मुलुकमा सङ्घीयता कार्यान्वयनसँगै तीन तहको सरकार निर्माण भए पनि तीनै तहका सरकारबाट टुक्रे योजनामा बजेट विनियोजन गर्ने पुरानो परम्परा भने कायमै रहेको छ। बागमती प्रदेश सरकारले चालू आर्थिक वर्षमा पनि मातहतका कार्यालयमार्फत कार्यालयबाट कार्यान्वयन गर्ने गरी टुक्रे तथा टोले कार्यक्रमममा बजेट विनियोजनलाई निरन्तरता दिएको छ। प्रदेश सरकारले काभ्रेपलाञ्चोक जिल्ला तथा आसपासका जिल्लामा कार्यक्षेत्र रहेको पूर्वाधार विकास कार्यालय, सहरी विकास तथा भवन कार्यालयलगायतका पूर्वाधारको काम गर्ने कार्यालयमार्फत काम गर्न गराउन साना टुक्रे योजनामा बजेट विनियोजन गरेको हो। प्रदेश सरकारले जनशक्तिको अवस्था नहेरी टुक्रे योजनामा बजेट विनियोजन गर्दा कार्यान्वयनमा समस्या हुने अवस्था आउने गरेको कार्यालयले जनाएका छन्।