‘हरेक स्थानीय तहले दमकल राख्नुपर्छ’

आपतकालीन अवस्थामा अग्नि नियन्त्रण तथा उद्धार गर्ने सवारी साधन हो, दमकल । त्यसमा आगलागी नियन्त्रण तथा उद्धारका लागि आवश्यक पर्ने विभिन्न यन्त्र, उपकरण, पानी र केमिकलसहितका सामग्री राखिएका हुन्छन् । अन्तर्राष्ट्रिय विपत्को ‘कलर कोड’ अनुसार …

सम्बन्धित सामग्री

आगलागीजन्य विपद् रोकथामको पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायत विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको बताएको छ । प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महीना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगलागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवी तयार पार्न अभ्यास जारी रहेको बताए । यसका लागि स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको जानकारी उनले दिए । छलफलका क्रममा उनले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेष रूपमा सचेत हुन पनि अनुरोध गरेका छन् । ‘पछिल्लो एक हप्ता पानी परेकाले आगलागी कम भएको छ,’ उनले भने, ‘तर अहिले पानी पर्न छाडेपछि यस्ता घटना बढ्ने भएकाले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको छ ।’ आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले जानकारी दिए । मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको उनको भनाइ छ । नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरीद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको बताए । आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेर समेत देखाइएको थियो । यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताए । यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको भन्दै उनले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताए । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि आवश्यक स्वयंसेवी स्वत:स्फूर्त रूपमा फारम भरेर सहभागी हुन सक्ने बताइन् । त्यसका लागि उनीहरूले प्राधिकरणको साइटमार्फत लगइन लिएर तोकिएको विवरण भर्नुपर्नेछ । अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उनले जानकारी दिइन् । रासस

लमजुङका सात स्थानीय तह दमकलविहीन

चार नगरपालिका र चार गाउँपालिका गरी आठ स्थानीय तह रहेको लमजुङमा बेँसीसहर नगरपालिकासँग मात्रै अग्नि नियन्त्रणका लागि दमकल छ । बाँकी सात स्थानीय तहसँग दमकल छैनन् । कुनै पनि स्थानीय तहले दमकल...

दमकल सेवामा अनुदार चितवनका स्थानीय तह

चितवन । न्यून संख्यामा रहेका दमकल (वारुण यन्त्र) सेवालाई विस्तार गर्न चितवनका स्थानीय तहले चासो देखाएका छैनन् । दमकल तथा जनशक्ति थप गर्ने वा कार्यरत जनशक्तिलाई थप दक्ष बनाउनेसम्म बजेट, नीति तथा कार्यक्रममा समेट्न आनकानी गरेको देखिन्छ । अनुदान, उपहारकै दमकलबाहेक अन्य दमकल ल्याउन बजेट व्यवस्थापन गर्न चुकेका छन्, यहाँका स्थानीय तह । दमकल चालकलाई […]