माहुरी (मौरी) आफ्नो जीवनमा कहिल्यै सुत्दैन ।
यो जीव यति धेरै मेहनती हुन्छ कि एक थोपा मह खोज्न लगभग १० किलोमिटर टाढासम्म जान्छ ।
पहिले–पहिले जंगल तथा भीरपाखामा माहुरीको गोला देखिन्थ्यो । अचेल मानव बस्ती धेरै बढेकाले त्यो देख्न असम्भव जस्तै भएको छ ।
मानव जीवनको एक मुख्य अंगजस्तै मानिने माहुरीका बारेमा केही रोचक तथ्य :
– पृथ्वीमा करिब २० हजारभन्दा बढी प्रजातिका माहुरीहरू पाइन्छन् । तर, ४ प्रजातिले मात्रै मह बनाउँछन् ।
– एउटा घारमा लगभग २० देखि ६० हजा...