भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन  गरेको छ । कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो ।कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए । अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ । अघिल्लो वर्ष कार्यालयले रु तीन अर

सम्बन्धित सामग्री

हुलाकबाट एक करोड राजस्व सङ्कलन

नारायणगढ (चितवन), ३१ साउन । जिल्ला हुलाक कार्यालय चितवनले गत अर्थिक वर्ष २०७९/८० मा विभिन्न शीर्षकबाट एक करोड १३ लाख सात हजार सात सय ३६ राजस्व सङ्कलन गरेको छ । हुलाक टिकट, पोष्टबक्स दर्ता, एफएम सञ्चालन नवीकरण, भन्सार महसुललगायतका शीर्षकबाट कार्यालयले राजस्व सङ्कलन गरेको हो । कार्यालयका प्रमुख रमेश ज्ञवालीका अनुसार हुलाक सेवा शुल्कबाट  ८६ […]

तातोपानी नाकाबाट लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन

सिन्धुपाल्चोक, ४ साउन । चीनसँगको उत्तरी नाका तातोपानीबाट गत आर्थिक वर्षमा लक्ष्यभन्दा न्यून राजस्व सङ्कलन भएको छ । कुनैबेला रु पाँच खर्ब राजस्व सङ्कलन गरेर मुलुकको अर्थतन्त्रमा महत्वपूर्ण टेवा पु¥याएको तातोपानी भन्सार कार्यालयले २०७२ को भूकम्पपछि कम राजस्व सङ्कलन गर्दै आइरहेको छ । उक्त नाकाबाट गत आवमा रु चार अर्ब ६२ करोड राजस्व सङ्कलनको लक्ष्य […]

यातायात कार्यालयद्वारा २२ करोड राजस्व सङ्कलन

जनकपुरधाम । यातायात व्यवस्था कार्यालय जनकपुरधाम, धनुषाले आर्थिक वर्ष २०७८/७९ मा रु २२ करोड ३० लाख राजस्व सङ्कलन गरेको छ । मधेस प्रदेश सरकारले सवारी करमा लाग्ने जरिवाना छुट गरेपछि सो राजस्व सङ्कलन भएको हो । आर्थिक वर्ष २०७८/७९ रु ५५ करोड ५६ लाख राजस्व सङ्कलन भएको कार्यालय प्रमुख वीरेन्द्रकुमार साहले जानकारी दिए । आव […]

लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

काठमाडौँ,१० साउन । कञ्चनपुर भन्सार कार्यालयले लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न सकेको छैन । कार्यालयले आर्थिक वर्ष २०७८÷७९ मा लक्ष्यभन्दा रु ६ करोड ५५ लाख कम राजस्व सङ्कलन गरेको छ । कार्यालयलले गत आवमा रु ५२ करोड ७७ लाख राजस्व सङ्कलनको लक्ष्य राखेपनि रु ४६ करोड २२ लाख सङ्कलन भएको छ । कार्यालयले मूल्य अभिवृद्धि […]

बर्सेनि लक्ष्यभन्दा कम राजस्व सङ्कलन

काठमाडौँ । राजविराज भन्सार कार्यालयले गत आर्थिक वर्ष लक्ष्यको ६१.०४ प्रतिशत राजस्व सङ्कलन गरेको छ । तीलाठी कोइलाडी गाउँपालिका-१ बेल्ही स्थित भन्सार कार्यालयले आव २०७८/०७९ मा रु चार करोड १७ लाख ६४ हजार ९२ राजस्व सङ्कलन गरेको जनाएको छ । बर्सेनि कार्यालयले रु छ करोड ८४ लाख २० हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको थियो […]

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

काठमाडौँ,५ साउन । गत आर्थिक वर्षमा बागलुङमा झण्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार माताहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । […]

बागलुङमा एक वर्षमा सवा अर्ब राजस्व सङ्कलन

बलेवा । गत आर्थिक वर्षमा बागलुङमा झन्डै रु सवा एक अर्ब राजस्व सङ्कलन भएको छ । यहाँ रहेका सङ्घीय तथा प्रदेश सरकार मातहतका कार्यालयले मात्रै उक्त राजस्व सङ्कलन गरेका हुन् । बागलुङमा रहेको आन्तरिक राजस्व कार्यालयसहितका कार्यालयले विभिन्न शीर्षकमा रु एक अर्ब २१ करोड छ लाख १७ हजार ९७७ राजस्व सङ्कलन गरेका छन् । असार […]

पाँच महिनामा पाँच करोड राजस्व सङ्कलन

कञ्चनपुर । भीमदत्त नगरपालिकाले चालू आवको पाँच महिनामा रु पाँच करोड राजस्व सङ्कलन गरेको छ । आन्तरिक आयअन्तर्गत मात्रै उक्त राजस्व सङ्कलन गरिएको हो । नगरपालिकाका लेखा शाखा प्रमुख गोविन्द उपाध्यायले चालू आर्थिक वर्षको मङ्सिरसम्ममा उक्त राजस्व सङ्कलन भएको बताए । उनका अनुसार नगरपालिकाले वार्षिक रु ११ करोड आन्तरिक राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा ४५ […]

जुम्लामा ४० लाख राजस्व सङ्कलन

खलङ्गा । जिल्ला वन कार्यालय जुम्लाले जडीबुटी सङ्कलनबाट रु ४० लाख राजस्व सङ्कलन गरेको छ । यहाँका आठ स्थानीय तहबाट जडीबुटी व्यापारीबाट सो राजस्व सङ्कलन गरिएको हो । तातोपानी, गुठीचौर र पातारासी गाउँपालिका अरु स्थानीय तहभन्दा बढी जडीबुटी पाइने स्थानीय तहमा पर्छन् । विशेषगरी गुठीचौर र पातारासीका नागरिकको मुख्य आयस्रोतको माध्यम नै जडीबुटी सङ्कलन हो […]

१०१ प्रतिशत भन्सार राजस्व सङ्कलन

सरकारले लक्ष्य भन्दा बढी भन्सार राजस्व सङ्कलन गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ मा ४ खर्ब ४० अर्ब ८४ लाख भन्सार राजस्व सङ्कलन गर्ने लक्ष्य राखेको सरकारले लक्ष्यको १ सय १ प्रतिशत राजस्व सङ्कलन गरेको भन्सार विभागले जनाएको छ । भन्सार विभागका प्रवक्ता शिशिर ढुङ्गानाका अनुसार  गत वर्ष भन्सार राजस्व ४ खर्ब ४३ अर्ब २६ करोड ८४ लाख  भन्सार राजस्व उठाएको छ ।  सरकारले उठाउने राजस्वमा भन्सार राजस्वको योगदान बढी हुने गरेको छ ।