घरजग्गा क्षेत्र चलायमान बनाउन 'नेपाल जग्गा तथा आवास विकास महासंघ'ले दियो ७ बुँदे सुझाव

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ (NLHDF)ले घरजग्गा क्षेत्रलाई चलायमान बनाए मात्रै देशको आर्थिक संकट टर्ने बताएको छ । महासंघले यसकालागि नीतिगत सुधार जरूरी रहेको पनि बताएको छ । जग्गा तथा आवास विकास महासंघ गठन गरिएको बारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा महासंघले सरकोरवाला निकायलाई ७ बुँदे सुझाव दिएको छ । संघले लामो समयदेखि एकल अंकको ब्याजदर कायम गर्न र सकेसम्म ब्याज क्यापिटलाइज्ड गर्नुपर्ने विषयलाई मुख्यरुपमा उठाउँदै आएको भन्दै जग्गाको मूल्य र कर्जा धितोको अनुपात (Loan to Value Ratio) बढाउनुपर्ने बताएको छ ।  त्यस्तै, भू-उपयोग कानूनको प्रभावकारी कार्यान्वयन गरी कित्ताकाट गर्न पाउनुपर्ने, Registered Broker (सरकारबाट लाइसेन्स प्राप्त ब्रोकर) हरु मार्फत मात्रै घरजग्गा खरीदविक्री गर्ने कानूनी व्यवस्था गर्न माग गरेको छ । नियमनकारी निकायको गठन गरी आफैलाई नियमन गर्न अनुरोध गरेको भन्दै रियल इस्टेट व्यवसायीहरुलाई पनि लाइसेन्सको व्यवस्था गर्न र सरकारबाट लाइसेन्स लिएका व्यवसायीहरुले मात्रै देशभर घरजग्गाको विकास, विक्रीलगायत काम गर्न पाउनु पर्ने महासंघको माग छ ।  जग्गा एवं सामूहिक प्रयोगको क्षेत्र (Common Space) को स्वामित्व हस्तान्तरणको विषय पनि समस्याको रुपमा रहेको भन्दै  विदेशीले नेपालमा अर्पाटमेन्ट खरीद गर्न पाउने व्यवस्था गर्ने विषयमा पनि ऐन कानून बनाएर तत्काल लागू गर्न सुझाएको छ । 'विदेशी मुद्रा सञ्चितिमा यो व्यवस्थाले ठूलो भूमिका निर्वाह गर्न सक्ने भएपनि यसको कार्यान्वयन नहुँदा  घरजग्गा व्यवसायी दुखित छौं', महासंघका अध्यक्ष भेषराज लोहनीले भने । महासंघले व्यवस्थित बसोबास तथा शहरीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि हदबन्दी छुट दिने विषय र ल्याण्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथै ठूलाठूला शहरी विकास आयोजना (Township Development Project) मा निजी क्षेत्रलाई सहभागी गराउनु पर्ने माग राखेको छ । महासंघ घरजग्गा क्षेत्रलाई क्रियाशिल व्यवसायीहरुको हकहितमा निरन्तररुपमा पैरवी गर्दै आइरहेको भन्दै नेपालमा रियल इस्टेट क्षेत्रको विकास तथा यसको स्वच्छ विस्तार र प्रतिस्पर्धाका लागि एनएलएचडीएफले काम गरिरहेको अध्यक्ष लोहनीले बताए । 'घरजग्गा व्यवसायलाई उद्योगको रुपमा विस्तार गर्न यस महासंघले विभिन्न ढंगबाट आफ्नो क्रियाकलाप अगाडि बढाउँदै लगेको छ,' लोहनीले भने, 'महासंघले संगठन विस्तार तथा सुदृढीकरणका लागि कार्य गर्नुपर्ने, लिमिटेड कम्पनी स्थापना गरी ठूलाठूला रियल इस्टेट आयोजनाहरु संचालन गर्नुपर्ने जस्ता विविध विषयमा विशेष जोड दिँदै आएको छ ।' पछिल्लो समय देशको अर्थतन्त्रमा विभिन्न समस्याहरु देखा परेका अवस्थामा सबैभन्दा बढी पीडा र समस्यामा घरजग्गा व्यवसाय तथा यसमा आबद्ध व्यवसायीहरु पनि परेको महासंघले बताएको छ। महासंघको विज्ञप्तीमा थप भनिएको छ, 'देश विषम आर्थिक अवस्थामा गुज्रिरहेको वर्तमान परिप्रेक्ष्यमा देशभर सक्रिय घरजग्गा व्यवसायीहरुले भोगिरहेको समस्या र यसको समाधानका लागि महासंघले विभिन्न ढंगबाट सरकार तथा सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गरिरहेको छ। मुलुकमा व्यवस्थित जग्गा तथा आवास विकासको प्रवर्द्धनका लागि हामीले सरकारलाई राय, सल्लाह एवं सुझाव दिँदै आफ्ना गुनासो सम्बोधनका लागि समेत प्रयास गरिरहेका छौं ।' २०७९ वैशाख ०९ गते स्थापना भएको नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएलएचडीएफ) को प्रथम महासभा ०७९ चैत १८ गते आयोजना भएको थियो । सभाले आगामी दुई वर्षका लागि लोहनीको नेतृत्वमा कार्यसमिति चयन गरेको थियो । पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष  दीपककुमार मल्होत्रा, उपाध्यक्षद्वय  राजकुमार राई एवं विदुर धमला, महसचिव  विष्णु (ध्रुव) प्रसाद घिमिरे, सचिव  रामसुन्दर बके र कोषाध्यक्ष श्री रोशन कुमार भोययो रहेका छन् । त्यसैगरी प्रदेशबाट प्रतिनिधित्व गर्ने ४ जना सदस्यहरुमा घनश्याम पोखरेल (कोशी प्रदेश), अरुण स्तोम त्रिपाठी (गण्डकी प्रदेश),  बाबुराम अधिकारी (बागमती प्रदेश) एवं  दशरथ पौडेल (लुम्बिनी प्रदेश) र २ जना खुला सदस्यहरुमा श्रीधर महरा क्षेत्री (दाङ) र पूर्णिमा राजभण्डारी (काठमाडौं) रहेका छन् । महासंघले यसअघि अर्थमन्त्री, शहरी विकास मन्त्री र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रीलाईआफ्ना माग तथा सुझावहरु प्रस्तुत गरिसकेको जनाएको छ ।

