आगलागीजन्य विपद् रोकथामको पूर्वतयारी, स्वयंसेवी तयार पारिँदै

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगलागी, हुरी–बतास, चट्याङलगायत विपद्जन्य जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तीव्र पारेको बताएको छ । प्राधिकरणले बिहीवार सिंहदरबारमा पत्रकार भेटघाट कार्यक्रममा आउँदो दुई महीना आगलागी, डढेलो, हावाहुरी, चट्याङजस्ता विपद्को जोखिम बढी हुने भएकाले त्यसको पूर्वतयारीलाई तीव्र पारिएको जानकारी गराएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले आगलागी नियन्त्रणका लागि आवश्यक स्वयंसेवी तयार पार्न अभ्यास जारी रहेको बताए । यसका लागि स्थानीय तह र विपद् व्यवस्थापनका क्षेत्रमा लाग्ने सरोकारवालालाई कसरी सक्षम बनाउन सकिन्छ भनेर कार्य अघि बढाइएको जानकारी उनले दिए । छलफलका क्रममा उनले आगलागीको दर बढ्दो रहेकाले त्यसतर्फ विशेष रूपमा सचेत हुन पनि अनुरोध गरेका छन् । ‘पछिल्लो एक हप्ता पानी परेकाले आगलागी कम भएको छ,’ उनले भने, ‘तर अहिले पानी पर्न छाडेपछि यस्ता घटना बढ्ने भएकाले स्थानीय तह अझै चनाखो हुन जरुरी रहेको छ ।’ आगलागी नियन्त्रणमा सरकारबाट पर्याप्त बजेट निकासा हुन नसकेको, दक्ष जनशक्ति एवं प्रविधि र उपकरणको अभाव रहेको कार्यक्रममा आगलागी तथा डढेलोविज्ञ सुन्दर शर्माले जानकारी दिए । मानवीय कारणले नेपालमा बढी आगलागी हुने गरेको उनको भनाइ छ । नेपालमा पर्याप्त दमकल नभएकाले अब स्थानीय तहले पनि खरीद गर्न सक्ने फायरपम्पको अवधारणा ल्याउन जरुरी रहेको बताए । आजै सिंहदरबारमा फायरपम्पको अभ्यास गरेर समेत देखाइएको थियो । यसले एक किलोमिटर टाढासम्म बिछ्याएर लैजान सकिने भएकाले साँघुरा स्थानमा समेत फायरपम्प उपयुक्त भएको बताए । यस्तै हवाई फायर फाइटरको पनि आवश्यकता रहेको भन्दै उनले त्यसलाई ल्याउन नसके ‘बकेट’मात्रै किन्न पाए पनि सेनाको वा निजी हेलिकोप्टरमार्फत ठूला आगलागी नियन्त्रणमा सहयोग पुग्ने बताए । कार्यक्रममा प्राधिकरणकी सहसचिव अनिता निरौलाले स्वयंसेवक ब्यूरोअन्तर्गत विपद् व्यवस्थापनका लागि आवश्यक स्वयंसेवी स्वत:स्फूर्त रूपमा फारम भरेर सहभागी हुन सक्ने बताइन् । त्यसका लागि उनीहरूले प्राधिकरणको साइटमार्फत लगइन लिएर तोकिएको विवरण भर्नुपर्नेछ । अहिले नमूना अभ्यासका लागि रेडक्रसका एक लाख जनशक्तिलाई त्यसमा जोडिएको पनि उनले जानकारी दिइन् । रासस

सम्बन्धित सामग्री

विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै तातोपानी

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ लाई अद्यावधिक गर्ने भएको छ । पालिकास्तरीय विपद् व्यवस्थापन समितिको बैठकले तातोपानी गाउँपालिकाले विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, २०७९ अद्यावधिक गर्ने निर्णय गरेको हो । तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौंलागाईंले भने, ‘समय सुहाउँदा विषय र पूर्वतयारीका योजना समावेश गर्दै विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना, […] The post विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना अद्यावधिक गर्दै तातोपानी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न गृहमन्त्री खाँणको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरूलाई निर्देशन दिएका छन् ।बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताएका हुन् । उनले प्राकृतिक विपद्का कारण सडकहरूमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने […]

