निर्माण सुरु भएको ९ वर्षसम्म बनेन कन्द्रा नदीमा पुल

१७ पुस, टीकापुर । कैलालीको भजनी नगरपालिका-३ स्थित कन्द्रा नदीमा पुल निर्माण सुरु भएको नौ वर्ष बितेको छ । नौ वर्षसम्म पुलको ६० प्रतिशत मात्र निर्माण सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ । हुलाकी राजमार्गअन्तर्गत बन्न लागेको पुल निर्माण विसं २०६८ बाट शुरु भएको हो । पुल निर्माण सम्पन्न नभएपछि त्यहाँका नागरिकको पुलबाट आवतजावत गर्ने […]

सम्बन्धित सामग्री

सिधनियाघाट राप्ती नदीमा पुल निर्माण

बाँकेको दुई गाउँपालिकालाई जिल्ला सदरमुकाम नेपालगन्जसँग जोड्ने राप्ती नदीको सिधनिया घाटस्थित हुलाकी राजमार्गमा सात सय मिटर लामो पुल निर्माण सुरु गरिएको छ ।

मादी नदीमा पुल निर्माण सुरु

डुम्रे (तनहुँ), २३ फागुन । दुई वडा जोड्नका लागि मादी नदीमाथि मोटरेबल पुल निर्माण थालिएको छ । तनहुँको व्यास नगरपालिका–५ र ७ जोड्न मोटरेबल पुल निर्माण थालिएको हो । सङ्घीय सरकारमार्फत सडक विभागले नै यहाँ पुल निर्माण गरिरहेको छ । उक्त पुल निर्माणका लागि नदीको दुवैतर्फ पिल्लर राख्ने काम भइरहेको एम÷एस इन्दे्रणी निर्माण सेवा प्रालिका […]

सात वर्षदेखि जलाद नदीको पुल निर्माण अलपत्र

धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–७, इच्छापुरस्थित जलाद नदीमा पुल निर्माणको काम अलपत्र परेको छ । ठेकेदार पक्षले बेवास्ता गर्दा निर्माण सुरु गरेको सात वर्ष बितिसक्दा पनि निर्माण सम्पन्न भएको छैन ।

निर्माण सुरु भएको सात वर्षमा पनि बनेन पुल

सुर्खेत :  निर्माण सुरु भएको सात वर्षसम्म पुल निर्माण नहुँदा जाजरकोट नलगाड नगरपालिका –१० र रुकुम पश्चिम आठबीसकोट –५ स्यालाखदी जोडिन सकेको छैन।  २०७३ असार ३१ गते मृत सञ्जीवनी गाल्वा जेभी बसुन्धरा काठमाडौंले भेरी नदीमा पुल निर्माण गर्न सडक डिभिजन चौरजहारीसँग सम्झौता गरेको थियो। पटक–पटक थपिएको म्याद गरी २०७७ पुस ३० भित्र निर्माण हुनुपर्ने भए पनि हालसम्म एक भागको पिल्लर मात्रै बनेको छ।  सडक डिभिजन चौरजहारीले २०७९ कात्तिक २९ गते ठेक्का किन नतोड्ने भन्दै अन्तिम पत्र पठाएको डिभिजन ...

तिनाउ नदीमा हरिहरपुर–डिङ्गरनगर जोड्ने पुल निर्माण सुरु

बुटवल : रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं १७ हरिहरपुर र तिलोत्तमा नगरपालिका वडा नं. ४ डिङ्गरनगरलाई जोड्ने गरी तिनाउ नदीमा पुल निर्माण सुरु भएको छ। दुई वर्षभित्र निर्माण सम्पन्न हुने उक्त पुलको लागत २० करोड ६४ लाख रहेको छ। सडक विभाग अन्तर्गत ठेक्का भएको उक्त पुल दुई सय मिटर लम्बाइको हुनेछ।…

३६ महिनामा बन्नु पर्ने पुल ८ वर्षमा पनि बनेन

सर्लाही र रौतहट जोड्ने बागमती नदीमा पुल निर्माण सुरु भएको आठ वर्ष बित्दा पनि  पुल निर्माण कार्य सम्पन्न भएको छैन । समयमा पुल नबनेका कारण स्थानीयलाई आवतजावतमा समस्या भएको छ...

तमोर नदीमा पुल निर्माण अलपत्र : चार पिलर तयार गर्न सात वर्ष

पाँचथर र तेह्रथुमलाई सडक सञ्जालमा जोड्न तमोर नदीको लुमुघाटमा पुल निर्माण सुरु भएको सात वर्ष भयो । दुई वर्षमा

खोटाङ र उदयपुर जोड्न सुनकोशीमा पुल निर्माण सुरु

खोटाङको दक्षिण भेगलाई तराईसँग जोड्ने वंशिलाघाटस्थित सुनकोशी नदीमा पुल निर्माणको काम सुरु भएको छ। वराहपोखरी गाउँपालिका–५, पौवासेरा र उदयपुरको चौदण्डीगढी नगरपालिका–१, चौदण्डीगढीको सिमानामा पर्ने वंशिलाघाटमा पुल निर्माणका लागि २०७७ पुस २८ गते ठेक्का सम्झौता भएको थियो।

छ वर्षसम्म पुल निर्माण भएन

काभ्रेपलाञ्चोक जिल्ला र मकवानपुर जिल्लाको सिमाना सिक्रेदोभानस्थित बागमती नदीमा पुल निर्माण सुरु गरिएको छ वर्ष पूरा हुन लाग्दा पनि निर्माण सम्पन्न हुन सकेको छैन ।