प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेटघाट, राष्ट्रिय मुद्दामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल

सदन सुरु गराउने विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको भेटका क्रममा सदन सुरु गराउनेलगायत अन्य महत्वपूर्ण...

सम्बन्धित सामग्री

ओलीलाई भेट्न बालकोट पुगे प्रधानमन्त्री देउवा

एमाले अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा स्वयं ओली निवास बालकोट पुगेका छन् । सत्ता गठबन्धनले ओलीसँग प्रधानमन्त्रीले नै वार्ता गर्नु पर्ने सुझाव दिएपछि देउवा आज शनिवार बिहान बालकोट पुगेका हुन् ।भेटमा प्रधानमन्त्री देउवाले एमालेलाई संसदको अवरोध हटाउन आग्रह गर्ने भएका छन् ।संसदको अवरोध हटाउने विषयमा सर्वदलीय बैठक बोलाउँदा समेत एमाले बैठकमा उपस्थित नभएपछि देउवा नै ओलीस्नागा वार्ता गर्न पुगेका हुन्  ।नेकपा एमालेले निरन्तर संसद अवरोध गर्दै आएको छ  । एमालेले माधव नेपाल सहितका सांसदलाई एमालेले कारवाही गर्दै पार्टीबाट निष्काशन गरेकोले पार्टीबाट निष्काशित सांसदको उपस्थितिमा संसद चल्न नहुने भन्दै संसद बैठक अवरोध गर्दै आएको छ ।यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र पौडेलले पनि बालकोट पुगेर एमाले अध्यक्ष ‌ओलीसँग छलफल गरेका थिए । तर सो छलफलले निकास दिन नसकेपछि देउवा आफै छलफल गर्न पुगेका हुन् ।

बालकोट पुगेर ओलीसँग प्रधानमन्त्री देउवाको भेट

२४ पुस, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बालकोट पुगेर भेटेका छन् । एमालेले प्रतिनिधिसभा बैठकमा निरन्तर अवरोध गरिराखेको छ । अवरोध हटाउने विषयमा सर्वदलीय बैठक डाक्दा समेत एमाले उपस्थित नभएपछि प्रधानमन्त्री देउवा छलफलका लागि ओली निवास बालकोट पुगेका हुन् । यसअघि सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय संयन्त्रका संयोजक रामचन्द्र […]

संसद् समस्या र एमसिसीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौंँ : प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री देउवाले आइतबार अपरान्ह ४ बजेका लागि सर्वदलीय बैठक बोलाएका प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। संघीय संसदमा जारी अवरोध हटाउने, अमेरिकी एमसिसीलगायत समसायिमक विषयमा छलफल गर्नको लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। शुक्रबार प्रधानमन्त्री देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच संसदमा भएको अवरोध हटाउने

सर्वदलीय बैठक बोलाउने देउवा–प्रचण्डको तयारी

न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा तथा अन्य पदाधिकारीलाई बधाई तथा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बालुवाटार पुगेका छन् । शुक्रबार प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भएको उक्त भेटमा सर्वदलीय बैठक बोलाउने विषयमासमेत छलफल भएको छ । प्रतिनिधि सभाको बैठक बस्नुअघि नै सर्वदलीय बैठक बोलाउने तयारी […]

देउवा–प्रचण्ड भेट : सर्वदलीय बैठक बोलाउने तयारी

प्रधानमन्त्री शेरबहादुर देउवाले सर्वदलीय बैठक बोलाउने भएका छन् । शुक्रबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटवार्तामा सर्वदलीय बैठक बोलाउने विषयमा छलफल भएको हो ।बालुवाटारमा भएको भेटवार्तामा संसदमा भइरहेको अवरोध हटाउन तथा एमसीसी लगायतका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएर अघि बढ्नुपर्ने विषयमा दुई नेता सहमत भएका हुन् । सोही छलफल अनुसार प्रधानमन्त्री देउवाले प्रतिनिधि सभाको अर्को बैठक पुस ६ अघि नै आइतबार वा सोमबार बैठक बोलाउने तयारी गरेको अध्य

संसद् चल्न नदिने रणनीतिमा एमाले

प्रमुख प्रतिपक्षी नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार बिहान बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ। संघीय संसद्को बैठक सञ्चालनमा एमालेले खडा गरेको अवरोध हटाउन छलफलका लागि प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएका हुन्। बैठक सहजरूपमा सञ्चालन गर्न संसदीय व्यवस्था मन्त्रीमार्फत गरेको पहल सार्थक नभएपछि प्रधानमन्त्री देउवाले निकास खोज्न सर्वदलीय बैठक बोलाए पनि सत्ताबाट बाहिरिनुपरेको कुण्ठा र आक्रोशका कारण एमाले अनुपस्थित भयो।  आफ्नै पार्टीका कारण साढे दुई महिनाअघि सत्ताच्युत भएका ए

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार

सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् ।बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् ।सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध

‘पोलिटिकल डेडलक’ तोड्न देउवा तयार, ओलीसँग वार्ता गर्न इच्छुक !

सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी कम गर्दै दुई पक्षबीच अल्झिएको राजनीतिक गाँठो फुकाउन प्रधानमन्त्री शेरबहादुर देउवा तयार देखिएका छन् । बिहीबार सर्वदलीय बैठक डाकेर सत्ता पक्ष र प्रतिपक्षबीचको दूरी घटाउने र संसद्देखि अन्य राष्ट्रिय राजनीतिक मुद्दामा अल्झिएको गाँठो फुकाउने प्रयास गरेका देउवाले त्यो प्रयासलाई अझै जारी राख्ने निष्कर्षमा पुगेका हुन् । सत्ता गठबन्धन आबद्ध राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले प्रधानमन्त्री देउवा प्रमुख प्रतिपक्षसँग संवाद गर्न तयार रहेको र आवश्यक परे एमाले अध्यक्ष केपी ओलीसँग एक्लै संवाद गरेर संसद्को अव...