मेगा म्युचुअल फण्ड–१ को धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य कम

पुस १५, काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले मंसिर महीनामा धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिशन सहित रू. ६२ करोड ९१ लख ३६ हजार रहेको छ ।  योजनाले बिहीवार सार्वजनिक गरेको यस अवधिसम्मको खुद सम्पत्ति मूल्य सम्बन्धी विवरणमा यस्तो देखिएको हो । योजनाले धितोपत्रमा गरेको लगानीको बजारमूल्य भने रू. ५६ करोड ३६ लाख ३९ हजार मात्र रहेको छ ।  योजनाले गरेको लगानीको परल मूल्यभन्दा बजार मूल्य कम रहेको हो । यो महीना योजनाको बैंक मुद्दती निक्षेपमा रू. १२ करोड ५० लाख रहेको छ । योजनाको प्रति इकाई खुद सम्पत्ति मूल्य यो महीना रू. ९ दशमलव ४३ रहेको छ ।  कात्तिक महीनामा योजनाको यो मूल्य रू. १० दशमलव ११ रहेको थियो । यो महीना जम्मा आम्दानी ऋणात्मक हुँदा योजनाले रू. ७ करोड ११ लाख २ हजार नोक्सानी व्यहोरेको छ ।  कात्तिक महीनामा रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गर्दा योजनाले रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको थियो । मंसिर महीनामा योजनाको खर्च पनि बढी भएको छ । कात्तिक महीनामा रू. १ करोड १८ लाख ४१ हजार खर्च गरेको योजनाले मंसिर महीनामा रू. १ करोड ३५ लाख ३५ हजार खर्च गरेको हो । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजना यसै वर्षको भदौ २३ गतेदेखि सञ्चालनमा आएको हो । यो योजना २०८८ भदौ २२ गते परिपक्व हुनेछ ।

सम्बन्धित सामग्री

भदौमा मेगा म्युचुअल फण्ड–१ को प्रति इकाई खुद मूल्य घट्यो

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ को खुद सम्पत्ति इकाई मूल्य भदौमा घटेको छ । साउन मसान्तसम्म ८ रूपैयाँ ८३ पैसा रहेको योजनाको प्रति इकाई खुद मूल्य भदौ मसान्तसम्म भने ८ रूपैयाँ ६३ पैसा रहेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्य सहित सञ्चालित यस योजनाले भदौ मसान्तसम्म बैंक मुद्दती निक्षेप सहित धितोपत्रमा गरेको लगानीको परलमूल्य १ अर्ब १८ करोड ५ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको बजारमूल्य भने ९० करोड ७७ लाख रूपैयाँभन्दा बढी रहेको छ । योजनाले गरेको लगानीको परलमूल्य भन्दा बजारमूल्य कम रहेको छ । योजना भदौ मसान्तसम्म ३ करोड ४४ लाख रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको छ । साउन मसान्तसम्मको तुलनामा योजनाको नोक्सानी बढेको हो । साउन मसान्तसम्म योजना ९७ लाख ५९ हजार रूपैयाँभन्दा बढी नोक्सानीमा रहेको थियो । रिपोट हेर्न यहाँ क्लिक गर्नुहोस

मेगा म्युचुअल फण्ड-१ को नोक्सानी बढ्यो

काठमाडौं । मेगा म्युचुअल फण्डअन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड-१ को नोक्सानी चैत महीनाको तुलनामा वैशाख महीनामा बढेको छ । चैत मसान्तसम्म रू. ४ करोड १४ लाखभन्दा बढी नोक्सानीमा रहेको योजना वैशाख मसान्तसम्म रू. ७ करोड ५ लाखभन्दा बढी नोक्सानीमा रहेको हो । योजनाको जम्मा आम्दानी वैशाख मसान्तसम्म रू. ५ करोड ४८ लाखभन्दा बढी ऋणात्मक छ । यो रकम चैत मसान्तसम्म रू. २ करोड ७२ लाखभन्दा बढी ऋणात्मक थियो । जम्मा आम्दानी ऋणात्मक रकम वैशाखमा बढ्दा नोक्सानीसमेत बढेको हो । साथै योजनाको खर्चसमेत वैशाखमा बढेको छ । चैत मसान्तसम्म रू. १ करोड ४१ लाखभन्दा बढी खर्च गरेको योजनाले वैशाख मसान्तसम्म रू. १ करोड ५७ लाखभन्दा बढी खर्च गरेको हो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य वैशाख मसान्तसम्म रू. ८ दशमलव शून्य ८ कायम भएको छ । यो मूल्य चैत मसान्तसम्म रू. ८ दशमलव ३१ रहेको थियो । धितोपत्रमा लगानी गर्ने प्रमुख उद्देश्यसहित सञ्चालित यस योजनाले वैशाख मसान्तसम्म धितोपत्रमा गरेको लगानीको परलमूल्य धितोपत्र दलाल कमिसन र कारोबार शुल्कसमेत रू. १ अर्ब १६ करोडभन्दा बढी रहेको छ । कम्पनीले गरेको लगानीको कुल मूल्य भने रू. ९७ करोड ५६ लाखभन्दा बढी छ । कुल लगानीमा योजनाले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यो योजना २०७८ साल भदौ २३ गतदेखि सञ्चालनमा रहेको छ । योजना सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो । रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

