काठमाडौँ– इराकी प्रधानमन्त्रीको निवासमा ड्रोन हमला भएको छ । प्रधानमन्त्री मुस्तफा अल–कादिमी भने ड्रोन हमलाबाट बच्न सफल भएका छन् । राजधानी बग्दादको ग्रीनजोनमा रहेको प्रधानमन्त्री निवासमा विष्फोटक पदार्थ बोकेको ड्रोनबाट हमला गरिएको सीएनएनले जनाएको छ । प्रधानमन्त्री कादिमीको हत्या गर्ने उद्देश्यले आक्रमण गराइएको इराकी अधिकारीहरूले बताएका छन् । ड्रोन आक्रमणबाट इराकी प्रधानमन्त्री घाइते भएको र […]