भागरथीको हत्या आशंकामा महेन्द्रनगरबाट एक पक्राउ

महेन्द्रनगर । बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कारपछि हत्यामा संलग्न रहेको आशंकामा एक व्यक्ति पक्राउ परेका छन् । घटनाको केही दिनपछि महेन्द्रनगर आएका ती व्यक्ति मंगलबार पक्राउ परेका हुन् । प्रहरीको निगरानीमा रहेका दोगडाकेदार गाउँपालिकाका उनी शिक्षक रहेको स्रोतको दाबी छ । यद्यपी पक्राउ बारे प्रहरीले कुनै जानकारी दिन चाहेको छैन । प्रहरीले घटनाको दिन र घटनापछि गाउँ छाड्नेको सूची तयार गरेर उनीहरुमाथि निगरानी बढाएको थियो । तीमध्ये केही व्यक्तिलाई प्रहरीले उच्च निगरानीमा पनि राखेको थियो । मंगलबार गृहमन्त्री रामबहादुर थापाले भागरथीका हत्यारा पक्राउ नजिक रहेको अभिव्यक्ति दिनुभएको थियो । यस्तै, प्रहरीले घटनाको सुक्ष्म अनुसन्धान भइरहेको जनाएको छ । गत माघ २१ बुधबार विद्यालय गएकी दोगडाकेदार–७ कतोलाकी भागरथीको अर्कोदिन बेलुका बलात्कारपछि हत्या गरिएको अवस्थामा घरनजिकै लबलेक सामुदायिक वनमा शव भेटिएको थियो ।

सम्बन्धित सामग्री

श्रीमानको हत्या आरोपमा पक्राउ

काठमाडौँ,२५ जेठ । श्रीमानको हत्या घटनामा संलग्न रहेको आरोपमा एक महिला पक्राउ परेकी छिन् । हत्या आरोपमा रूपनी गाउँपालिका–१ रूपनी चोक बस्ने ३८ वर्षीय मो।नजिर मियाँ पक्राउ परेको एक महिनापछि बिष्णुपुर गाउँपालिका–५ कट्टी टोलकी इनरवतीदेवी महतो पक्राउ परेकी हुन् । इनरवतीका श्रीमान् ५० वर्षीय रामसुन्दर महतोको गत असोज ८ गते हत्या भएको थियो । महतोको […]

श्रीमती हत्या आरोपमा एक पक्राउ

उदयपुरका एक अधवैशे पुरुष आफ्नै श्रीमतीको हत्या आरोपमा पक्राउ परेका छन्।

पर्सामा हत्या अभियोगमा एक पक्राउ

काठमाडौं । जिल्ला प्रहरी कार्यालय पर्साले हत्या अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ का बर्ष ३४ का दीपक कुमार महरा रहेका छन । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ फुलबरिया टोलका ४६ वर्षिय प्रेमचन्द्र महराको हत्या अभियोगमा दिपक महरा पक्राउ परेका हुन । फुलबरिया टोलमा गाइपालन गर्दै आएका […]

हत्या आरोपमा एक पक्राउ

धारिलो हरियार प्रयोग गरी हत्या गरेको आरोपमा प्रहरीले झापाको दमकबाट एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापा दमक नगरपालिका–१ का २० वर्षीय अर्जुन लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको...

हत्या आरोपमा चार पक्राउ

सप्तरी। रुपनी गाउँपालिका–१ रायपुरका ५२ वर्षीय रामदल यादवको हत्या आरोपमा प्रहरीले सोही ठाउँका चार युवकलाई आज पक्राउ गरेको छ। धारिलो हतियारले निर्घात कुटपिट गरेर हत्या गरेको आरोपमा मनोज यादव, विनय यादव, मुकेश यादव र मुकेश पासवानलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका रामदलसँग गत बुधबार झगडा गरेको र कुटपिट गरेर धारिलो हतियार प्रहार गरेको बताए। रासस

अपहरण गरी हत्या गरेको आरोपमा दुई पक्राउ

आफ्नै काकाको छोराको अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । सिरहाको मिर्चैया नगरपालिका–७ निवासी शिवकुमार यादवको अपहरण गरी हत्या गरेको आरोपमा शिवकुमारका काकाको छोरा विष्णु यादव र उनका सालो इन्द्रदेव यादवलाई प्रहरीले पक्राउ गरेको हो । शिवकुमारको गत चैत ८ गते राति हत्या भएको थियो । हत्या भएको अवस्थामा शिवकुमारको शव मिर्चैया नगरपालिका–१ स्थित आँपको बगैँचामा फेला परेको थियो ।शिवकुमारको हत्या उनकै काकाका छोरा विष्णु यादव इन्द्रदेव यादवले मिलेर गरेको अ

भागरथीको हत्या गर्ने पक्राउ

दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलत्कार गरेर हत्या गर्नेलाई प्रहरी पक्राउ गर्न सफल भएको छ । दुई साता सम्म प्रहरीको टाउको दुःखाई बनेको भागरथीको हत्या गरेको आरोमा सनातन धर्म मा.वि. मा कक्षा ११ मा पढ्ने उनकै गाउँको किशोर पक्...