काठमाडौँ । काठमाडौँको चन्द्रागिरि नगरपालिकास्थित सडकमा युवकको शव फेला परेको छ । वडानम्बर ४ स्थित चित्लाङ जाने सडकमा ३० वर्षीय सुजन लामाको शव भेटिएको प्रहरीले बताएको छ । अहिले एसपीको नेतृत्वको टोली र अपराध महाशाखाको टोली घटनास्थलमा पुगेको छ । शवको फोरेन्सिक जाँचका कारण चिकित्सकको टोली पनि घटनास्थल पुगेको छ ।