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न गृह मन्त्रीकाे निर्देशन

काठमाण्डौ – गृह मन्त्री बालकृष्ण खाणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायलाई निर्देशन दिनुभएको छ ।  आज बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताउनुभएको हो । उहाँले प्राकृतिक विपद्का कारण सडकमा क्षति हुँदा जनधनको क्षति हुने, आवत–जावतमा अवरोध हुने र आर्थिक क्रियाकलापमा समेत गम्भीर क्षति पुग्ने भएकाले विपद् प्रतिकार्यका लागि पूर्वतयारीमा रहन सम्बन्ध...

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न गृहमन्त्रीको निर्देशन

काठमाडौँ – गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गरेर बस्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन्। बुधबार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर सामना गर्नका लागि एकीकृत प्रयास गर्नु सरकारको दायित्व भएको बताए। उनले प्राकृतिक विपद्का कारण सडकहरुमा क्षति हुँदा जनधनको क्षति हुने, आवात–जावतमा अवरोध हुने […]

विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाँणले विपद् प्रतिकार्यका लागि पूर्वतयारी गर्न सरोकारवाला निकायहरुलाई निर्देशन दिएका छन् । बुधवार गृह मन्त्रालयमा बसेको मनसुन पूर्वतयारी तथा प्रतिकार्य बैठकलाई सम्बोधन गर्दै मन्त्री खाँणले विपद्को पूर्वतयारी गरेर...

कैलालीमा विपद् प्रतिकार्य पूर्वतयारी फितलो, स्रोत साधन जोहो भएन

१४ असार, धनगढी । सुदूरपश्चिम प्रदेशमा मनसुन सकि्रय भएर वर्षा सुरु भएपनि विपद् प्रतिकार्यका लागि आवश्यक पर्ने पूर्वतयारी फितलो छ । बाढी र डुबानका हिसाबले प्रदेशको राजधानी समेत रहेको कैलाली उच्च जोखिममा छ । स्थानीय प्रशासनले विपद् प्रतिकार्यका लागि पूर्वतयारी भइरहेको बताए पनि विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना बन्न सकेको छैन । जिल्लामा उद्दार, राहत […]

विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न निर्देशन

काठमाडौँ,३० जेठ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय एवं सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको १३औँ बैठकमा मन्त्री खाणले यो वर्षका लागि भएका तयारी, […]

विपद् व्यवस्थापनको पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न निर्देशन

काठमाडौँ । गृहमन्त्री एवं विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिका अध्यक्ष बालकृष्ण खाँणले मनसुनजन्य विपद्का घटनाबाट जनधनको क्षति न्यून गर्न पूर्वतयारी तथा प्रतिकार्यमा गम्भीर भएर लाग्न विषयगत निकाय एवं सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको आज बसेको १३औँ बैठकमा मन्त्री खाँणले यो वर्षका लागि भएका तयारी, जनशक्तिको […]

विपद् सामना गर्न पूर्वतयारी गरिरहेका छौं

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यस वर्षको विपदको सामना गर्न पूर्वतयारी गरिरहेको बताएको छ ।प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले यस वर्ष मनसुनको समयमा आइपर्ने विपत बाढी, पहिरोको घटनाको प्रतिकार्य गर्नका लागि प्राधिकरणले केन्द्रदेखि स्थानीय तहसम्म छलफल सुरु गरेर तयारी थालेको बताए । कोभिड संक्रमणको जोखिम सहरबाट गाउँगाउँ पुगेको अवस्थामा विपदको उद्दारमा खट्ने […]