अतिरिक्त शुल्क लिने मेडिकल कलेजलाई कारबाही गर्न माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले नियम विपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेशनल मेडिकल कलेजलाई कारवाही गर्न माग गरेको छ।

सम्बन्धित सामग्री

विद्यार्थीलाई कक्षाकोठाबाट निकालिएको भन्दै नेविसङ्घको विरोध

काठमाडौँ । काठमाडौँ मेडिकल कलेज र विराट मेडिकल कलेजले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई कक्षाकोठाबाट निस्काशन गरेको भन्दै नेविसङ्घले विरोध गरेको छ । नेविसङ्घले आज काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा विरोध कार्यक्रम गरी चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क लिने मेडिकल कलेजलाई तत्काल कारबाही गर्न माग गरेको हो । नेविसङ्घका पूर्वकोषाध्यक्ष शिव रिमालले मेडिकल कलेजले लिँदै आएको […]

बढी शुल्क लिने केएमसीविरुद्ध उजुरी

तोकेभन्दा बढी शुल्क लिइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध पीडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । एमबीबीएसमा ४० लाख र बीडीएसमा ७ लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै उनीहरूले कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेर प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

बढी शुल्क लिने केएमसीविरुद्ध उजुरी

तोकेभन्दा बढी शुल्क लिइरहेको काठमाडौं मेडिकल कलेज (केएमसी) विरुद्ध पीडित विद्यार्थी र अभिभावकले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उजुरी दिएका छन् । एमबीबीएसमा २० लाख र बीडीएसमा ७ लाख रुपैयाँ अतिरिक्त शुल्क लिइएको भन्दै उनीहरूले कलेज सञ्चालकलाई कारबाही गर्न माग गरेर प्रशासन कार्यालयमा निवेदन दिएका हुन् ।

