झलनाथ खनाललाई कोरोना संक्रमण, नर्भिक अस्पताल भर्ना

१८ वैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । पखाला लागेपछि मनमोहन अस्पताल भर्ना भएका खनाललाई कोरोना पुष्टि भएको हो । मनमोहनबाट अहिले नर्भिक अस्पताल ल्याइएको उनी निकट स्रोतले जनायो । उनलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ ।  खनालको बाँकी अवस्था सामान्य छ । अर्का नेता […]

सम्बन्धित सामग्री

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाण्डाै - पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ । विगत चार/पाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उहाँ आज बिहान उपचारका लागि नर्भिक अस्पताल जानुभएको हो । खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्कनुभएको थियो ।

झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या आएपछि उनी आज (सोमबार) थापाथलीस्थित नर्भिक अस्पताल भर्ना भएका हुन् । खनालले केही दिनअघि कोरोना संक्रमण भएर सोही अस्पतालमा उपचार गरेका थिए ।

पूर्वप्रधानमन्त्री खनाल नर्भिक अस्पताल भर्ना

काठमाडौं। पूर्वप्रधानमन्त्री झलनाथ खनाल स्वास्थ्य समस्या भएपछि अस्पताल भर्ना भएका छन्। ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो। केही दिनदेखि स्वास्थ्य समस्या देखिएकाे थियो। अहिले स्वास्थ्य परीक्षण भइरहेको जनाइएको छ। कोरोना संक्रमण पुष्टि भएपछि गत महिना नर्भिक अस्पतालमा उपचारपछि घर फर्किएका थिए।

एमाले नेता झलनाथ खनाल अस्वस्थ, नर्भिक अस्पताल भर्ना

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ। उनलाई आज काठमाडौँको थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको हो। ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि खनाललाई अस्पताल लगिएको उनको सचिवालयले जानकारी दिएको छ। यसअघि खनाललाई कोरोना भएको थियो। कोरोनामुक्त भएपछि अस्पतालबाट घर फर्केर खनाल आराम गरिरहेका थिए। […]

झलनाथ खनाल ‘अक्सिजनको सामान्य सपोर्टमा’

काठमाडौं । कोरोना संक्रमण भई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाललाई अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । उनी शनिबार साँझ नर्भिक अस्पताल भर्ना भएका थिए । “उहाँलाई अहिले अस्पतालमा अक्सिजनको सामान्य सपोर्टमा राखिएको छ । बाँकी स्वास्थ्य अवस्था सामान्य छ,” अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।