो ।
The post कोरोना संक्रमणले डीएसपी केसीको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.