दुई विद्यालय भवन हस्तान्तरण

काठमाडौं– भारतीय राजदूतावासले दुई विद्यालय भवन हस्तान्तरण गरेको छ । नेपाल–भारत विकास सहकार्य कार्यक्रमअन्तर्गत भारतको ५.५२३ करोड रुपैयाँ अनुदान सहयोगमा विद्यालय भवन निर्माण भएको हो । निर्माण भएको भवनमा सर्केगाड गाउँपालिकास्थित सरस्वती माध्यमिक विद्यालयका लागि निर्मित विद्यालय भवन र चंखेली गाउँपालिकास्थित महादेव माध्यमिक विद्यालयका लागि ल्याब र पुस्तकालय रहेका छन् । उक्त नवनिर्मित भवन विभिन्न […]

सम्बन्धित सामग्री

नवनिर्मित विद्यालय भवन हस्तान्तरण नहुँदै जीर्ण

सिमकोट (हुम्ला), ११ चैत । सिमकोट गाउँपालिका–४ हिल्दुम गाउँमा निर्मित बालविकास आधारभूत विद्यालयको भवन हस्तान्तरण नहुँदै जीर्ण भएको छ । निर्माण कम्पनीले काम पूरा गरेको भए पनि उपभोक्ता समितिबाट ६५ हजार नपाउँदा भवन हस्तान्तरण हुन सकेको छैन । भवन निर्माण भएको छ वर्ष पूरा भएको छ । विसं २०७५ मा १० लाखमा निर्माण पूरा भएको […]

नेपाल बैंकद्वारा विद्यालय भवन हस्तान्तरण

नेपाल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बारामा विद्यालय भवन बनाउन सहयोग गरेको छ । बैंकको सहयोगमा परवानीपुर गाउँपालिका–४ स्थित चैनपुरमा निर्माण भएको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालय भवन हस्तान्तरण भएको हो । उक्त भवन नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारी तथा परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्रीप्रसाद कुर्मीले संयुक्त रुपमा ताम्रपत्र अनावरण गरी हस्तान्तरण गरे । […]

विद्यालय भवन हस्तान्तरण

धुलिखेल, १३ वैशाख । बेथानचोक गाउँपालिकाको कामीडाँडास्थित कपेर आधारभूत विद्यालयको भवन हस्तान्तरण गरिएको छ । विसं २०७२ को गोर्खा भूकम्पले सो विद्यालय भवन क्षतिग्रस्त भएको थियो । करिव रु एक करोड २७ लाख ८० हजार लागतमा सो विद्यालय भवन पुनःनिर्माण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीमबहादुर तामाङले जानकारी दिए । बेथानचोक गाउँपालिकाका अध्यक्ष भगवान अधिकारीले […]

विद्यालय भवन हस्तान्तरण

लमजुङ, २ चैत । समाजसेवी कालिका दवाडी र मुक्तिनाथ दवाडीले दूधपोखरी गाउँपालिका–२ विचौरस्थित श्री बागीश्वरी माध्यामिक विद्यालयलाई आफ्नो निजी खर्चमा निर्माण गरिएको भवन हस्तान्तरण गरेका छन् । आफ्ना बुबाआमाको स्मृतिमा रु ३० लाखको लागतमा निर्माण गरिएको दुईतले चारकोठे चूडामणि रुक्मिणा दवाडी स्मृति भवन तथा कम्प्युटर प्रयोगशाला भवन एक समारोहबीच उनीहरुले हस्तान्तरण गरेको हो । विसं […]

भारतीय सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

सर्लाहीको बलरा नगरपालिकामा भारत सरकारको आर्थिक सहयोगमा ५ करोडको लागतमा निर्मित विद्यालयको भवनको उदघाटन गरिएको छ । बलरा नगरपालिका–४ स्थित रामसखी मोहित सिंह माध्यमिक विद्यालयको नवनिर्मित भवनलाई भारतीय महावाणिज्य दूतावास, वीरगन्जका महावाणिज्यदूत नितेश कुमार, जिल्ला समन्वय समिति, सर्लाहीका सभापति कौशलकिशोर सिंह, बलरा नगरपालिकाको मेयर रामाशंकर कुशवाहाले उद्घाटन गरेको गरेका हुन । विद्यालयका प्रधानाध्यापक विरेन्द्र झाले […]

भूकम्प प्रतिरोधी बालमैत्री विद्यालय भवन हस्तान्तरण

बझाङ : जिल्लाको केदारस्युँ गाँउपालिका र जयपृथ्वी नगरपालिकाका केही विद्यालयहरुमा बालमैत्री तथा भूकम्प प्रतिरोधात्मक विद्यालय भवनहरु निर्माण गरिएका छन्।वर्ल्ड भिजन इन्टरनेशनल र प्रगतिशील युवा समाजको साझेदारी, स्थानीय सरकारको समन्वय र स्थानीयहरुको सहयोगमा भवन अभाव भएका विद्यालयमा बालमैत्री र भूकम्प प्रतिरोधात्मक २ कोठे भवनहरु निर्माण गरिएका हुन्।जयपृथ्वी नगरपालिका वडानम्बर ८ मा रहेको जालपा आधारभूत विद्यालय जोशीगाँउ, नवादेउ आधारभूत विद्यालय ग्वानी, युवा वर्ष आधारभूत विद्यालय सेला

