नेपालमा प्रत्येक महिनामा औषतमा करिव दुई अर्ब रुपैयाँको सुन भित्रने गरेको पाइएको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० को पहिलो चार महिनामा नेपालमा ७अर्ब९५करोड१८लाख ७२ हजार रुपैयाँको १ हजार ११६.ं५४ केजी सुन भित्रिएको छ। युनाइटेड अरब इमिरेट्स (युएई), टर्की र स्वीट्जरल्याण्डबाट नेपालमा सुन आउने गरेको छ। सो अवधिमा युएईबाट मात्र ६अर्ब रुपैयाँभन्दा बढीको सुन नेपालले आयात गरेको छ।