ट्यांकरको भन्दा पनि खराब, जारको पानी- अध्ययन

काठमाडौंमा ट्यांकरको पानीभन्दा जारको पानी असुरक्षित रहेको अध्ययनबाट खुलेको छ । नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट)ले विभिन्न समयमा गरेको अध्ययनले ट्यांकरको पानीमा भन्दा जारको पानीमा धेरै कोलिफर्म ब्याक्टेरिया हुने गरेको देखाएको हो । गत वर्ष …

सम्बन्धित सामग्री

जारको पानी अनुगमन गुणस्तरमा शंका

काठमाडौं महानगरपालिकाको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले अहिले पानीको गुणस्तरको अनुगमन गरिरहेको छ । पिउने पानीको व्यवसाय गर्ने व्यवसायीले पानी भर्न प्रयोग हुने जार कुच्चिएको, चुहिने, फोहोर, लेबल नभएको...

यो मौसममा जारको पानी उमालेर खानुपर्छ

अहिले मनसुन चलिरहेको छ। यो मौसममा कति बेला पानी पर्छ वा कतिबेला घाम लाग्छ भनेर भन्न सकिँदैन। घाम लाग्दा लाग्दै पनि पानी परेर भिजाउँछ। यसरी भिज्दा स्वास्थ्यमा समस्या आउन सक्ने चिकित्सक बताउँछन्। यो परिवर्तन भइरहेको मौसमले हाम्रो स्वास्थ्यलाई नकारात्मक असर पुर्याइरहेको हुन्छ। त्यसैले यो मौसममा हामीले रोग प्रतिरोधी क्षमता बलियो राख्न र स्वस्थ रहन दैनिक […]

विषादी हालेका फलफूल र मापदण्ड पालना नगरी जारको पानी बेच्नेलाई कारबाही हुने

काठमाण्डाै – दूषित पिउने पानीका कारण हैजा फैलिन थालेपछि सरकारले जारको पानीमा कडाइ गर्ने भएको छ । मापदण्ड पालना नगरी जारको पानी बिक्री गरेको पाइएमा कारबाही गर्ने  खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जनाएको छ । विभागले आज सूचना निकालेर प्रशोधित पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्दा पानी उद्योगीलाई उत्पादनसम्बन्धि निर्देशिका–२०७४ का प्रावधान पूर्ण रुपमा पालना गर्न पनि सचेत गराएको छ । आग्रहको अटेर गरे यस्ता उद्योगीलाई खाद्य ऐन अनुसार कारबाही हुने विभागले जनाएको छ । यस्तै, वि...

वर्षायाममा जारको पानी सकेसम्म उमालेर पिउनुपर्छ

गर्मी महिनासँगै वर्षायाम पनि सुरु भएको छ । अब वर्षायाममा विभिन्न खालका समस्या देखिने गरेको छन् । अहिलेको समयमा विशेषत झाडापखाला धेरै लाग्ने गरेको छ । पेट दुख्ने, पातलो दिसा लाग्ने, डिहाइड्रेसन हुने समस्या बढिरहेका छन् । साथै मौसमी रुघाखोकी, ग्याष्ट्रिटाइटिसका बिरामी पनि बढेका छन् । हैजा फैलिने सम्भावना अहिलेसम्म २४ जनामा कलेरा भाइरस पुष्टि […]

