दुई बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी

म्याग्दी । म्याग्दीमा दुई ठूला खानेपानी आयोजना सञ्चालनका लागि तयारी थालिएको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा खानेपानी आयोजना सञ्चालनको तयारी गरेको हो । रघुगंगा–२ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी–५, ६, ९, १० का विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नं ५ झीँलाई लक्षित गरी बृहत् घोप्टेखोला खानेपानी आयोजनाको निर्माण गर्न लागिएको हो । दुवै आयोजनाको डिजाइनको काम सकिएको र विभागबाट स्वीकृत गराएर ठेक्का प्रक्रियामा लैजाने तयारी गरिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीका इन्जिनियर प्रदीप रेग्मीले जानकारी दिए । दुवै आयोजनालाई ठेक्का सम्झौता भएको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ ।      दुवै योजनाको सर्वेको काम सकेर लागत लागत अनुमान तयार गरी विभागमा पठाइएको र स्वीकृत भएर आएपछि आवश्यक प्रक्रिया अगाडि बढाइने कार्यालय प्रमुख कुलप्रसाद पौडेलले बताए । उनका अनुसार उक्त आयोजनामा कुल लागतमध्ये ९० प्रतिशत संघीय सरकारले र उपभोक्ताले १० प्रतिशत रकम लगानी बराबरको जनश्रमदान गर्नुपर्नेछ ।  रासस

सम्बन्धित सामग्री

दुई खानेपानी आयोजना सञ्चालनको तयारीमा

म्याग्दी-संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीले जिल्लाको रघुगंगा गाउँपालिका र बेनी नगरपालिका क्षेत्रमा दुईवटा बृहत् खानेपानी आयोजना सञ्चालनको तयारी गरेको छ । रघुगंगा गाउँपालिकाको वडा नम्बर २ र ३ मा बृहत् भगवती, पिप्ले खानेपानी आयोजना र बेनी नगरपालिका– ५, ६, ९, १० नम्बर वडाका विभिन्न बस्ती, रघुगंगा गाउँपालिका–६ पाखापानी र वडा नम्बर ५ झिँलाई […]