ट्याक्सीले लिने ‘डेढी’कै शैलीमा चर्को शुल्क अशुल्दै पठाओ

राइड सेयरिङ कम्पनी पठाओ नेपालले उपभोक्तालाई अतिरिक्त शुल्को भार बोकाएको फेला परेको छ । यसअघि कोरोनाको समयमा ‘राइडर’बाट पीपीई सेटको नाममा एक जना बराबर २ हजार रुपैयाँ उठाएर पछि फिर्ता नदिएको पठोआले अहिले अतिरिक्त शुल्क (सर्ज चार्ज)को नाममा उपभोक्ता ठगी गर्दै आएको गुनासो सार्वजनिक भएको छ ।बिहान कार्यालय समय र साँझ कार्यालय छुट्टि हुने समयमा पठाओले अतिरिक्त शुल्क बढी लिने गरेको छ । सर्ज चार्जको नाममा उपभोक्ताबाट बढी शुल्क अशुलेर ट्याक्सीकै सहर मूल्य पुर्याउने गरी पठाओले उपभोक्ता ठगी रहेको गुनासो पछिल्लो समय बढ्न थालेको छ ।राइडर भन्छन्, ‘हामीलाई नै जानकारी छैन’सेवाग्राहीले बाध्य भएर ‘रिक्वेष्ट’ पठाउने र बाईक वा स्कुटर चढिसकेपछि पठाओले किन भाडा बढाएछ भनेर आफूहरुलाई सोध्ने गरिएको राइडर बताउँछन् । तर, किन र कसरी भाडा बढ्यो भन्ने जानकारी कम्पनीले आफूहरुलाई पनि नदिएको पठाओ राइडर निराजन श्रेष्ठ बताउँछन् ।राइडहरुलाई मात्रै नभई, प्रयोगकर्तालाई विभिन्न माध्यमबाट पूर्व सूचना दिन सकिने भएपनि कम्पनीले यसो गरेको छैन । कति यात्रा गर्दा सर्ज चार्ज कति ? सर्ज चार्ज निर्धारणका आधार के हुन् ? लगायतका विषयमा पठाओले कहीँ कतै कुनै जानकारी राखेको छैन ।आफ्नै पेजबाट वा निरन्तर पठाईरहने ‘नोटिफिकेशन वा म्यासेज’बाट प्रयोगकर्तालाई यस विषयमा सूचना दिन सक्ने भएपनि अहिलेसम्म आफूले कुनै सूचना नपाएको तर, प्रयोग गर्ने बेलामा यसअघि आफूले तिर्दै आएको भन्दा ३० देखि ४० प्रतिशतसम्म अतिरिक्त शुल्क तिर्नुपरेको उपभोक्ता सुरज पाठकको गुनासो छ ।के भन्छ पठाओ ?पठाओ कम्पनी भने यो अभ्यास संसारभरी भएको दाबी गर्छ । पठाओ नेपालका ‘कन्ट्री डाइरेक्टर’ अशिममान सिंह बस्नेत सर्ज चार्जको अभ्यास संसारभरी नै रहेको र नेपालमा पनि पठाओले सुरुदेखि नै यो ‘अप्सन’ राखेको बताउँछन् ।‘यो विश्वव्यापी अभ्यास हो, माग बढ्दा र आपूर्ति कम हुँदा मूल्य बढेजस्तै माग धेरै हुँदा सर्ज चार्ज लाग्छ’ बस्नेत भन्छन्, ‘यदि तपाईलाई १०÷२० मिनेट ढिला गरी गन्तव्यमा पुग्दा पनि हुन्छ भने त्यो समयमा यात्रा नगर्न सकिन्छ, बुक कम हुँदै गएपछि सर्ज चार्ज आफैँ घट्दै जान्छ ।’‘२०१८ देखि नै यो सिस्टम छ, लन्च गर्दैदेखिको सिस्टम हो, तर २०१९ बाट हामीले डाइनामिक सर्ज चार्जको सिस्टम सुरु गरेका हौँ’ बस्नेछ थप्छन्, ‘२० देखि २५ प्रतिशत मात्रै बढ्ने बनाएका छौँ, उदाहरणको लागि टोखाको ग्राण्डी छेउतिरबाट १० जनाले रिक्वेष्ट गर्नुभयो भने त्यहाँ पठाओ राइडर उपलब्ध नहुन सक्छन्, तल सामाखुशी तिरबाट हेर्दा सर्ज लागेको रहेछ भनेर त्यहाँ पुगेर पनि राइडरले सेवा दिन्छन् । त्यसैले पीक आवरमा र टाढाबाट पुगेर पनि उपभोक्ताले सेवा पाउन सक्नुहोस् भनेर नै यो सिस्टम ल्याएका हौँ ।’‘सर्ज लाग्दा कमिशन घट्छ’अहिले ‘नर्मल’ समयमा राइडरहरुले २० प्रतिशत कमिशन पठाओलाई बुझाउँदै आएका छन् । तर, सर्ज लागेको समयमा ‘बुस्ट अपसन’ राखेकाले राइडरले तिर्ने कमिशन २० प्रतिशतबाट घट्दो क्रममा हुने व्यवस्था मिलाईएको पठाओ नेपालका कन्ट्री डाइरेक्टर अशिममान सिंह बस्नेतको भनाई छ ।‘हामीले लिने कमिशन २० प्रतिशत हो, तर सर्ज लागेको समयमा शून्य प्रतिशतसम्म पनि झर्न सक्ने गरी सिस्टम नै बनाएका छौँ’ उनी भन्छन्, ‘कमिशन पनि थपघट हुन्छ, थपघट भनेर २० प्रतिशतबाट माथि जाँदैन । जस्तो नर्मल टाइममा १ सय रुपैयाँको राइड गर्दा राइडरले कम्पनीलाई २० रुपैयाँ तिर्छन्, र आफूले ८० रुपैयाँ मात्रै कमाउँछन् । तर सर्ज लागेको समयमा त्यो चार्ज सयबाट ११० रुपैयाँ पुग्यो भने राइडरले ९५ रुपैयाँ पाउँछन् ।’‘प्रति किलोमिटर १ रुपैयाँ भाडा बढाएका छौँ’पेट्रोलको मूल्य बढेका कारण मूल्य भने बढाईएको कम्पनीले स्वीकार गरेको छ । पठाओ सुरु गर्दा ९७ रुपैयाँ प्रतिलिटर रहेको पेट्रोलको भाउ अहिले ४० प्रतिशत बढिसकेकाले सोही अनुसार भाडा भने बढाईएको बस्नेतको भनाई छ ।‘पेट्रोलको भाउ बढ्नु भनेको त अपरेशन कस्ट बढ्नु हो, अपरेशन कस्ट बढेपछि सर्भिस चार्ज बढ्नु स्वभाविक हो’ उनी भन्छन्, ‘हामीले १ किलोमिटरमा १ रुपैयाँ मात्रै बढाएका छौँ ।’उजुरी आए कारबाही गर्छौः विभागयातायात व्यवस्था विभागले भने सर्ज चार्ज अवैध रहेको बताएको छ । ऐन बन्ने प्रक्रियामा रहेको समयमा आफूखुशी अतिरिक्त शुल्क लिनु गलत भएको भन्दै उजुरी कारबाही गर्ने विभागले जनाएको छ ।‘सेवा दिनु ठिक छ, तर सेवाका नाममा विभिन्न अतिरिक्त शुल्क लिने काम गलत हो’ विभागका एक अधिकारी भन्छन्, ‘आफूखुशी शुल्क तोकेर यति तिर्न सक्ने भए तैले सेवा पाउँछस्, सक्दैनस् भन् पाउँदैनस् भन्ने खालको व्यवस्था स्वीकार्य हुँदैन, उजुरी आए विभागले कारबाही गर्छ ।’

अतिरिक्त शुल्क लिने नेसनल मेडिकल कलेजलाई कारबाही गर्न नेविसंघको माग

नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघले नियमविपरीत अतिरिक्त शुल्क लिने वीरगञ्जस्थित नेसनल मेडिकल कलेजलाई कारबाही गर्न माग गरेको छ