काठमाडौँ । लोक सेवा आयोगले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगले आइतबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो । काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको वि.नं. ४१-४६/०७९-८० (खुला तथा समावेशी), तह ५, विभिन्न सेवा, समूहका पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको हो । हेर्नुहोस् नतिजा :
दैलेख । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताएका छन् । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उनले बताए। जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई […]
मेयरलाई संयुक्त निवेदन दिँदै उनीहरूले विषयगत समितिको संयोजक पदमा रहन, तोकिएका जिम्मेवारी कार्यपालिकाको बैठकबाट अनुमोदन नभएको अवस्थामा उपयुक्त नदेखिने बताएका छन्।
इजरायली हवाई आक्रमणमा हमासका सैन्य प्रमुख मुहम्मद सिनवार मारिएका छन । गत साता भएका इजरायली हवाई आक्रमणमा हमासका गाजाका डिफ्याक्टो सैन्य कमाण्डर मुहम्मद सिनवार मारिएको बताइएको छ। आइतबार सार्वजनिक रिपोर्टहरूअनुसार उनको शव खान युनिसको एउटा सुरुङभित्र फेला परेको हो। मुहम्मद सिनवार, अघिल्लो अक्टोबरमा इजरायली डिफेन्स फोर्स द्वारा मारिएका हमासका गाजास्थित पूर्व नेता याह्या सिनवारका कान्छा […]