सुर्खेतको गुर्भाकोटमा सेनाद्वारा विद्यालय भवन हस्तान्तरण

सुर्खेत : नेपाली सेनाले गुर्भाकोट नगरपालिका–१४ कृष्णनगरस्थित जन संयुक्त आधारभूत विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गरेको छ । सेनाको सुर्खेतस्थित पश्चिम कमाण्ड हेडक्वार्टरद्वारा निर्मित विद्यालय भवन आज नगरपालिकालाई हस्तान्तरण गरिएको हो । सेनाको रु २८ लाख ९१ हजार तथा बाँकी रकम नगरपालिका लगायतले बेहोरेपछि चार कोठे भवन निर्माण भएको हो । विसं २०५२ मा स्थापना भएको […]

रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा निर्मित विद्यालय भवन हस्तान्तरण

१५ पुस, काठमाडौं । रोटरी क्लब अफ बानेश्वरको अगुवाइमा सोलुखुम्बुमा निर्माण गरिएको एक विद्यालय भवन हस्तान्तरण गरिएको छ । एक समारोहको आयोजना गरी सोलु दूधकुण्ड नगरपालिका-१, नुनथलास्थित टाक सिन्धु सेकेण्डरी स्कुललाई सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको हो । क्लबका अध्यक्ष महेन्द्रराज भुसालले वडाध्यक्ष छोङ्मा लामा शेर्पाको उपस्थितिमा १ लाख ६९ हजार ७०० अमेरिकी […]

सिप्रदीयन सहायता संस्थाको सहयोगमा पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङ प्रा.लि.को सामाजिक उत्तरदायित्व विङ– सिप्रदीयन सहायता संस्थाको सहकार्यमा निर्मित विद्यालय भवन हस्तान्तरण गरिएको छ । चौतारा साँगाचोकगढी नगरपालिका– ११, सिन्धुपाल्चोकको नवनिर्मित जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको हो । उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी गु्रपका महाप्रबन्धक...

सिप्रदीयन सहायता संस्थाले गर्‍यो सातौं पुनर्निर्मित विद्यालय भवन हस्तान्तरण

मंसिर ७, काठमाडौं । टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदी ट्रेडिङको सामाजिक उत्तरदायित्व विङ–सिप्रदीयन सहायता संस्थाको सहकार्यमा चौतारा साँगाचोकगढी नगरपालिका–११, सिन्धुपाल्चोकको नव निर्मित श्री जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ ।  उक्त विद्यालय भवनकोे टाटा सस्टेनेबिलिटी ग्रुपका महाप्रबन्धक श्रीरङ्ग धवले, सिप्रदीयन सहायता संस्थाका वरिष्ठ उपाध्यक्ष शम्भुप्रसाद दाहाल र चौतारा साँगाचोकगढी नगरपालिकाका प्रमुख अमानसिं तामाङले उद्धघाटन गरेका हुन् । नेपाल भूकम्प पुनस्र्थापना परियोजनाको एक हिस्सा स्वरूप टाटा कम्युनिटी इनिसीयटिभ ट्रष्टको आर्थिक सहयोग र टाटा ट्रस्ट तथा सिप्रदीयन सहायता संस्थासँगको साझेदारीमा वि.स.२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त भएका सातओटा विभिन्न विद्यालयहरूको पुनर्निर्माण गरिएको छ ।  श्री शारदा माध्यमिक विद्यालय, श्री जाल्पादेवी माध्यमिक विद्यालय, श्री मार्मिङ माध्यमिक विद्यालय, श्री थापीनारायण आधारभूत विद्यालय, श्री कोदारी माध्यमिक विद्यालय तथा श्री जनज्योति आधारभूत विद्यालयको पुनर्निर्माणसँगै सातओटै विद्यालयको हस्तान्तरण गरिएको हो ।  अरु हस्तान्तरण भइसकेका विधालय भवनहरु जस्तै श्री जनज्योति आधारभूत विद्यालय पनि भूकम्प प्रतिरोधी आधुनिक संरचनामा पुनर्निर्माण गरिएकोे जानकारी दिइएको छ ।    हस्तातन्तरण समारोहमा सिप्रदीयन सहायता संस्थाका सह–सचिब प्रभाकर मुनंकर्मी, सिप्रदीयन सहायता संस्थाका रजत श्रेष्ठ, विनोद बहादुर सिंह, विमल गौतम, रबिन श्रेष्ठ, नेपाल पत्रकार महासंघका केन्द्रीय प्रतिनिधि परिषदका सदस्य ज्ञानेन्द्र प्रसाद तिमिल्सिना, स्काई लाइन आर्किटेक र निर्माण कम्पनी टक्सार अवालेको पनि उपस्थिति रहेको थियो ।