मेयरकै संरक्षणमा ७ वटा ‘ट्रेड मार्क’ चोरी गरी जारको पानी बिक्रि

काठमाडौँको एउटा पानी उत्पादन गर्ने उद्योगले अर्कैको ब्राण्डको नाममा बजारमा पानी उपलब्ध गराउँदै आएको पाईएको छ । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले अरु कम्पनीका ब्राण्डको नाममा बजारमा जारको पानी पठाउँदै आएको खुलेको हो ।आइतबार उक्त कम्पनीले पानी वितरणमा पठाएका बा.११च. ६०४५ र बा.६च. २८०४ नम्बरका २ वटा गाडीहरुमा अरु कम्पनीका ७ वटा ब्राण्डको नामका पानीको जार भेटिएको हो । नागार्जुङ नगरपालिका वडा नम्बर ५ सितापाईलाको । स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले बजारमा पठाएका १९७ जार पानी विभिन्न ७ वटा ब्राण्डका रहेका थिए ।अर्कै उद्योगले लिएको ट्रेड मार्क प्रयोग गरेर पानीको जार बेच्ने २ जनालाई नेपाल बोटल वाटर संघका पदाधिकारीको उजुरीमा पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सर्लाहीका आशिष कार्की र चितवनका किरण श्रेष्ठ रहेका छन् । उनीहरु गाडीको चालक मात्रै भएको र कम्पनीका मालिक को हुन् भन्ने खुलेको छैन ।आइतबार काठमाडौँ प्रहरीले २ वटा पानी ढुवानीका गाडी र जारसहित समातिएका २ जना चालकलाई वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा बुझाएको थियो । विभागले आइतबारै आवश्यक पक्रिया सकेर ट्रेड मार्कको विषय उद्योग विभागको क्षेत्राधिकार भित्रको विषय भएको भन्दै उद्योग विभागमा पठाएको थियो ।उद्योग विभागको ट्रेड मार्क शाखामा उजुरी दर्ता भएको छ । विभागले आवश्यक प्रक्रिया थालिसकेको ट्रेड मार्क शाखाका निर्देशक सुरेशराज जोशीले जानकारी दिए ।स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.ले रोयल स्प्रिङ्ग मिनरल वाटर, जम्बलिङ ग्रुप इन्डष्ट्रिज, अन्नपूर्ण मिनरल वाटर, धनेश्वर थियर वाटर र डिबिङ्ग वाटर इन्टरप्राईजेन सहित अरु केही कम्पनीका ब्राण्ड दुरुपयोग गरी बजारमा पानी बेच्दै आएको थियो । उजुरी कर्ताहरुले आफूहरुको ब्राण्डमा गुणस्तरहीन पानी बिक्रि गरिएको भन्दै कारबाहीको माग गरेका थिए ।स्पार्लिङ्क स्प्रिकंलर वाटर प्रा.ली.मा नागार्जुङ नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतको पनि लगानी रहेको बुझिएको छ । यस विषयमा जानकारी लिन मेयर बस्नेतलाई फोन गर्दा उनको फोन अफ थियो ।

ट्रेडमार्क चोरेर उपत्यकामा नक्कली जारको पानी बिक्री, दुई जना पक्राउ

काठमाडौं उपत्यकामा जारको पानी समेत नक्कली हुने गरेको पाइएको छ। कम्पनी नै नभएकोहरुले अन्य कम्पनीको ट्रेडमार्क चोरी गरेर पानी बेच्ने गरेको भेटिएको हो।

मन्त्रीलाई सांसदको प्रश्न– कुन जारको पानी खाने ? कुन जारको नखाने ?

खानेपानी मन्त्री उमाकान्त चौधरीलाई सांसदले कुन जारको पानी खाने र कुन जारको नखाने भनेर प्रश्न गरेका छन् । आगामी आर्थिक वर्षको बजेटअन्तर्गत मन्त्रालयगत छलफलका क्रममा नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले मन्त्री चौधरीलाई कुन जारको पानी खाने र कुन जारको नखाने भनेर प्रश्न गरेकी हुन् ।स्वच्छ पानीको अभाव भएको भन्दै उनले सहरी क्षेत्रमा जारको पानी खान बाध्य हुनु परेको जिकिर गरिन् । बजारमा विभिन्न कम्पनीले जारका पानी विक्री वितरण गर्दै आएको भन्दै ती जारका पानीमध्ये कुन गुणस्तरीय र कुन गुणस्तरहीन छ भन्ने

‘बारकोड स्टिकर’ हेरेर मात्र जारको पानी किन्न आग्रह

नेपाल बोटल वाटर उद्योग संघले ‘बारकोड स्टिकर’ हेरेर जारको पानी किन्न आग्रह गरेको छ । खानेपानीमा बारम्बार गुणस्तरको प्रश्न उठेपछि संघले ‘बारकोड स्टिकर’ हेरेर जारको पानी खरिद गरिदिन आग्रह गरेको हो । ‘सर्वसाधरणलाई गुणस्तरीय पानी उपलब्ध गराउन संघले सेन्ट्रल ल्याव राखेर गुणस्तर परीक्षण सुरु गरेको छ ।

काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्री

काठमाडौ । काठमाडौंको जारको पानी भरिने स्थानमा प्रशस्तै अखाद्य सामाग्रीहरु भेटिएको छ ।