काठमाण्डाै – सरकारले मधुकुमार मरासिनीलाई अर्थ मन्त्रालयको सचिवको जिम्मेवारी दिएको छ । यसअघि महालेखा नियन्त्रकको जिम्मेवारीमा रहनुभएका मरासिनीलाई सरकारले अर्थ सचिवको जिम्मेवारी दिएको हो ।
मन्त्रिपरिषद्को बैठकले अहिले अर्थसचिव रहनुभएका शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरेर मरासिनीलाई अर्थमा तानेको हो । मरासिनीले यसअघि लामो समय अर्थ मन्त्रालयमै रहेर काम गर्नुभएको छ ।
यस्तै यसअघि उहाँले लुम्बिनी प्रदेशको मुख्यसचिवका रूपमा पनि काम गरिसक्नुभएको छ ।