माघ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ ले कमायो १ करोडभन्दा बढी नाफा

काठमाडौं । मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ ले माघ मसान्तसम्म रू. १ करोड ५ लाखभन्दा बढी नाफा गरेको छ । फण्डले सार्वजनिक गरेको मासिक खुद सम्पत्ति मूल्य सम्वन्धि वित्तीय विवरण अनुसार पुस मसान्तसम्मको तुलनामा नाफामा वृद्धि भएको हो । पुस मसान्तसम्म फण्डले रू. ३३ लाख ३५ हजार मात्र नाफा गरेको थियो ।  माघ महीनामा फण्डको आम्दानी बढेकाले नाफामा वृद्धि भएको हो । पुस मसान्तसम्म रू. १ करोड २८ लाखभन्दा बढी मात्र आम्दानी गरेको फण्डले माघ मसान्तसम्म रू. २ करोड १५ लाखभन्दा बढी आम्दानी गरेको हो । खर्च रकम पनि यो महिना बढेको छ । पुस मसान्तसम्म रू. ९४ लाख ९७ हजार खर्च गरेको फण्डले माघ मसान्तसम्म भने रू. १ करोड १० लाखभन्दा बढी खर्च गरेको हो । फण्डको प्रतिइकाई खुद सम्पत्ति मूल्य माघ महीनामा बढेर रू. ८ दशमलव ७३ कायम भएको छ । पुस मसान्तसम्म यो मूल्य रू. ८ दशमलव ६७ रहेको थियो । पुस मसान्तसम्म रू. १ अर्ब ८ करोडभन्दा बढी रहेको खुद सम्पत्ति माघ मसान्तसम्म रू. १ अर्ब ९ करोडभन्दा बढी रहेको छ । धितोपत्रमा लगानी गर्ने प्रमुख उदेश्यसहित सञ्चालित यस फण्डले माघ मसान्तसम्म धितोपत्र दलाल कमिशन, कारोबार शुल्कसमेत धितोपत्रमा गरेको लगानीको परलमूल्य रू. १ अर्ब १२ करोड ५० लाखभन्दा बढी छ । फण्डले धितोपत्रमा गरेको लगानीको परलमूल्यको तुलनामा बजारमूल्य भने कम रहेको छ । माघ मसान्तसम्म फण्डको धितोपत्रमा भएको लगानीको बजारमूल्य भने रू. ९१ कराड ५४ लाखभन्दा बढी रहेको छ । यस अवधिसम्म फण्डले बैंक मुद्दती निक्षेपमा रू. १० करोड लगानी गरेको छ । १० वर्षे अवधिको बन्दमुखी प्रकृतिको यस फण्ड २०७८ साल भदौ २३ गतेदेखि सञ्चालनमा रहेको छ । यस फण्ड सञ्चालनका लागि १२ करोड ५० लाख इकाई जारी गरिएको थियो ।

चैत मसान्तसम्मा मेगा म्युचुअल फण्ड - १ को एनएभी घट्यो, वित्तीय अवस्था कस्तो ?

वैशाख १५, काठमाडौं । मेगा म्युचुअल फण्ड - १ ले चैत मसान्त्सम्मको खुद सम्पत्ति विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार फण्डको एनभएभी घटेको छ । फागुन मसान्तसम्ममा फण्डको एनएभी रू. ९दशमलव ९७ रहेकोमा चैत मसान्तसम्ममा घटेर रू. ९ दशमलव ४७ कायम भएको हो । फागुन महीनाको तुलनामा चैत महीनामा फण्डको नोक्सानी बढेको छ । फण्डले फागुन मसान्तसम्ममा रू.४० लाख २५ हजार नोक्सानीमा रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. ६ करोड ६१ लाख पुगेको हो । चैत महीनामा फण्डको खर्चमा वृद्धि भएको र जम्मा आम्दानी रू. ४ करोड ५० लाख ऋणात्मक रहेकाले नोक्सानी बढेको हो । फागुन मसान्तसम्ममा फण्डको कुल खर्च रू. १ करोड ९२ लाख रहेकोमा चैत मसान्तसम्ममा बढेर रू. २ करोड १० लाख पुगेको छ । उक्त फण्डको चैत मसान्तसम्ममा सूचीकृत तथा सूचीकृत नभएको शेयरमा गरेको लगानीको लागत मूल्य (धितोपत्र दलाल कमिशनसहित) रू.८८ रोड ७६ लाख रहेकोमा यसको बजार मूल्य रू. ८० करोड ३५ लाख रहेको छ ।

