काठमाडौं । काठमाडौं महानगरपालिकाले आजबाट ७० वर्षमाथिका जेष्ठ नागरिकहरुको लागि घरमै पुगेर आधारभूत स्वास्थ्य सेवा तथा परीक्षण शुरु गरेको छ । कार्यवाहक मेयर सुनिता डंगोलले जेष्ठ नागरिकका लागि स्वस्थ्य सेवा अस्पतालमा सीमित नरहने बताएकी छन् । डंगोलका अनुसार आजबाट जटिल विरामीलाई अस्पतालसम्म लैजाने काम समेत महानगरले सहजीकरण गर्नेछ । डंगोलले वक्तव्य जारी गर्दै भनेकी छन्, […]
काठमाडौं । साफ यू-१९ महिला च्याम्पियनशिपमा आफ्नो पहिलो खेलमा नेपाल भारतसँग पराजित भएको छ । पोखरा रङ्गशालामा शनिबार भएको खेलमा नेपाल भारतसँग १–० गोलले पराजित भएको हो । शनिबारै भएको पहिलो उद्घाटन खेलमा बङ्गलादेशले भूटानलाई १२–० गोलको फराकिलो अन्तरले पराजित गरेको छ । अब नेपालले आफ्नो दोश्रो खेलमा सोमबार भूटानसँग खेल्ने भएको छ ।