सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पाँच दलीय गठबन्धनको बैठक जारी रहेको सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।बैठकमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा महानगर, उपमहानगरपालिकामा भागबण्डाको टुंगो लगाइने बताइएको छ । मंगलबार बसेको गठबन्धनको बैठकले सहमति जुटाउन नसके पछि आज पुन बैठक बसेको हो ।