रौतहट सहित मधेशका जिल्लामा दुई दिन देखिको बाक्लो हुस्सु तथा शितलहरका कारण अत्यधिक चिसो बढेको छ । विगत केहि दिनको तुलनामा मधेशमा शुक्रबार र शनिबार अत्यधिक जाडो बढेको हो । बिहीबारसम्म पारिलो घाम लागेको भएपनि दुई दिन देखि हुस्सु तथा शितलहरका कारण चिसो बढेको गरुडाका स्थानीय पवन उपध्याले बताए । उनका अनुसार बिहानैदेखि हुस्सु लाग्नुका […]
पर्यटन क्षेत्रमा पछिल्लो समय ‘माइस टुरिजम’ (मिटिङ, इन्सेन्टीभ, कन्फेरेन्स र एक्जिविसन) फस्टाउँदै गएको छ। विभिन्न सभा सम्मेलन, बैठक, गोष्ठि देखि पारिवारिक जमघटका गतिविधिलाई माइस टुरिजमले समेट्ने भन्दै छोटो समयमा ठूलो आकारमा पाहुना तान्ने गतिलो उपाय नै माइस टुरिजम रहेको सरोकारवालाको भनाई छ।
काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले उठाएका मुद्दाहरूलाई निरन्तर उठाउने निर्णय गरेको छ । शनिबार काठमाडौंमा बसेको सो पक्षको भेलाले पार्टीको पुनर्गठन, नेतृत्व हस्तान्तरण, जबजको आधारमा पार्टी निर्माण, आन्तरिक लोकतान्त्रिकरण लगायतका मुद्दालाई पार्टीको विधि विधानभित्र बसेर निरन्तर उठाउने निर्णय गरेको योगेश भट्टराईले जानकारी दिए । पार्टीका विभिन्न तहमा आफ्ना विचारहरुलाई छलफलमा लैजाने […]
५ पुस, जनकपुरधाम । मधेश प्रदेश सभामुखको लागि नेकपा एमालेबाट प्रदेश सांसद त्रिलोकी प्रसादले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन् ।
एमाले सांसद शारदा देवी थापाको प्रस्ताव र जयचन्द्र प्रसाद पटेलको समर्थनमा उनको उम्मेदवारी दर्ता भएको हो …
काठमाडाैं। मधेश प्रदेश सभाको सभामुख पदका लागि २ जना प्रदेश सभा सदस्यहरुले उम्मेदवारी दर्ता गराएका छन् । शनिबार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्धारित गरिएको मनोनयन दर्ताको समयमा सत्तारुढ ७ दलीय गठबन्धनकोतर्फबाट जनता समाजवादी पार्टी (जसपा)नेपालका रामअशिष यादव र एमालेका त्रिलोकी प्रसादले सभामुख पदमा उम्मेदवारी दर्ता गराउनुभएको प्रदेशसभा सभिवालयका प्रवक्ता विपिन ठाकुरले जानकारी दिनुभयो। […]
नेपाल–चीन कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवका सन्दर्भमा नेपाल पर्यटन बोर्ड र यहाँस्थित चिनियाँ राजदूतावासको सहयोगमा नेपालका पर्यटन व्यवसायीलाई चिनियाँ भाषा प्रशिक्षण दिइएको छ । छ महिने उक्त प्रशिक्षणमा संलग्न ४७ जना व्यवसायीलाई शुक्रबार आयोजित एक कार्यक्रममा प्रमाणपत्र प्रदान गरियो । त्यस अवसरमा पर्यटन विभागका महानिर्देशक रामकृष्ण लामिछानेले प्रशिक्षणका माध्यमबाट व्यवसायीलाइ चिनियाँ पर्यटकसँग व्यवहार गर्न तथा […]