पुल सञ्चालन गर्न आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतका केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्।...

सम्बन्धित सामग्री

विकास निर्माणमा विलम्ब नगर्न जनप्रतिनिधिको आग्रह

राँझा, १५ वैशाख । बाँकेको खजुरा गाउँपालिकामा सडक तथा पुल निर्माणमा भएको ढिलासुस्तीप्रति स्थानीय तहका जनप्रतिनिधिले चासो र चिन्ता व्यक्त गरेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत खजुरामा निर्माणाधीन चारलेन सडक, परसपुर गौघाट सडक र किरणनाला पुलमा ढिलाइ हुँदा जनताले सास्ती बेहोर्नुपरेकाले यथाशीघ्र काम सञ्चालन गराउन जनप्रतिनिधिले सडक डिभिजन कार्यालय नेपालगञ्जलाई आग्रह गरेका छन् […]

पुल सञ्चालन र अन्य सेवासुविधा दिन भारतीय गृहमन्त्री अमित साहलाई आग्रह

सीमावर्ती भारतको जोगबनी बजार नजिक रहेको मिरगञ्ज पुल सञ्चालनमा ल्याउन भारतक केन्द्रीय गृहमन्त्री अमित साहलाई विराटनगरका उद्योगी व्यवसायीले माग राखेका छन्। मन्त्री साहलाई पुल सञ्चालनका साथै भारतमा नेपालीहरुलाई विभिन्न सेवा सुविधान दिनसमेत आग्रह गरिएको छ।...

मिरगञ्ज पुल सञ्चालन गर्न भारतीय गृहमन्त्रीलाई मोरङ व्यापार संघको आग्रह

मिरगञ्ज पुल सञ्चालनको माग गर्दै मोरङ व्यापार संघले भारतीय गृहमन्त्री अमित साहलाई ज्ञापन पत्र बुझाएको छ । व्यापार संघका वरिष्ठ उपाध्यक्ष अनुपम राठीको नेतृत्वमा गएको टोलीले भारतीय गृहमन्त्री साहसँग यस्तो माग गरेको हो । बिहार आएका गृहमन्त्री साहलाई किसनगँजको माँ गुजरी मेडिकल कलेजमा भेट गर्दै अनुपम राठीसहित कार्यकारिणी सदस्यद्वय गोपाल अग्रवाल र विनीत सिंघानीयाले ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापन पत्र बुझाउँदै साहले माग सम्बोधन गर्ने आश्वासन दिएका छन् । ज्ञापन पत्रमा २०२२ जनवरी ६ देखि बन्द

मिरगन्ज पुल सञ्चालन गर्न आग्रह

सुनसरी मोरङ क्षेत्रका उद्योगीले शुक्रबार भारत अररिया जिल्लाकी डिस्ट्रिक मजिष्ट्रेट (डीएम) इनायत खानलाई ज्ञापनपत्र बुझाउँदै जोगवनी नाका जोडने क्षतिग्रस्त मिरगञ्ज पुल चाँडो सञ्चालन गर्न आग्रह गरेका छन्  ।

कर तिरेर मात्र मनोरञ्जन क्षेत्र सञ्चालन गर्नु ः महानगरपालिका

काठमाडौं : काठमाडौ महानगरपलिकाले महानगर क्षेत्रभित्र सञ्चालन हुने  सिनेमा हललाई मनोरञ्जन कर तिर्न आग्रह गरेको छ। बुधबार एक सूचना  सार्वजनिक गर्दै  महानगरलाई मनोरञ्जन कर तिरी नवीकरण गरेर मात्र सञ्चालन गर्न आग्रह गरेको छ। महानगरपालिका क्षेत्रभित्र रहेका चलचित्र हल, क्यासिनो, भिडियो घर, कन्सर्ट, दोहोरी साँझ, डान्सबार तथा नाइट क्लब, सास्कृतिक प्रदर्शन हल, थिएटर र नाटक घरलाई महानगरले मनोरञ्जन कर तिर्न भनेको छ।फनपार्क, वाटर गार्डेन, बाल उद्यान, फुटसल, जुम्बा, मसाज एवम् स्

