फिलिपिन्सले ४० हजार चिनियाँ कामदारलाई देश निकाला गर्दै

फिलिपिन्सले १७५ अपतटीय फर्महरूको सञ्चालन रोक्ने र लगभग ४० हजार चिनियाँ कामदारहरूलाई देश निकाला गर्ने भएको छ। फिलिपिन्सको न्याय मन्त्रालयका एक अधिकारीले सोमबार भने कुख्यात अपारदर्शी अनलाइन गेमिङ उद्योगलाई प्रतिबन्ध लगाउनका लागि कडा कदम चाल्ने जनाएका छन्।

सम्बन्धित सामग्री

३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्