पूर्व–पश्चिम राजमार्गको विर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट आज एक पैदलयात्रीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–१० का ४० वर्षीय यामनाथ राय रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मे १ ख १९५२ नम्बरको ट्रकले ठक्कर दिँदा सोमवार राति उनी घाइते भएका थिए ।
घाइते रायको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारकै क्रममा आज बिहान मृत्यु भएको प्रहरीको भनाइ छ ।
दुर्घटनामा संलग्न ट्रक र चालक इलाम सन्दकपुर–३ का रोशन लिम्बूलाई इलाका प्रहरी कार्यालय अनारमनी...