सम्बन्धित सामग्री

आवास विकास महासंघले वैशाखमा हाउजिङ सम्मेलन गर्ने

काठमाडौं : नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ।शनिबार पोखरामा १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो।आइतबार दोस्रो महासभा बैठकका निर्णयहरूबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालीन र उपस्थितिको हिसाबले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताए।उनले संगठनलाई मजबुत बनाउने कुराम

बजेट अभावले सुदूरपश्चिममा जनता आवास कार्यक्रम अलपत्र

१८ माघ, धनगढी । सुदूरपश्चिममा संघीय सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गरेको जनता आवास कार्यक्रम अलपत्र परेको छ । कार्यक्रम कार्यान्वयनको जिम्मा पाएको शहरी विकास तथा भवन कार्यालय धनगढीले प्रदेश सरकारले पर्याप्त बजेट नपठाएपछि जनता आवास कार्यक्रम कार्यान्वयनमा लैजान सकेको छैन । आर्थिक वर्ष २०७८/७९ मा कैलालीमा ४६० र कञ्चनपुरमा ५७५ गरी जम्मा एक हजार ३५ […]

राष्ट्रिय आवास कम्पनीमा भद्रगोल

सहरी विकास मन्त्रालयको मातहतमा रहेको राष्ट्रिय आवास कम्पनीमा कार्यकाल सकिनुभन्दा एक दिनअगाडि महाप्रबन्धकले ५४ जना करारमा कर्मचारी नियुक्त गरेका छन्।...

जग्गा तथा आवास विकास संघको अध्यक्षमा धमला

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला चयन भएका छन् । बुधबार सम्पन्न संघको १६औँ साधारणसभाले उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो ।  सभाले अध्यक्षसहित सातजना पदाधिकारी र सातजना सदस्य पनि...

महालक्ष्मीको ‘आवास र व्यावसायिक कर्जा’

महालक्ष्मी विकास बैंकले १२.९९ प्रतिशत ब्याजदरमा आवास र व्यावसायिक कर्जा दिने घोषणा गरेको छ।

महालक्ष्मी विकास बैंकले ल्यायो आवास र व्यावसायिक कर्जामा आकर्षक योजना

काठमाडौं । महालक्ष्मी विकास बैंकले आवास र व्यावसायिक कर्जामा आकर्षक योजना ल्याएको छ । आवास कर्जा र उद्यम गर्न इच्छुक ग्राहकलाई लक्षित गरी उद्यमशील कर्जा अन्तर्गत विशेष कर्जा सुविधा योजना सार्वजनिक गरिएको बैंकले जनाएको छ । आवास कर्जा योजना अन्तर्गत ‘सपनाको सानो घर प्यारो घर, अब पूरा हुनेछ सबैको रहर’ धितो मूल्यांकनमा उच्चतम कर्जा प्रवाह […]

आवास विकास संघको १५औं साधारणसभा : महासंघ गठन गर्ने प्रस्ताव पारित

नेपाल जग्गा तथा आवास विकास संघको १५औं साधारणसभा सम्पन्न भएको छ । अध्यक्ष इच्छाबहादुर वाग्लेको सभापतित्वमा संघले काठमाडौंमा साधारणसभा सम्पन्न गरेको हो । साधारणसभाले संघ समेतको पहलमा नेपाल जग्गा तथा आवास विकास महासंघ गठन गर्ने प्रस्तावलाई अनुमोदन गरेको छ ।साधारणसभा उद्घाटन गर्दै अध्यक्ष वाग्लेले संघका सदस्यहरूले संघको आर्थिक सुदृढीकरणका लागि सक्दो योगदान गर्नुपर्ने, कित्ताकाट फुकुवा हुनुपर्ने, शहरी विकास विधेयकलाई अन्तिम रूप दिई ऐनको रूपमा कार्यान्वयनमा ल्याउनुपर्ने, हाउजिङ्ग प

आवास तथा बस्तीसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

आवास तथा बस्तीसम्बन्धी दुईदिने अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सुरु हुँदै छ । सहरी विकास मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सम्मेलनको सहयोग र एसिया सेल्टर फोरम आयोजक समिति सदस्यहरूको प्राविधिक...

जुम्लाका २५० विपन्नले पाए सुरक्षित आवास

जुम्ला – तातोपानी गाउँपालिका–२ जर्मी गाउँका हरिसिंह दमाईले सुरक्षित आवास पाएपछि निकै खुसी छन् । आर्थिकस्थिति कमजोर भएका दमाई पुरानो जीर्ण घरमा बस्दै आएका थिए । उनलाई वडाले जनता आवास निर्माणका लागि छनोट गरेको थियो । भने, पूर्वाधार विकास कार्यालय प्राविधिक सहयोगमा निर्माण भएको भूकम्प प्रतिरोधी सुरक्षित आवास पाउँदा दमाई मख्ख छन् । गएको केही […]