मीरगञ्ज पुल आंशिक सञ्चालन

विराटनगर । विराटनगर नाका जोड्ने भारतको बथनाहास्थित परमाणा नदीको पुल बिहीवारदेखि सञ्चालनमा आएको छ । निर्माणाधीन नयाँ चार लेनको पक्की पुल सञ्चालनमा आएसँगै विराटनगरका उद्योगी–व्यवसायी उत्साहित बनेका छन् । पुरानो बेलिब्रिज पुसमा भासिएपछि जोगवनीबाट विराटनगर भन्सार आउने सामग्री सुनसरीको भण्टाबारी नाका हुँदै ल्याउने गरिएको छ । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले लामो समयदेखि मीरगञ्ज पुल जीर्णोद्वारको लागि गरिएको पहल सार्थक भएको प्रतिक्रिया दिए । भारतले नयाँ निर्माण गरेको पुल आंशिक रूपमा सञ्चालनमा आएको संघका अध्यक्ष रिजालले जानकारी दिए । मोरङ–सुनसरी औद्योगिक कोरिडोरका औद्योगिक प्रयोजनका सवारीसाधन व्यवस्थापन अब सहज हुने अपेक्षा राखिएको छ । गत पुसमा पुरानो पुल भत्किएपछि सुनसरीको भण्टाबारीस्थित सेतुबन्ध नाकाबाट मालवाहक सवारी रि–रुट गर्ने गरिएको थियो । १६ वर्षदेखि मीरगञ्ज पुलले कोरिडोरका उद्योगी–व्यवसायीलाई हैरान दिँदै आएको छ । पुरानो जीर्ण अवस्थाको पुललाई मर्मत गर्दा पनि दीर्घकालीन रूपमा त्यसले समाधान दिएको छैन् । जसले गर्दा व्यवसायीहरू वर्षेनि झन्झट बेहोर्न बाध्य छन् । भारतबाट विराटनगर भन्सार कार्यालय आउने मालवाहक सवारीसाधनले मीरगञ्ज पुल (पुरानो) अवरुद्ध भएका कारण भीमनगर–भण्टाबारी नाका प्रयोग गर्दै आएका छन् । यसो गर्दा नेपाली आयातकर्ताले प्रतिसवारीसाधन करिब २५ हजार रुपैयाँ थप व्ययभार बेहोर्नुपर्छ । पुल सञ्चालन गर्न विराटनगरका उद्योगीले भारतको सडक, राजमार्ग मन्त्री, अररियाका डीएम, फारबिसगञ्जका एसडीओ, पटनाका कस्टम्स कमिशनर लगायत नेशनल हाइवे अथोरिटी अफ इन्डियाका अधिकारीलाई आग्रह गरेका थिए ।

तातोपानी नाका व्यवस्थित गर्न सभामुखको आग्रह

सभामुख अग्निप्रसाद सापकोटाले तातोपानी नाका व्यवस्थितरुपमा विस्तार गर्न चीनसँग आग्रह गर्नुभएको छ । शुक्रबार जनवादी गणतन्त्र चीनको राष्ट्रिय जनकंग्रेसको स्थायी समितिका अध्यक्ष लि चाङ्सुसँगको बैठकमा उनले कोभिड–१९ का कारण सीमित आयात निर्यात हुँदै आएको तातोपानी र केरुङलगायत नाकालाई अझ व्यवस्थितरुपमा विस्तार गरी सहज ढङ्गले सञ्चालन गर्न जोड दिएका हुन् । तातोपानीको लिपिङमा रहेको मितेरी पुल नेपाल र चीनबीचको मित्रताको प्रतिक भएको बताउँदै सभामुख सापकोटाले दुई देशबीचको सम्बन्धलाई जनताको तहसम्म पु

अस्थायी रूपमा पुल चलाउन पहल

विराटनगर हुँदै भारतको बथनाहा–जोगबनी खण्डमा रहेको क्षतिग्रस्त पुलको विकल्पमा निर्माणाधीन नयाँ पुललाई अस्थायी रुपमा सञ्चालन गरी आयात निर्यात सहज बनाउन आग्रह गरिएको छ ।

उडायो निर्माणाधीन पुल

धादिङ । शनिवारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महीनाभित्र सवारीसाधन सञ्चालन गर्न सक्ने गरी तीव्ररूपमा निर्माण भइरहेको पुल हुरीका कारण ढलानका लागि ठिक पारिएको ट्रस उडाएपछि निर्माण समेत रोकिएको गाउँपालिका उपाध्यक्ष राधा तिमल्सिनाको भनाइ छ ।   पुलको निर्माण तीन वर्षअघि शुरू गरिएको थियो । हुरीबतासले उडाए पनि छिट्टै ढलानका लागि काम गरिने योजना बनाउन ठेकेदार कम्पनीलाई आग्रह गरिएको उपाध्यक्ष तिमल्सिनाले बताइन् । रासस