चितवनमा कोरोना संक्रमणको जोखिम कायमै

चितवनमा कोरोना सङ्क्रमणको ग्राफ ओरालो लाग्दै गएको भएपनि कोरोना संक्रमणको जोखिम भने कायमै रहेको छ । चितवनमा सक्रिय कोरोना संक्रमितको संख्या ५०० भन्दा माथि रहेको छ । सक्रिय संक्रमितको संख्या ५ सय माथि भएपनि अहिले विद्यालय र बजार पूर्णरुपमा खुलेका छन् भने चाडपर्व नजिकिदै गएकाले कोरोना संक्रमणको जोखिम कायमै रहेको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ ।शुक्रबारसम्म चितवनमा ५ सय ८५ जना सक्रिय कोरोना सङक्रमित रहेका छन् । जोखिम कायमै रहेको भएपनि पछिल्लो समय कोरोना संक्रमितको संख्या भने घट्दै गइरहेको छ । च