बझाङ : बझाङको थलारा गाउँपालिका–९ छालागडास्थित सेती किनारमा 'सुटुक्क' पुगेर फर्किएको भारतीय नागरिक सवार भनिएको हेलिकप्टरमा पश्चिम सेती परियोजनाका लागि स्थलगत अवलोकन गर्न नेपाली नागरिक नै आएको प्रशासनले जनाएको छ। कैलाश हेलिकप्टर सर्भिसको ९ एन एजेजे नम्बरको हेलिकप्टर बिहीबार थलारा गाउँपालिका–९ स्थित सेती नदी किनारमा उत्रेर आधा घन्टापछि फर्किएको थियो।हेलिकप्टरमा को को थिए र किन आए भन्नेबारे अहिले बुझ्दा पश्चिम सेती परियोजनाका बारेमा स्थलगत अवलोकन गर्