काठमाडौं । दशैं सुरु भएदेखि अहिलेसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ६६३ जना चालकलाई उपत्यका ट्राफिक प्रहरीले कारबाही गरेको छ। चाडपर्वका बेला मादक पदार्थ सेवन गरी सवारी चलाउने प्रवृत्ति नियन्त्रण गर्न ट्राफिक प्रहरीले चेकजाँचलाई तीव्रता दिएको छ। ट्राफिक नियमको पालना गर्न र सम्भावित दुर्घटनाबाट बच्न प्रहरीले चालकलाई सचेत रहन आग्रह गरेको छ।
महँगी, सार्वजनिक सेवाको अवस्था र शैक्षिक समस्याविरुद्ध भएका प्रदर्शनका क्रममा हिंसा र लुटपाट भएपछि फ्रान्सका विभिन्न सहरमा आंशिक कर्फ्यु लगाइएको छ। नागरिक, पसल तथा व्यावसायिक सम्पत्तिको सुरक्षा गर्न सरकारले निश्चित क्षेत्रमा रात्रिकालीन आवागमनमा रोक लगाएको हो। प्रधानमन्त्री सेबास्तियाँ लेकोर्नुले सोमबार स्थानीय अधिकारीहरूलाई आवश्यक स्थानमा सीमित कर्फ्यु लागू गर्न निर्देशन दिएका थिए। त्यसपछि पेरिस, लिल र […]
गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्रमा पर्ने निषेधित क्षेत्रमा अनुमति लिएर भ्रमण गरेका विदेशी पर्यटकबाट बर्सेनि करोडौँ राजस्व संकलन हुने गरेको छ । विदेशी नागरिकका लागि निषेधित उपल्लो मुस्ताङ र मनाङको नार फू क्षेत्रमा अनुमति लिएर भ्रमण गर्न पाउने व्यवस्था छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका अनुसार निषेधित क्षेत्र घुमेका पर्यटकबाट प्रवेश शुल्कबापत गत आवमा रु २१ […]
प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीको प्रशिक्षण शिविर छाडेका पोर्चुगलका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध लगाइएको छ। पोर्चुगल फुटबल संघको अनुशासन परिषद्ले सोमबार ४१ वर्षीय खेलाडीविरुद्धको आरोप सदर गर्दै २५५ युरो जरिवानासमेत गरेको हो। टोलीमा आफ्नो भूमिकालाई लिएर मुख्य प्रशिक्षक जर्ज जेसुससँग मतभेद भएपछि रोनाल्डोले डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि कोपनहेगनस्थित टोलीको शिविर छाडेका थिए। त्यसअघि […]
भारतले क्यान्सर उपचारमा प्रयोग हुने १३७ औषधिको व्यापारिक मार्जिन नियन्त्रण गर्ने निर्णय गरेसँगै नेपालमा औषधिको मूल्य र निःशुल्क उपचारको दायराबारे प्रश्न उठेको छ। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारको बजेटमा बाल क्यान्सरको निःशुल्क उपचार उल्लेख भए पनि त्यो भारतले अपनाएको औषधि मूल्य नियन्त्रणभन्दा फरक व्यवस्था हो। भारतको राष्ट्रिय औषधि मूल्य निर्धारण प्राधिकरणले छानिएका औषधिको व्यापारिक मार्जिन […]