देश निर्वाचनमय बनेको बेला नेपालको लोपोन्मुख राउटे जातिलाई यसको कुनै प्रभाव परेको छैन । दैनिकी गुजारा चलाउन सँधै धौधौ हुने यो जातिसँग भोट हाल्ने कुनै कानुनी प्रमाण छैन । ‘जंगलको राजा’ भनेर चिनाउन गर्व गर्ने यो जातिसँग जन्मदर्ता प्रमाणपत्र, नागरिकता र मतदाता परिचयपत्र समेत छैन । फिरन्ते जीवन बिताउँदै आएका लोपोन्मुख राउटे समुदायसँ दैलेखको गुराँस गाउँपालिकाले २०७५ असार ३० गते प्रदान गरेको परिचयपत्रबाहेक अन्य कुनै सरकारी कागजात छैन ।