बेपत्ता युवकको शव भेटियो

काठमाडौं : पूर्वी नवलपरासीको विनयत्रिवेणी गाउँपालिका–३ सर्दीस्थित डम्रे खोलाले बगाएर बेपत्ता भएका एक युवकको शव फेला परेको छ।बझाङ स्थायी घर भई २४ वर्षीय लक्ष्मण बोहोरा माछा मार्ने क्रममा बेपत्ता भएका थिए। उनको शव सशस्त्र प्रहरी बल नेपाल औद्योगिक सुरक्षा वेश सर्दीबाट खटिएको सशस्त्र प्रहरीले उनको शव पानीमा डुवेको अवस्थामा फेला पारेको हो। 

सम्बन्धित सामग्री

सानोभेरीमा युवकको शव भेटियो

१ भदौ, दाङ । रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । सानीभेरी गाउँपालिका–४ स्थित सानीभेरी नदीको बीचको टापुमा अन्दाजी ३० वर्षिय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालयले रुकुम पश्चिमले जनाएको छ । प्रहरी नायव उपरीक्षक बिष्णुप्रसाद सोतीका अनुसार नदीको बीचमा अड्किको अवस्थामा भेटिएको शव निकालिएको छ । मृतकको पहिचान भने […]

सानीभेरी नदीमा एक युवकको शव भेटियो

रुकुम पश्चिमको सानीभेरी नदीमा एक युवकको शव फेला परेको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ४ स्थित सानीभेरी नदीको विचमा बनेको टापुमा बुधबार अन्दाजी २९, ३० वर्षीय युवकको शव...

रौतहटमा दुई भारतीय युवकको शव भेटियो

१९ असार, रौतहट । रौतहटको नुनथरस्थित बाग्मती नदीमा पौडी खेल्ने क्रममा वेपता भएका दुई युवकको शव फेला परेको छ । शनिबार चन्द्रपुर–१ पौराही नुनथरको बाग्मती खोलामा पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई युवकको शव आइतबार प्रहरीले फेला पारेको हो । पौडी खेल्ने क्रममा भारत सीतामढी कोट बजार बस्ने वर्ष २४ का मयंक अग्रवाल र वर्ष […]

स्वयम्भुमा एक युवकको शव भेटियो

स्वयम्भुस्थित भगवान पाउ नजिकै युवकको शव भेटिएको छ । करिब २२ वर्षीय युवकको शव भेटिएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । भगवान पाउ स्थित सामुदायिक प्रहरी बिट नजिकै मृत भेटिएका युवकको पहिचान खुलेको छैन । शवको टाउको भुईँमा ठोक्किएको र मुखबाट रगत बगेको अवस्थामा भेटिएको छ ।ट्राफिक प्रहरीको बिट नजिकै मृत भेटिएका युवाको अनुहारमा चोट छ, मुखबाट रगत बगेको छ । मृतकको पहिचान खुलेको छैन् । शव पोष्टमार्टमका लागी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको छ । महानगरीय प्रहरी वृत स्वयम्भुले हत्या

भगवान पाउ नजिक युवकको शव भेटियो

काठमाडौं, २ बैशाख । स्वयम्भुको भगवान पाउ नजिक एक युवकको शव भेटिएको छ । अन्दाजी २६ वर्षीय युवकको शव भगवान पाउ नजिक जंगलमा भेटिएको प्रहरीले जनाएको छ । मृतक युवकको अनुहारमा चोट लागेको छ । प्रहरीको कुुकर सहितको टोली घटनास्थलमा पुगेको छ ।

खोलामा युवकको शव भेटियो

गुल्मी, १० चैत्र । गुल्मीमा एक युवकको शव फेला परेको छ । रमौडीस्थित बडिगाड खोलामा आज बिहान रुरुक्षेत्र गाउँपालिका–५ घर भएका किरण गिरीको शव फेला परेको प्रहरीले जनाएको छ । २३ वर्षीय गिरी बुधबार पौडी खेल्ने क्रममा बेपत्ता भएका थिए ।

युवकको शव भेटियो चन्द्रागिरिमा

काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ । वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरीले बताएको छ । अहिले एसपीको नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको छ ।

बेपता युवकको शव भेटियो

जनकपुरधाम– पोखरीमा नुहाउने क्रममा बेपता भएका युवकको शव भेटिएको छ । शुक्रबार पोखरीमा नुहाउने क्रममा बेपता भएको युवकको शव आज बिहान जनकपुरधामको धनुष सागरमा फेला परेको हो । जनकपुरधामकै कटैया चौरी घर भएका अन्दाजी ३५ वर्षीय सन्तोष सहनीको शव फेला परेको धनुषाका प्रहरी उपरीक्षक प्रकाशराणा भाटले जानकारी दिए । उनका अनुसार युवक बेपत्ता भएको कुरा […]

सिरहामा अपिरिचत युवकको शव भेटियो

सिरहा । लहान नगरपालिका ३ बलान नदी नजिककै एक अपरिचित युवकको शव फेला परेको छ । अन्दाजी ३५ वर्षको जस्तो देखिने युवकको हत्या गरी फालिएको हुनसक्ने प्रहरीले बताएको छ ।प्रहरीले आवश्यक प्रकृया पुरा गरी युवकको शव पोष्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा राखेको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

वीरेन्द्रनगरमा युवकको शव भेटियो

२ वैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा एकजना युवकको शव फेला परेको छ । वीरेन्द्रनगर नगरपालिका -८, स्थित कभर्डहल अगाडि खुल्ला चौरमा आज बिहान शव फेला परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । डीएसपी घर्तीका अनुसार शव चिङ्गाड गाउँपालिका-६, घर भई हाल वीरेन्द्रनगर-१२ स्थित भावर टोलमा बस्दै आाएका ३५ […]