मेगा म्युचुअल फण्ड–१ कात्तिक मसान्तसम्ममा १ करोड ३९ लाखभन्दा बढी नाफामा

मंसिर १५, काठमाडौं । गत भदौ २३ गतेदेखि सञ्चालनमा आएको मेगा म्यचुअल फण्ड–१ ले कात्तिक मसान्तसम्ममा आकर्षक नाफा गरेको छ । असोज मसान्तसम्म रू. १५ लाख ३८ हजार नोक्सानीमा रहेको उक्त योजनाले कात्तिक मसान्तसम्म भने रू. १ करोड ३९ लाख ९१ हजार नाफा गरेको हो । कात्तिक मसान्तसम्म योजनाले रू. २ करोड ५८ लाख ३३ हजार जम्मा आम्दानी गरेको छ ।  यसमध्ये प्राप्त भइसकेको आम्दानी रू. ३३ लाख ७३ हजार र प्राप्त भइनसकेको आम्दानी रू. २ करोड २४ लाख ५९ हजार छ । असोज मसान्तसम्म योजनाको जम्मा आम्दानी रू. ६५ लाख १७ हजार मात्र थियो । आम्दानी बढेसँगै योजनाले नाफा गर्न सफल भएको देखिन्छ । आम्दानीसँगै योजनाको खर्च रकम पनि असोज मसान्तसम्मको भन्दा कात्तिक मसान्तसम्म बढी भएको छ ।  असोज मसान्तसम्म रू. ८० लाख ५६ हजार जम्मा खर्च गरेको योजनाले कात्तिक मसान्तसम्म रू. १ करोड १८ लाख ४१ हजार जम्मा खर्च गरेको हो ।  धितोपत्रमा लगानी गरी नाफा आर्जन गर्ने उदेश्यसहित सञ्चालनमा रहेको १० वर्षे अवधिको बन्दमुखी उक्त योजनाले कात्तिक मसान्तसम्म सूचीकृत र सूचीकृत नभएका शेयरमा धितोपत्र दलाल कमिशनसहित रू. २९ करोड १४ लाख ९० हजार लगानी गरेको छ ।  यो लगानीको बजारमूल्य भने सूचीकृत शेयरको रू. ३० करोड ११ लाख ३२ हजार र सूचीकृत नभएको शेयरको रू. १ करोड ५ लाख ४४ हजार छ । योजनाको धितोपत्रमा भएको लगानीको परलमूल्य भन्दा बजार मूल्य भने बढीनै रहेको छ । बैंक मुद्दती निक्षेपमा भने योजनाले रू. १२ करोड ५० लाख लगानी गरेको छ ।  उक्त योजना सञ्चालनका लागि मेगा क्यापिटल लिमिटेडले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य पनि असोज मसान्तसम्मको भन्दा वृद्धि भएको छ । असोज मसान्तसम्ममा रू. ९ दशमलव ९९ रहेको योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य कात्तिक मसान्तसम्ममा रू. १० दशमलव ११ कायम भएको छ ।

भदौ मसान्तसम्म मेगा म्युचुअल फण्ड–१ २९ लाखभन्दा बढी नोक्सानीमा

असोज १५, काठमाडौं । भदौ २३ गतेदेखि सञ्चालनमा रहेको मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित मेगा म्युचुअल फण्ड–१ भदौ मसान्तसम्ममा रू. २९ लाख ४४ हजार नोक्सानीमा रहेको छ ।  योजना सञ्चालनको पहिलो महीना योजनाको प्राप्त भइसकेको आम्दानी रू. ५४ हजार र प्राप्त भइनसकेको आम्दानी रू. ३० लाख ८३ हजार रहेको छ । जम्मा आम्दानी रू. ३१ लाख ३८ हजार भएको योजनाको जम्मा खर्च भने ६० लाख ८३ हजार भएको छ ।  यस महीना योजना निष्कासन तथा अन्य पूर्व सञ्चालन खर्च, योजना लेखा परीक्षण शूल्क, योजना व्यवस्थापन शूल्क, डिपोजीटरी शुल्क, कोष सुपरीवेक्षक शुल्क र बैंक शुल्कमा उक्त रकम खर्च भएको हो । आम्दानी भन्दा खर्च बढी भएकाले भदौ मसान्तसम्म योजनाले नोक्सानी व्यहोरेको हो ।  योजना सञ्चालनको पहिलो महीनामा योजनाको धितोपत्र दलाल कमिशन सहित कारोबार शुल्क समेत धितोपत्रमा लगानीको परल मूल्य रू. ५९ लाख ७७ हजार हजार रहेको छ । योजनाले धितोपत्रमा गरेको लगानीको परल मूल्यभन्दा बजारमूल्य बढी रहेको छ ।  भदौ मसान्तसम्म योजनाले सूचीकृत शेयरमा गरेको लगानीको बजारमूल्य रू. ३३ लाख ६९ हजार, सूचीकृत हुन बाँकी शेयरमा गरेको लगानीको बजार मूल्य रू. ५३ लाख ५४ हजार रहेको छ ।  यस अवधिसम्म योजनाले मुद्दती निक्षेपमा रू. ७ करोड लगानी गरेको छ । भदौ मसान्तसम्म योजनाको कुल सम्पत्ति रू. १ अर्ब २४ करोड ७६ लाख ८ हजार छ । यस योजनाले १२ करोड ५० लाख इकाई जारी गरेको थियो । भदौ मसान्तसम्म योजनाको प्रतिइकाई खुद सम्पत्ति मूल्य रू. ९ दशमलव ९८ रहेको छ ।